Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • व्यवसायीको चुनावी महासंग्राम : चारवटा प्यानल प्रतिस्पर्धामा
व्यवसायीको चुनावी महासंग्राम : चारवटा प्यानल प्रतिस्पर्धामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ६, २०७९
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसहितको साधारणसभा आज हुँदै छ । निर्वाचनमा संघको आगामी नेतृत्वका लागि चारवटा प्यानलबीच भिडन्त हुँदै छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको संघको सधारणसभा तथा निर्वाचनमा व्यवसायीहरुले आफू अनुकूल प्यानल निर्माण गरी चुनावी महाभिडन्तमा होमिएका हुन् । विभिन्न राजनीतिक दलका शुभेच्छुक संस्थाहरुले संघको आगामी कार्यकालका लागि सहमतिमा नेतृत्व चयनका लागि गरेको प्रयास विफल भएपछि चारवटा प्यानल निर्माण भएका हुन्. । नेकपा एमालेको शुभेच्छुक संस्था प्रगतिशील वैदेशिक रोजगार मञ्चले राजेन्द्र भण्डारी अध्यक्ष रहेको प्रगतिशील व्यवसायी प्यानल खडा गरेको छ । ‘समुन्नत राष्ट्र निर्माणको आधार ः सुरक्षित, व्यवस्थित र मर्यादित’ वैदेशिक रोजगार भन्ने नारा तय गरेको प्रगतिशील समूहलाई राप्रपा निकट व्यवसायिकसंस्थाले पनि समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनले पनि कुमुद खनाल नेतृत्वमा लोकतान्त्रिक व्यावसायिक प्यानल बनाएको छ । ‘व्यवसायी र कामदारको हित र सम्मानः लोकतान्त्रिक व्यवसायी समूहको निरन्तर अभियान’ भन्ने नारा तय गरेको कुमुद खनाल प्यानललाई विभिन्न भेगीय तथा तराई मधेश लोकतान्त्रिक व्यवसायी संघले सघाएको छ । लोकतान्त्रिक एसोसियसनको आन्तरिक किचलोका कारण भुवनसिं गुरुङको नेतृत्वमा बनेको अर्को प्यानल पनि चुनावी मैदानमा उत्रिएको छ । अर्थतन्त्रको मूल आधार, सम्मानित वैदेशिक रोजगार’ नारा तय गरेको गुरुङ प्यानललाई विभिन्न जातीय, भेगीय र समाजवादी व्यवसायी फोरमले समर्थन गरेको छ भने सम्पूर्ण गुरुङ व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी तमु धिं समाजले पनि सावर्जनिक रुपमा नै गुरुङ प्यानललाई समर्थन गरेको विज्ञप्ति जारी गरेको छ । यद्यपि, लोकतान्त्रिक एसोसियसनभित्र आपसी सहमति हुन नसक्दा पार्टीले कुमुद खनालको प्यानललाई आधिकारिक घोषणा गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च पनि डा. ईश्वर जिसीको नेतृत्वमा व्यावसायिक प्यानल खडा गरी चुनावी मैदानमा होमिएको छ । ‘देश विकासको आधारः सम्मानित वैदेशिक रोजगार’ भन्ने नारा बोकेको इश्वर जिसीको व्यवसायिकप्यानललाई नेकपा एकीकृत समाजवादीको शुभेच्छुक संस्था एकीकृत व्यवसायी संगठनको बलियो समर्थन रहेको छ । जिसी प्यानलले व्यवसायीहरुको आवाजलाई बुलन्द गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्ना एजेण्डासमेत प्रस्तुत गरेको छ । संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका चारवटै प्यानलले तीव्र प्रचारप्रसार गरे पनि तुलनात्मक रुपमा जिसी प्यानल प्रचारमा आक्रामक देखिएको छ । यस्तै भण्डारी प्यानलले आक्रामक प्रचारप्रसार नगरे पनि पार्टीका शीर्ष नेताहरुलाई सहभागी गराई थुप्रै व्यावसायिक भेला गर्दै बलियो एकताको सन्देश दिएको छ । यसैगरी खनाल प्यानलले पनि विभिन्न व्यवसायिक भेला आयोजना तथा प्रचारप्रसारलाई टिम घोषणा भएदेखि नै सञ्चालन गर्दै आएको छ । त्यस्तै कान्छो प्यानलको रुपमा रहेको भुवनसिं गुरुङको संयुक्त लोकतान्त्रिक व्यावसायिक समूहले जातीय, भेगीय भेलालाई जोड दिए पनि प्रचारप्रसारमा त्यति प्रभाव पारेको देखिँदैन । चारवटै प्यानलले अघि सारेको एजेण्डाहरु व्यवसाय सञ्चालनका सन्दर्भमा हितकर भए पनि संघको नेतृत्वमा कसलाई ल्याउने भन्नेमा व्यवसायीहरुमाझ द्विविधा देखिएको छ । यतिखेर सबै प्यानलले आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा प्रस्तुत गर्दै चुनावी संग्राममा उत्रिएपछि कसको पल्लाभारी हुने भन्ने अनुमान गर्न कठिन रहेको व्यवसायीहरुको भनाइ छ । यद्यपि, व्यवसायीहरुको संस्थागत आबद्धताको हिसावले प्रगतिशील मञ्चबाट राजेन्द्र भण्डारी प्यानल अन्य प्यानलभन्दा बलियो रहेको देखिन्छ । मञ्चमा झण्डै २३० बढी व्यवसायीहरु रहेको बताइन्छ । सदस्य संख्या ३५० को हाराहारीमा रहेको लोकतान्त्रिक एसोसियसन मञ्चभन्दा कमजोर अवस्थामा रहेको छ । भुवनसिं गुरुङले कुमुद खनालको नेतृत्वमा संघको निर्वाचनमा जान असन्तुष्टि जनाउँदै छुट्टै प्यानल बनाएपछि लोकतान्त्रिक एसोसियसन कमजोर देखिएको छ । एउटै संस्थाबाट दुई प्यानल बनेपछि मत बाँडिने र प्रगतिशील मञ्चलाई फाइदा पुग्ने व्यवसायीहरुले विश्लेषण गरेका छन् । यस्तै गणतान्त्रिक मञ्चले आफूलाई बलियो माने पनि संस्थागत सदस्यहरु न्यून रहेको बताइन्छ । गणतान्त्रिक मञ्च र एकीकृत संगठनको संयुक्तरुपमा ८० को हाराहारीमा मतदाता व्यवसायी रहेको बुझिएको छ । लोकतान्त्रिक र प्रगतिशील पक्षका व्यवसायीलाई प्रभावित पार्न सके मात्रै जिसी प्यानलले आफ्नो पक्षमा परिणाम ल्याउन सक्ने चर्चा छ ।चारवटै प्यानलले आफ्नै बलमा परिणाम ल्याउन मुस्किल देखिएको एक पुराना व्यवसायी बताउँछन् । उनका अनुसार संस्थामा फुट नआएको भए लोकतान्त्रिककले बाजी मार्न सक्थ्यो । अब यो संभावना प्रगतिशीलतिर देखिएको छ । अब संघमा सबै प्यानलका केही पदाधिकारी र सदस्यहरुको मिश्रणसहित नयाँ कार्यसमिति बन्ने देखिएको छ । उनी भन्छन्, ‘चारवटै प्यानलबाट व्यवसायीको हितमा लाग्ने र समय दिनसक्ने व्यक्तिको छनोट गरी संघको कार्यसमिति बनाउने व्यवसायीहरुले आन्तरिक तयारी गरेका छन् । यस्तो अवस्थामा सिंगो प्यानलले नै परिणाम हात पार्न सक्छ भन्ने मलाई लाग्दैन ।’ संघको नयाँ कार्यसमितिका खनाल समूहबाट अध्यक्षमा कुमुद खनाल, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा किशोर कुमार केसी, अख्तर हुसेन र सञ्जय पनेरु महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङ आधिकारिक उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रबहादुर लिम्बू, कैलाश पाठक, तोरणकुमार कार्की, नारायण भुसाल, राजकाजी भोलान, विक्रम श्रेष्ठ, कामेश्वर साह, मो. इजरायललाई आधिकारिक उम्मेदवारको रुपमा समेटि प्यानल बनाइएको छ । त्यस्तै भण्डारी समूहबाट अध्यक्षमा भण्डारी, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः डिकबहादुर खत्री, सञ्जु गुरुङ र रोशन कटुवाल महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घले रहेका छन् । कार्यसमिति सदस्यहरुका लागि देउमान नेम्वाङ, वैकुण्ठ पौडेल, शिवहरी मैनाली (शितल), आनन्द कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बास्तोला, श्यामचन्द्र खतिवडालाई समावेस गरी प्यानल निर्माण गरिएको छ । त्यसैगरी जिसी समूहबाट अध्यक्षमा डा.ईश्वर जिसी, प्रथम उपाध्यक्ष धनलाल जैसी, द्वितीय उपाध्यक्ष बाबुराम खड्का र तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिवमा मधुकर रिजाल, सचिवमा टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा केदारनाथ अधिकारी रहेका छन् । सदस्यहरुमा गणेश कुँवर, कामेश्वर साह राहुल, फिरोज खान, सन्दीप पुडासैनी, एक नारायण काफ्ले, प्रेमबहादुर गिरी, देवी माया थापा, शिवबहादुर कुँवर र सरोज कुशवाहको प्यानल बनेको छ । यस्तै गुरुङ समूहबाट अध्यक्षमा भुवनसिं गुरुङ, द्वितीय उपाध्यक्ष मो. जावरद्दिन मियाँ (मुन्ना), तृतीय उपाध्यक्ष मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकी र सदस्यहरूमा भगिरथ भण्डारी, चन्द्रकमल श्रेष्ठ रहेको सात सदस्यीय प्यानल बनेको छ । यसअघि पुस ८ गते तोकिएको संघको चुनावमा व्यवसायीहरुले सदस्यहरुको नवीकरण तथा आन्तरिक तयारी नपुगेको भन्दै रोकेका थिए । यतिखेर साधारणसभा तथा निर्वाचनका लागि राजनीतिक दल निकट सबै व्यवसायी संघसंगठन तयारी अवस्थामा रहेको र निर्वाचनमा सहभागिता जनाउन ७०० को हाराहारीमा प्रतिनिधि दर्ता भएको संघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:०७
#वैदेशिक_रोजगार_ संघ चुनाव
प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही बिहीबार, साउन २१, २०८३
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP