Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
विचार
  • Home
  • विचार
  • संघमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता :डा. ईश्वर जिसी
संघमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता :डा. ईश्वर जिसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
ishwor-gc
Hardik health
रोजगारीको अवसर सिर्जना गर्न नसकेको हाम्रो मुलुकको लागि वैदेशिक रोजगार निर्विकल्प बनेको कुरामा दुई मत छैन । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाउने रेमिट्यान्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ । यसमा वैदेशिक रोजगार व्यवसायीहरुको भूमिकालाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । विभिन्न देशमा रोजगारीको अवसर खोजी गरी नेपाली श्रमिकहरुलाई पठाएर मुलुकमा रेमिट्यान्स भित्र्याउन वैदेशिक रोजगार व्यवसायीहरु निरन्तर क्रियाशील रहँदै आउनुभएको छ । तर, वैदेशिक रोजगार व्यवसायीहरुको यो भूमिकालाई राज्यले पहिचान गर्न सकेको छैन । बरु उल्टै वैदेशिक रोजगार व्यवसायीहरुलाई विभिन्न ऐन कानुनमार्फत बाँध्ने काम भइरहेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले विभिन्न कानुनी झण्झटहरु बेहोर्नुपर्ने बाध्यता रहेको छ ।यही वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरुको हक हितका लागि काम गर्ने साझा संस्थाको रुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको हो । सोही उद्देश्यमा केन्द्रित भएर संघले काम गर्न नसकेको व्यवसायीहरुको गुनासो छ । यही संघको आगामी कार्यकालको नेतृत्व लिनका लागि मैले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको छु । मेरो नेतृत्वमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानल बनाएर हामी निर्वाचनमा होमिएका छौं । हाम्रो प्यानलको मुख्य एजेण्डा वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसा बनाउने हो । अहिले जसरी यो क्षेत्रलाई हेर्ने गरिएको छ, त्यसलाई बदल्ने हाम्रो लक्ष्य छ । कतिपय अवस्थामा हामी व्यवसायीहरुकै कारण पनि भएका छन्, यसलाई नियन्त्रण गर्न जरुरी छ । अर्कोतर्फ आम व्यवसायीहरूको छाता संस्था जसरी चल्नुपर्ने थियो, त्यसरी चल्न सकेको छैन । विगत केही वर्षयताका संघको गतिविधिबाट आम व्यवसायीमा संघप्रति नै भरोसा टुट्ने तहको आक्रोश र कतिपय ठाउँमा निराशा पनि प्रकट भएको छ । संघलाई पुरानो शैलीबाट चलाइरहेमा कुनै काम गर्न सकिँदैन । त्यसैले संघमा आमूल परिवर्तनका लागि हाम्रो टिम प्रतिबद्धताका साथ आएका छौं । व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्ने तथायस क्षेत्रलाई मर्यादित बनाउन संघलाई प्रभावकारी भूमिकामा स्थापित गर्ने हाम्रो योजना छ । यो हामी कुरामा मात्रै होइन, व्यवहारमै कार्यान्वयन गर्नेछौं । यसका लागि आम व्यवसायीहरुले यस निर्वाचनमा हाम्रो टिमलाई साथ दिनुहुनेमा विश्वस्त छौं । किनकि, हामी व्यवसायीमैत्री एजेण्डा लिएर अगाडि बढेका छौं । व्यवसायीको हक हितमा निरन्तर लड्नेछौं । हाम्रो मूल एजेण्डा सेवा शुल्क परिमार्जन हो । नेपालबाट वैदेशिक रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायीलाई सरकारले दक्षिण एसियाली मुलुकहरूले जस्तै रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्कका रूपमा लिन पाउने र रोजगारदाताले हवाई टिकट नदिने अवस्थामा टिकट आफैंले काटेर जाने वैधानिक व्यवस्था गर्नुपर्छ । मुख्यरूपमा वैदेशिक रोजगारलाई सेवा उद्योगको रुपमा परिभाषित र सूचीकृत गर्नुपर्छ । यो बैंक र होटलजस्तै एउटा सेवामूलक उद्योग हो भनेर सबैलाई बुझाउनुपर्ने आजको आवश्यकता बनेको छ । त्यसैका लागि संघमा हाम्रो नेतृत्व आवश्यक रहेको म पुनः दाहाेर्‍याउन चाहन्छु । व्यवसायीको हितका साथसाथै हामी कामदारको हितमा काम गर्न पूर्ण प्रतिबद्धता छौं । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन हामी संघलाई प्रभावकारी रुपमा क्रियाशील गराउने योजना छ । साथै, अहिलेसम्म संघको भवन छैन । हाम्रो टिम निर्वाचित भएको खण्डमा हामी तीन महिनाभित्रै भवन निर्माणको काम अगाडि बढाउनेछौं । यो हाम्रो प्रतिबद्धता मात्रै होइन कार्यान्वयन गर्ने स्पष्ट योजना छ । यसका लागि संघको नेतृत्वमा हामी पुग्नुपर्छ र स्वस्थ प्रतिस्पर्धामार्फत हामी त्यो सफलतामा पुग्छौं भन्नेमा विश्वस्त छौं । यो निर्वाचनमा आम व्यवसायीज्यूहरुसमक्ष मेरो नेतृत्वको प्यानललाई विजयी गराउनका लागि सविनय आग्रह गर्न चाहन्छु ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:५७
#वैदेशिक_रोजगार_चुनाव
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP