Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आज विश्वासको मत लिँदै प्रधानमन्त्री
आज विश्वासको मत लिँदै प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २६, २०७९
Hardik health
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेको १६औं दिनमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत लिँदै छन् । संविधानको धारा ७६ को उपधारा (४) अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उनलाई राष्ट्रपति भण्डारीले सोही धाराको उपधारा (२) मा टेकेर १० पुसमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उक्त उपधाराअनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्रमा विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाएको अवस्थामा स्वतः पदमुक्त हुने संवैधानिक प्रावधान छ । त्यही भएर प्रधानमन्त्री दाहालले आफूमाथि संसद्को विश्वास भए÷नभएको परीक्षण गर्न मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले संसद्को पहिलो बैठकमा सोमबार विश्वासको मतसमेत मागेका छन् । सबै सांसदले विश्वासको मत दिएर राष्ट्रिय सरकार बनाउनुपर्नेमा उनको जोड थियो । लगत्तै उनले सत्ता गठबन्धनभन्दा बाहिरको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग धुम्बाराहीस्थित निवासमा भेटवार्ता गर्दै विश्वासको मत दिन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको नेतासमेत रहेका देउवा विश्वासको मत दिन सकारात्मक बनेको दाहालको सचिवालयले दाबी गरेको छ । कांग्रेस पदाधिकारी बैठक आज (मंगलबार) बिहान बस्दै छ । बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने÷नदिने टुंगो लगाउनेछ । हालै आफूसँगको गठबन्धन तोडेका दाहालसँग देउवा र उनको दल कांग्रेस रुष्ट रहेकोले विश्वासको मत दिनेमा आशंका गरिएको छ । यद्यपि, देउवा दाहालप्रति नरम रहेकाले विश्वासको मत दिने अड्कल हुँदै आएको छ । गठबन्धनबाहिर रहेको अर्को दल नेकपा एकीकृत समाजवादी (एस)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । उक्त दलसँग १० जना सांसद छ । अध्यक्ष माधवकुमार नेपाललाई भेटेर दाहालले पटक–पटक विश्वासको मत दिन यसअघि आग्रह गरेका थिए । दाहालको आग्रहअनुसार नेपाल र उनको दल विश्वासको मत दिन तयार भएका हुन् ।
यसअघिको इतिहास अघिल्लो संसद्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाख २०७८ मा विश्वासको मत परीक्षण गरेका थिए । तर, उनले विश्वासको मत पाएनन् । अर्थात् उनले संसद्को विश्वास गुमाए । त्यसपछि उनी स्वतः पदमुक्त भए । उनलाई तत्कालीन नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले विश्वासको मत दिएनन् । प्रधानमन्त्री ओलीमात्र होइन, विश्वका धेरै प्रधानमन्त्रीले विश्वासको मत संसद्बाट नपाउँदा पद गुमाएका छन् । सार्क राष्ट्र पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत नपाउँदा सत्ता गुमाए । संसद्को ३४२ सदस्यमध्ये बहुमत अर्थात् १७४ जना सदस्यले उनको विरुद्धमा मतदान गरेका थिए । सोही कारण इमरान पदमुक्त भएका हुन् । गत वर्ष नै स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पनि संसद्मा विश्वासको मत नपाउँदा पदमुक्त भएका थिए । ३४९ सदस्यीय संसदमा बहुमत १८१ सदस्यले उनीप्रति अविश्वास गरेका थिए ।
दाहाल १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई एमालेका ७९ जना, आफ्नै दल माओवादीका ३२ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ जना, जनता समाजवादी पार्टी (जसपा)का १२ जना, जनमत पार्टीका छ जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, आम जनता पार्टीका सांसद प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले समर्थन दिएका हुन् । अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि विश्वासको मत दिने चर्चा छ । यी सांसदहरूसँगै नेता नेपाल नेतृत्वको दल नेकपा एसले पनि विश्वासको मत दिँदा १८० सांसदको विश्वास दाहाललाई रहेको ठहरिनेछ । अझ कांग्रेसका ८८ जना सांसदले पनि विश्वासको मत दिए २६८ सांसदको विश्वास प्रधानमन्त्री दाहालप्रति हुनेछ । संसद्मा चार सिट रहेको महन्थ ठाकुर नेतृत्वको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सकारात्मक छ । तर, विश्वासको मत दिनेबारे औपचारिक निर्णय गरिसकेको छैन । आजै संसद् बैठक बस्नुभन्दा अगाडि यो दलले विश्वासको मतबारे निर्णय गर्ने भएको छ । लोसपाले पनि विश्वासको मत दिएमा उनीप्रति २७२ सांसदको समर्थन हुनेछ । यदि, विश्वासको मत यति धेरै सांसदले दिएको अवस्थामा नेपालको संसदीय इतिहासमै यो अभूतपूर्व विश्वास हुनेछ । किनभने, २७५ सदस्यीय संसद्मा यत्रो विश्वास कुनै पनि प्रधानमन्त्रीले आर्जन गरेका छैनन् । तर, कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनअघि विश्वासको मत नदिने घोषणा गरेका थिए । माओवादी सांसद सुदन किराती प्रधानमन्त्री दाहाललाई आज संसद्बाट अभूतपूर्व विश्वास प्राप्त हुने दाबी पनि गर्छन् । ‘उहाँ (दाहाल)प्रतिको विश्वास र भरोसा आज परीक्षण संसद्मा हुँदै छ । मलाई विश्वास छ कि संसद्मा उहाँको विपक्षमा बस्ने सायदै होलान् । हेर्दै जानुहोला, उहाँले करिब सबै सांसदको विश्वास प्राप्त गर्नुहुन्छ,’ उनले प्रभावसँग भने । संसद्मा एक सिटसहित प्रतिनिधित्व गरेको दल राष्ट्रिय जनमोर्चाले भने दाहाललाई विश्वासको मत नदिने भएको छ । उक्त दलका सांसद चित्रबहादुर केसीले विश्वासको मत दिन नसकिने स्पष्ट पारिसकेका छन् । यसअघि कांग्रेस नेतृत्वको सरकारलाई पनि यो दलले समर्थन मात्रै गरेको थियो । तर, यसपटक दाहाल नेतृत्वको सरकारलाई भने समर्थन नै गरेन । संसद्मा एक सिट भएको अर्को दल नेपाल मजदुर किसान पार्टीले पनि विश्वासको मत नदिने जनाएको छ । पार्टीका सांसद प्रेम सुवालले दाहाललाई विश्वासको मत नदिने सोमबारको संसद् बैठकमै संकेत गरे । उनले २७ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत विश्वासको मत दिएनन् । बरू, तटस्थ बसे । यसपटक पनि उनी तटस्थ बस्न सक्छन् । संसद्मा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङले भने विश्वासको मत दिन पाउने छैनन् । किनभने, उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा निलम्बित भएका छन् । उनलाई संसद् सचिवालयले मुद्दाको किनारा नलागेसम्म संसदीय गतिविधिमा रोक लगाएको छ ।
विश्वासको मत पाए २ वर्ष ढुक्क ! प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत संसद्बाट पाएको अवस्थामा दुई वर्षसम्म उनले ढुक्कसाथ सरकार चलाउनेछ । संवैधानिक व्यवस्थाअनुसार त्यसरी विश्वासको मत पाएको प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । यससम्बन्धी व्यवस्था संविधानको धारा १०० को उपधारा (४) मा छ । लगातार दुई वर्षसम्म प्रधानमन्त्री भएर सरकार सञ्चालन गर्न पाइने संवैधानिक सुनिश्चितता भएकै कारण दाहालले यसअघि कांग्रेस सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘बार्गेनिङ’ गरेका थिए । तर, देउवाले उनलाई प्रधानमन्त्री छाडेनन् । परिणामतः उनी गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाउँदै प्रधानमन्त्री भएरै छाडे । दुई वर्षपछि भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसद्को कायम रहेकामध्ये एक चौथाइ सांसदले संसद् सचिवालयमा दर्ता गर्न सक्ने छन् ।
 
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP