Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ८, २०७९
Hardik health
काठमाडौं -  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न २९औं साधारणसभाले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई हराउँदै प्रगतिशील व्यावसायिक समूहका भण्डारी निर्वाचित भएका हुन् । अरोरा ह्युमन रिसोर्सका सञ्चालक एवं प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्षसमेत रहेका भण्डारीले १९९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका आधिकारिक अध्यक्षका उम्मेदवार कुमुद खनालले १५७ मत पाए । त्यस्तै एसोसियसनबाट विद्रोह गरी अध्यक्षमा उम्मेदवारी दिएका भुवनसिं गुरुङले १३१ मत पाए भने वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन साझा उम्मेदवार डा. ईश्वर जिसीले ११८ मत पाए । यस्तै संघको प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । उनले २५३ मत पाएका छन् । उनका प्रतिस्पर्धी तोकतान्त्रिक एसोसियसनका किशोर केसीले १९६, धनलाल जैसीले १४२ र सुरजकुमार घुण्डेले १५ मत पाएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा सञ्जु गुरूङ २६३ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १२२, लोकतान्त्रिक प्यानलका अख्तर हुसेनले १०२ र जिसी प्यानलका बाबुराम खड्काले ९६ मत पाएका छन् । यसैगरी तृतीय उपाध्यक्ष रोशन कटुवाल १९२ मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिकका सञ्जय पनेरुले १५७, भुवनसिं प्यानलबाट मोहनकुमार ढुंगेलले १२३ र जिसी प्यानलबाट अनिल बोगटीले १२६ मत प्राप्त गरे । उम्मेदवारी फिर्ता लिएका अम्बरबहादुर न्यौपानेले १३ मत पाएका छन् ।निर्वाचित तीनै जना उपाध्यक्ष प्रगतिशील समूहका उम्मेदवार हुन् । यस्तै कोषाध्यक्षमा पनि प्रगतिशीलकै उम्मेदवार सरिता घले निर्वाचित भएकी छन् । उनले २२८ मत पाउँदा तोकतान्त्रिक एसोसियसनबाट प्रतिस्पर्धी हिमा गुरूङले १४६, भुवनसिं प्यानलबाट हिरादेवी बुढाथोकीले १०२, केदारनाथ अधिकारी (दीपेन्द्र)ले १३७ र सरस्वती सुवेदीले दुई मत प्राप्त गरे ।महासचिव र सचिवमा लोकतान्त्रिक एसोसियसन प्यानलबाट मेघनाथ भुर्तेल र कर्णराज कटुवाल विजयी भए । महासचिवमा भुर्तेलले २६३ मत ल्याई निर्वाचित हुँदा उनका निकतम प्रतिस्पर्धी प्रगतिशीलका मिलन कट्टेलले १८३ र डा. जिसी प्यानलका मधुकर रिजालले १५६ मत पाए । सचिवमा कटुवाल २४१ मत ल्याई निर्वाचित हुँदा उनका निकतम प्रतिस्पर्धी प्रगतिशील समूहका राजेन्द्र अधिकारीले १४१, टक्करबहादुर पाख्रिनले ९४, गोमा गिरी क्षेत्री (अञ्जु)ले ४९ मत प्राप्त गरे । यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६, देवमाया थापा २४५, बैकुण्ठप्रसाद पौडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द कोइराला २१८, नारायण भुसाल २१७, तोरणबहादुर कार्की २१२ र चन्द्रबहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् । संघको १७ सदस्यीय कार्यसमितिमा नेकपा एमालेको शुभेच्छुक संस्था प्रगतिशील मञ्चले खडा गरेको प्रगतिशील व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएका अध्यक्ष भण्डारीसहित तीन उपाध्यक्ष, कोषाध्यक्ष र चार सदस्य गरी नौ जना विजयी भएका छन् भने लोकतान्त्रिक एसोसियसनबाट महासचिव, सचिव र पाँच जना सदस्य निर्वाचित भए । डा. जिसीको प्यानलबाट भने एक जना सदस्य मात्रै निर्वाचित भए । भुवनसिंको प्यानल शून्य भएको छ ।  
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ११:१०
#वैदेशिक_रोजगार_ संघ चुनाव
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही बिहीबार, साउन २१, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP