Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित
सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ३, २०७९
bhim bhandari
Hardik health
सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका  छन्  । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा एमालेकी जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राखिएकाे प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल  रहेकी थिइन् ।   भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गरेका थिए  । यसअघि प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुखमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राख्नुभएको अर्को प्रस्तावको पक्षमा २० मत र विपक्षमा २८ मत परेको थियो । रावलको समर्थकमा कांग्रेसका पृथ्वीबहादुर सिंह हुन्। उक्त प्रस्तावमाथि भएको मत विभाजनमा कांग्रेसका दिवानसिंह विष्ट, ललिता सुनार, गीतादेवी चौधरी र माओवादी केन्द्रकी लक्ष्मी विक अनुपस्थित रहे  । कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले रावलको पक्षमा मत जाहेर गरेका  थिए । सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले भण्डारीको प्रस्तावको पक्षमा २९ मत परेको र उक्त मतसङ्ख्या बहुमत रहेकाले सभामुखमा उनी निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । सभामुखमा निर्वाचित भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराएका  थियो । यसअघि गत पुस २८ र ३० गते बसेको प्रदेशसभाको बैठकमा उक्त दुवै प्रस्तावउपर कारबाही हुँदा कुनै पनि सदस्यको पक्षमा बहुमत सदस्य सङ्ख्या जुट्न नसकी प्रस्ताव अस्वीकृत भएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभाको सभामुखमा निर्वाचित हुन २७ जना मत आवश्यक हुन्छ । प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य हुनुहुन्छ । तेस्रो पटक भएको मतविभाजनको निर्वाचनपछि मात्र प्रदेशसभाले सभामुख निर्वाचित गर्न सकेको हो । यसअघिको दोस्रो बैठकमा सत्तापक्ष नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तापक्षका सभामुखको उम्मेदवारलाई बहुमत सङ्ख्या पुग्न सकेको थिएन । यस्तै पहिलो बैठकमा सत्तापक्षकै एक सदस्यको मत बदर भएको थियो भने अर्का एक सदस्य अनुपस्थित रहेका  थिए  । पहिलो बैठकमा नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य पनि अनुपस्थित रहेका थिए  ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP