Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता साझेदार दलहरुले भागबण्डा मिलाए
सत्ता साझेदार दलहरुले भागबण्डा मिलाए
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २५, २०७९
काठमाडाैं  - सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ । प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्  । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति छ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । मुख्यमन्त्रीसँगै उपसभामुख पनि हेरफेर हुनेछ भने सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । सुरुमा जसपाले सरकारको नेतृत्व गर्नेछ, तर जसपामा संसदीय दलको नेता चयन हुन बाँकी छ । यस्तै बाग्मती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा एमाले र माओवादी माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भएको छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री र एमालेले उपसभामुख लिनेछ । राप्रपाले पूरै कार्यकाल सभामुख पाउने भएको छ । बाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल आज मुख्यमन्त्री बन्दै छन् । अढाई वर्षपछि एमालेका जगन्नाथ थपलियाको पालो आउनेछ । गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री पाउने भएको छ । यसअनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आज मुख्यमन्त्रीमा नियुक्त हुँदै छन्  । यहाँ सभामुख माओवादी र उपसभामुख एमालेले लिने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पाँचैँ वर्ष मुख्यमन्त्री बन्नुहुनेछ । यहाँ माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने सहमति छ । कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । यसअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री हुनेछन् । एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने भएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलाेपालो हुने सहमति भएको छ । पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावल मुख्यमन्त्री बन्नुहुनेछ भने अढाई वर्षपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नेछन्। यहाँ नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने सहमति भएको छ ।  
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP