काठमाडाैं -समयमा कार्यालय नपुग्ने कर्मचारीको तलब काटिने भएकाे छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार केही सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने बताएका हुन् ।
उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताएका छन् । ढिलो आएर काम छल्नेको तलब काटिने उनले बताएका हुन् । विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताए ।
यस्तै, उनले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताएका छन् ।