Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन – नेकपाका १६, राजपाका २ निर्वाचित
राष्ट्रियसभा निर्वाचन – नेकपाका १६, राजपाका २ निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Hardik health
काठमाडौं– १८ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वले विजय हासिल गरेको छ । बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भए । विपक्षी नेपाली कांगे्रसले कुनै पनि सिट ल्याउन जितेन । योसँगै राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सिट घटेको छ । राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, वागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ । प्रदेश १ बाट नेकपा उम्मेदवारहरू गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अछामी दलिततर्फका सदस्य हुन् भने गौतम महिला र दाहाल अन्यतर्फका सदस्य हुन् । अछामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए । प्रदेश २ मा नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान तथा राजपाका मृगेन्द्रसिंह यादव र शेखर सिंह निर्वाचित भएका छन् । दाहाल महिला सदस्य र पासवान दलित सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै यादव अन्य समूहबाट र सिंह अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट निर्वा्चित भएका हुन् । ५ हजार २ सय ८ मतभारसहित विजयी भएकी नेकपाकी दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई हराइन् । यादवले ४ हजार ७ सय ४० मतभार पाइन् । बागमती प्रदेशमा महिलामा गंगाकुमारी बेलबासे र अन्य समूहमा बेदुराम भुसाल निर्वाचित भएका छन् । बेलबासेले ६ हजार ८ सय २८ र भुसालले ६ हजार ८ सय १० मतभार पाए । बेलबासेले कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काङ्खलेलाई पराजित गरेकी हन् । भुसालले कांग्रेसका हरिशरण श्रेष्ठ र नेमकिपाका कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन् । गण्डकी प्रदेशबाट अन्य समूहमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने विजयी भएका छन् । ३४ सय ६२ मतभार पाएका श्रेष्ठले कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई निर्वाचित भएका छन् । महिला सदस्यमा घिमिरे, अपांगता भएका वा अल्पसंख्यक सदस्यमा शर्मा र अन्य समूहबाट भट्टराई निर्वाचित भएका हुन् । घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपाने, शर्माले कांग्रेसका मेराज अहमद हलवाई र समाजवादी पार्टीका सुनीलकुमार सिंघललाई पराजित गरे । त्यस्तै भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे र समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे । कर्णाली प्रदेशबाट नेकपाकै अन्य समूहका मायाप्रसाद शर्मा र महिला समूहकी सुमित्रा विसी निर्वाचित भएका छन् । शर्माले तीन हजार ६ सय १८ मतभार पाए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मतभार पाए । सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँर निर्वाचित भएका छन् । भट्टले ३ हजार ७ सय ३८ र स्वाँरले ३ हजार ७ सय २० मतभार पाए । महिला समूहकी कांग्रेस उम्मेदवार तुलसा देवकोटाले १ हजार ८ सय ५४ र अन्य समूहका कांग्रेस उम्मेदवार प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मतभार पाए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०५:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP