Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले पुस मसान्तभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने
प्रधानमन्त्री प्रचण्डले पुस मसान्तभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १३, २०७९
pra
Hardik health
काठमाडाैं - सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अहिले शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । तर सरकारमा जाने आकांक्षी धेरै छन् । यसको व्यवस्थापन गर्न सत्तारुढ दलहरुले मन्त्री चयनको मापदण्ड नै बनाउने भएका छन् । विगतमा अवसर नपाएका, युवा र सकेसम्म प्रत्यक्षमा निर्वाचितलाई मन्त्री बनाउने गरी मापदण्ड बनाउने दलहरुको तयारी छ । सत्ता गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रबाट शक्ति सन्तुलनको प्रयास थालिएको छ । गएको सोमवार प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएसँगै सरकारलाई पूर्णता दिनेबारे आन्तरिक छलफल सुरु भएको हो । सत्ता गठबन्धनमा सामेल केही दलले अझै सरकारमा सामेल हुने वा नहुनेबारेमा निर्णय गरिसकेका छैनन् ।जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानेबारे निर्णय गर्न बाँकी नै छ । मन्त्रीहरूको भागबन्डा गर्दा दलहरूबाट संसद्मा रहेको उपस्थिति र मतभारलाई हेरेर निर्णय गर्ने नेताहरुले बताएका छन् । नयाँ गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई ७ दल र स्वतन्त्र गरी कुल १ सय ६९ जना सांसदको समर्थन छ । संविधानले २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ । अहिलेसम्म ८ मन्त्रीले शपथ लिएको अवस्थामा अब १७ मन्त्री थपिन सक्छन् । पहिलो चरणमा माओवादीले सरकारको नेतृत्वसहित एक उपप्रधानमन्त्री लिएको छ । त्यस्तै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक/एक उपप्रधानमन्त्री पाएका छन् । त्यस्तै अहिले मन्त्री बनेकामध्ये एमालेका तीन र जनमत पार्टीका एक जना छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले सकेसम्म समानुपातिकलाई मन्त्री नबनाउने नीति लिएको छ । त्यस्तै माओवादीले भौगोलिक, जातीय र उमेर समूहको सन्तुलन मिल्ने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएको छ । पदाधिकारी बैठक बसेर मन्त्रीको मापदण्ड र नाम टुङ्गो लगाउने माओवादीको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैजसो सांसद मन्त्री बन्ने गरी लबिङमा छन् । स्वतन्त्र पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । पार्टी सभापति समेत रहेका रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अरु सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका हुन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका तीन जना स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साह पनि मन्त्री बन्न दौडधुपमा लागेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP