Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • संघमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता :डा. ईश्वर जिसी
संघमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता :डा. ईश्वर जिसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
ishwor-gc
Hardik health
रोजगारीको अवसर सिर्जना गर्न नसकेको हाम्रो मुलुकको लागि वैदेशिक रोजगार निर्विकल्प बनेको कुरामा दुई मत छैन । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले पठाउने रेमिट्यान्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ । यसमा वैदेशिक रोजगार व्यवसायीहरुको भूमिकालाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । विभिन्न देशमा रोजगारीको अवसर खोजी गरी नेपाली श्रमिकहरुलाई पठाएर मुलुकमा रेमिट्यान्स भित्र्याउन वैदेशिक रोजगार व्यवसायीहरु निरन्तर क्रियाशील रहँदै आउनुभएको छ । तर, वैदेशिक रोजगार व्यवसायीहरुको यो भूमिकालाई राज्यले पहिचान गर्न सकेको छैन । बरु उल्टै वैदेशिक रोजगार व्यवसायीहरुलाई विभिन्न ऐन कानुनमार्फत बाँध्ने काम भइरहेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले विभिन्न कानुनी झण्झटहरु बेहोर्नुपर्ने बाध्यता रहेको छ ।यही वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील व्यवसायीहरुको हक हितका लागि काम गर्ने साझा संस्थाको रुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको हो । सोही उद्देश्यमा केन्द्रित भएर संघले काम गर्न नसकेको व्यवसायीहरुको गुनासो छ । यही संघको आगामी कार्यकालको नेतृत्व लिनका लागि मैले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको छु । मेरो नेतृत्वमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त व्यावसायिक प्यानल बनाएर हामी निर्वाचनमा होमिएका छौं । हाम्रो प्यानलको मुख्य एजेण्डा वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेसा बनाउने हो । अहिले जसरी यो क्षेत्रलाई हेर्ने गरिएको छ, त्यसलाई बदल्ने हाम्रो लक्ष्य छ । कतिपय अवस्थामा हामी व्यवसायीहरुकै कारण पनि भएका छन्, यसलाई नियन्त्रण गर्न जरुरी छ । अर्कोतर्फ आम व्यवसायीहरूको छाता संस्था जसरी चल्नुपर्ने थियो, त्यसरी चल्न सकेको छैन । विगत केही वर्षयताका संघको गतिविधिबाट आम व्यवसायीमा संघप्रति नै भरोसा टुट्ने तहको आक्रोश र कतिपय ठाउँमा निराशा पनि प्रकट भएको छ । संघलाई पुरानो शैलीबाट चलाइरहेमा कुनै काम गर्न सकिँदैन । त्यसैले संघमा आमूल परिवर्तनका लागि हाम्रो टिम प्रतिबद्धताका साथ आएका छौं । व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्ने तथायस क्षेत्रलाई मर्यादित बनाउन संघलाई प्रभावकारी भूमिकामा स्थापित गर्ने हाम्रो योजना छ । यो हामी कुरामा मात्रै होइन, व्यवहारमै कार्यान्वयन गर्नेछौं । यसका लागि आम व्यवसायीहरुले यस निर्वाचनमा हाम्रो टिमलाई साथ दिनुहुनेमा विश्वस्त छौं । किनकि, हामी व्यवसायीमैत्री एजेण्डा लिएर अगाडि बढेका छौं । व्यवसायीको हक हितमा निरन्तर लड्नेछौं । हाम्रो मूल एजेण्डा सेवा शुल्क परिमार्जन हो । नेपालबाट वैदेशिक रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायीलाई सरकारले दक्षिण एसियाली मुलुकहरूले जस्तै रोजगारदाताले सेवा शुल्क नदिएको अवस्थामा कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्कका रूपमा लिन पाउने र रोजगारदाताले हवाई टिकट नदिने अवस्थामा टिकट आफैंले काटेर जाने वैधानिक व्यवस्था गर्नुपर्छ । मुख्यरूपमा वैदेशिक रोजगारलाई सेवा उद्योगको रुपमा परिभाषित र सूचीकृत गर्नुपर्छ । यो बैंक र होटलजस्तै एउटा सेवामूलक उद्योग हो भनेर सबैलाई बुझाउनुपर्ने आजको आवश्यकता बनेको छ । त्यसैका लागि संघमा हाम्रो नेतृत्व आवश्यक रहेको म पुनः दाहाेर्‍याउन चाहन्छु । व्यवसायीको हितका साथसाथै हामी कामदारको हितमा काम गर्न पूर्ण प्रतिबद्धता छौं । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन हामी संघलाई प्रभावकारी रुपमा क्रियाशील गराउने योजना छ । साथै, अहिलेसम्म संघको भवन छैन । हाम्रो टिम निर्वाचित भएको खण्डमा हामी तीन महिनाभित्रै भवन निर्माणको काम अगाडि बढाउनेछौं । यो हाम्रो प्रतिबद्धता मात्रै होइन कार्यान्वयन गर्ने स्पष्ट योजना छ । यसका लागि संघको नेतृत्वमा हामी पुग्नुपर्छ र स्वस्थ प्रतिस्पर्धामार्फत हामी त्यो सफलतामा पुग्छौं भन्नेमा विश्वस्त छौं । यो निर्वाचनमा आम व्यवसायीज्यूहरुसमक्ष मेरो नेतृत्वको प्यानललाई विजयी गराउनका लागि सविनय आग्रह गर्न चाहन्छु ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:५७
#वैदेशिक_रोजगार_चुनाव
प्रतिक्रिया दिनुहोस्
थप विचार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP