Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • गङ्गालाललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने :प्रधानमन्त्री
गङ्गालाललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने :प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १५, २०७९
Hardik health
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने बताएका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले साे बताएका हुन् । उनले भने  “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।” प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । उनले भने, “गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ ।” प्रधानमन्त्री दाहालले शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताएका छन्  । “विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने। प्रधानमन्त्रीले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताए । “संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ”, प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीले अगाडि थप्दै भने , “प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो काल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो । सोही कार्यकालमा स्वास्थ्य बीमा लागू भयो । विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो । प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो । स्वास्थ्य सेवालाई देशैभरि विस्तार गरियो । मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ । त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ ।” प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताए  । उनले अगाडि भने,“अर्थतन्त्रको स्थिति तपाईहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशङ्का छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्ने छ । शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ । यसका लागि तपाईंहरूको पनि सहयोग रहने मेरो विश्वास छ ।”  
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP