Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • वैदेशिक व्यापार, लगानी वृद्धि गर्ने चीनको योजना
वैदेशिक व्यापार, लगानी वृद्धि गर्ने चीनको योजना
आइतबार, माघ १५, २०७९
Hardik health
एजेन्सी-चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो । बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधार सम्बन्धी निर्णयहरुको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ । अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणहरुलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ । साना करदाताका उपलब्ध गराइएको भ्याट र सहुलियतपूर्ण ऋणको राहतलाई साना व्यवसायका लागि थप प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक क्षेत्रलाई थप संगठित र विकास गर्नुपर्नेमा पूर्ण रुपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैर सार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानुनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ । बैठकले स्प्रिङ चाड पछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रुपमा खुला गर्न सहजीकरण आवश्यक रहेकामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई उनीहरुका पूर्ववत काममा फर्कन र नयाँ रोजगारी खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ । चिनियाँ अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा वैदेशिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ । उपभोग्य वस्तुको मागलाई तिब्रता दिने सन्दर्भमा सेवामुलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मद्दत गर्नेगरी नीतिहरु अघि बढाइने छ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धिलाई प्रबद्र्धन गर्न जोड दिएको छ । उपभोग्य सामानको खरिदका लागि सहज ऋण उपलब्ध गराउने प्रावधान अघि बढाइएको छ । कुनै खास शहरी क्षेत्रलाई प्राथमिकता दिइने, घर खरिदका चाहनालाई ध्यानमा राख्ने, घरहरुको अवस्थामा सुधार ल्याउने तथा पहिल्यै बिक्री गरिएका घरहरुको अवस्थामा पनि सुधार ल्याइने छ । “उपभोगलाई व्यापक तुल्याउन देशभित्रै मागलाई विस्तार गर्नु मुख्य कदम हो । अर्थतन्त्रमा उपभोगलाई मुख्य प्राथमिकतामा राख्नु अति जरुरी छ,” प्रधानमन्त्री लि ले भन्नुभयो । “चिनियाँ अर्थतन्त्रको सर्वाधिक महत्वपूर्ण क्षमता भनेकै एक अर्ब ४० करोड मानिसले गर्ने उपभोग नै हो ।” बैठकले आर्थिक खुलापनको राष्ट्रिय नीतिप्रति चीनको प्रतिबद्धतालाई पुनः जोड दिँदै वैदेशिक व्यापारलाई मजबूत बनाउने अझ ठोस उपायहरुका लागि आह्वान पनि गरेको छ । देशभित्र वस्तुहरुको प्रदर्शनीहरुलाई थप खुला गरिने तथा विदेशमा हुने औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिताका लागि व्यवसायीहरुलाई सरकारले मद्दत गर्ने बैठकले निर्णय गरेको छ । वैदेशिक व्यापारमा सहुलियत, ऋण र बिमा समेतका सुविधा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन गरिने तथा चिनियाँ मुद्रा (आरएमबी) को परिवत्र्य दरलाई सकेसम्म स्थिर र सन्तुलित राखिने छ । व्यवसायीहरुलाई बजारका अवसरहरुको खोजी गर्न सरकारले थप राहत र सुविधा उपलब्ध गराउने छ । सीमापार ई–कमर्सको विकासलाई थप प्रबद्र्धन गरिने छ । वैदेशिक व्यापारको प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रोत्साहित गरिने छ । आवश्यकता अनुसार आयातलाई विस्तार गरिने छ । वैदेशिक लगानी आकर्षित गर्न सक्रियतापूर्वक प्रयत्न गरिने छ । व्यवसाय र लगानीमा आकर्षिक गर्नेगरी स्थानीय सरकारहरुलाई मद्दत गरिने छ । स्वतन्त्र व्यापार क्षेत्र र अन्य प्लेटफर्मको प्रयोगमा सहुलियत दिइने छ । वैदेशिक लगानीमा सञ्चालित व्यवसायको सेवामा सुधार ल्याउन दिगो प्रयत्न गरिने छ ।बैठकले फेब्रुअरी महिनाको प्रारम्भमै विस्तृत योजना तयार गर्न सरकारका सम्बद्ध निकायहरुलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP