दैलेख -ओढिरहेको कम्बलमा आगो सल्किँदा एक राउटे घाइते भएका छन् । आगोले जलेर नारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही घाइते भएका हुन् ।
राति सुत्दा छेउमा आगो बलेर सुतेका कारण कम्बलमा आगाे सल्किएकाे हो । परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए ।
घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगाेले पाेलेकाे छ । उनकाे जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेकाे छ । ‘
मगंलबार सामाजिक सुरक्षा भत्ता पाएपछि शाहीले अत्यधिक रक्सी खाएर सुतेका महामुखिया महिनबहादुर शाहीले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १८:१०