Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अघि बढ्याे एकताकाे पाइला
अघि बढ्याे एकताकाे पाइला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २०, २०७९
Hardik health
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (एस) पार्टीले एकता प्रक्रिया औपचारिकरूपमा थालेका छन् । दुवै दल समाजवादी कित्तामा छन् । एउटै विचारधारा भएका दलहरूबीच बृहत् धु्रवीकरणको दिशामा अघि बढेका यी दुई दल सकेसम्म छिटो एकतामा जोडिने पक्षमा छन् । मंगलबार जसपाले एकताका लागि वार्ता समिति गठन गरेको छ । समिति संयोजक पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ छन् । सदस्यहरू गोविन्द चौधरी र रकम चेम्जोङ छन् । विचार मिल्ने पार्टीहरूसँग एकता गर्नेगरी जसपाले वार्ता समिति गठन गरेको हो । समिति सदस्य चेम्जोङले समितिले विचार र सिद्धान्त मिल्ने दलहरूबीच एकता प्रक्रिया अघि बढाउन वार्ता, सम्वाद र छलफल गर्ने बताए । ‘एउटै विचार र एउटै सिद्धान्त भएका दलहरूबीच ध्रुवीकरण हुनैपर्छ,’ उनले प्रभावसँग भने, ‘त्यही भएर हामीले हाल नेकपा एकीकृत समाजवादीसँगै अन्य दलहरूसँग पनि एकता गर्दै अघि बढ्न चाहेका छौं ।’ जसपाको राजनीतिक समिति बैठकमा विचार मिल्ने दलहरूसँग एकता गर्नेगरी संयन्त्र बनाउन अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बढेको थियो । बैठकमा धारणा राख्ने धेरै नेताहरूको जोड नै एकता गर्दै पार्टीलाई मजबुत बनाउनुपर्ने भन्ने थियो । सोहीअनुसार श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन भएको हो । जसपाबाट पछिल्लो पटक डा. बाबुराम भट्टराई, महेन्द्रराय यादवलगायता नेता बाहिरिएका थिए । उनीहरू नेपाल समाजवादी पार्टी (नेसपा)मा आबद्ध छन् । भट्टराई जसपामा रहँदा संघीय परिषद् अध्यक्ष थिए । त्यसअघि भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितको ठूलो समूह जसपाबाट अलग भएको थियो । उनीहरूको हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छ । यसरी विभाजनकै कारण जसपाको दलीय हैसियत कमजोर बनेको छ । यस्तो अवस्थामा एकताको कार्ड जसपाले फालेको हो । सांसदसमेत रहेका नेता प्रदीप यादवले भने, ‘एकताबद्ध भएर अगाडि बढ्नुपर्ने देखियो । गन्तव्य मिल्ने, विचार मिल्ने र राजनीतिक कार्यक्रम मिल्नेसँग एकता गर्दै जाने हो ।’ जसपाका अध्यक्ष उपेन्द्र यादव पूर्वएमाले नेता हुन् । उनी एक समय माओवादी पनि थिए । अर्का अध्यक्ष अशोककुमार राई पूर्वएमाले उपाध्यक्ष हुन् । उनले यसपटक एमालेकै समर्थनमा चुनाव जिते । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङलगायत धेरै नेताहरूले राजनीतिक जीवनको धेरै लामो समय एमालेमै राजनीति गरेका थिए । यस आधारमा उनीहरू कम्युनिस्ट पृष्ठभूमिका हुन् । यिनै नेताहरू आबद्ध दल जसपासँग एकता प्रक्रिया थाल्न लागेको नेपाल नेतृत्वको दलमा पनि पूर्वएमालेकै नेताहरू छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपाल एमालेको महासचिव भएर लामो समय नेतृत्व प्रदान गरेका नेता हुन् । एमालेबाटै उनी प्रधानमन्त्री भए । सम्मानित नेता झलनाथ खनाल एमालेबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । तर, उनीहरू २ भदौ २०७८ पछि एमालेबाट अलग भएका हुन् । गत ४ मंसिरमा भएको चुनावमा अपेक्षाकृत नतिजा प्राप्त नगरेपछि यो दल जसपासँग एकता प्रक्रियामा अघि बढेको हो । गत शुक्रबार मात्रै सम्मानित नेता झलनाथ खनाल र जसपा उपाध्यक्ष यादवबीच भेटवार्ता भएको थियो । यी दुई नेताको भेटवार्तापछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले एकताबारे छलफलमा भइरहेको सोमबार बताएका थिए । उनले भन्दा अघि भने जसपा प्रवक्ता मनिष सुमनले दुई पार्टीबीच छिट्टै एकता भए आश्चर्य नमान्न आग्रह गरेका थिए । एकताबारे यसरी सार्वजनिकरूपमा नेताहरूले धारणा राख्नसमेत थालेका हुन् ।संघीय संसद्मा जसपाको १२ र नेकपा एसको १० सिट छ । दुवै दलको जोड्दा २२ सिट हुन्छ । यो भनेको संसद्मा चौंथो दलको हैसियत हो । हाल भने २० सिटसहित गृहमन्त्रीसमेत रहेका रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दलीय हैसियतमा छ । रविकै दलको हैसियत ग्रहण गर्दै संसद्मा महŒवपूर्ण शक्तिको रूपमा स्थापित हुने दुई दलका नेताहरूको चाहना छ । परिणामतः नेकपा एसले जसपालगायत दलहरूसँग एकताको प्रक्रिया अघि बढाउने अधिकार सचिवालय कमिटीलाई मंगलबारको पोलिटब्युरो बैठकले दिएको छ । पोलिटब्युरोको दुई दिन चलेको बैठकले एकता, सहकार्य, मोर्चा बनउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउन आवश्यक गृहकार्य गर्ने जिम्मेवारी सचिवालयलाई दिएको प्रवक्ता खतिवडाले बताए । ‘हाम्रो पार्टी वामपन्थीहरूबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरूको पक्षमा काम गर्ने हिजो पनि ग¥यौं र भोलि पनि गर्ने छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ ।’ जसपा र नेकपा एसमा पूर्वएमाले नेताहरूकै बाहुल्यता हुनाले एकता हुन लागेको हो । नाम मात्रै भिन्न तर वैचारिक लाइन एउटै रहेकाले एकता स्वाभाविक हुने चर्चा हुँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP