Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहाल तेस्रोपटक प्रधानमन्त्री
दाहाल तेस्रोपटक प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
  ००० ००० काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४ औं प्रधानमन्त्री बनेका छन् । कूल १६९ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री पुष्पकमल दाहालज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाहाललाई नियुक्त गरेको संविधानको यस उपधारामा प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था उल्लेख छ । ३२ सिट भएको माओवादी अध्यक्ष दाहाललाई एमालेका ७८ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका छ र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसदले समर्थन गरेका हुन् । स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले पनि दाहाललाई समर्थन गरेका छन् । साथै, अर्का स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पनि दाहाललाई नै समर्थन गर्ने बताएका छन् ।दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनी देश संघीय प्रणालीमा गएपछि भएको पहिलो संसद्को कार्यकालमा प्रधानमन्त्री बन्न पाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने आलोपालोमा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । तर, ओलीले उनलाई प्रधानमन्त्री बनाउन चाहेनन् । यसपटक भने ओलीसहितकै समर्थनमा दाहाल प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेका ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू शीतलनिवास पुगेका थिए । निर्धारित समय बेलुकी ५ बजे नै प्रधानमन्त्रीमा दाबी गरेका दाहाललाई राष्ट्रपति भण्डारीले नियुक्त गर्दै बधाई तथा शुभकामना दिएकी छन् । उनको शपथ आज सोमबार ४ बजे हुने भएको छ । उनलाई राष्ट्रपति भण्डारीले शपथ खुवाउने छिन् । दाहालले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ । संविधानको धारा (७६) को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाएको अवस्थामा भने दाहाल स्वतः पदमुक्त हुने छन् । त्यस्तो अवस्थामा उपधारा (३) अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । जहाँ प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरूको भएको दलको नेता प्रधानमन्त्री हुन्छन् । तर, दाहाललाई १७० सांसदको समर्थन रहेकाले उनले विश्वासको मत पाउने उक्त पार्टीका सचिव लिलामणि पोखरेलले बताए । उनका अनुसार दाहालले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेपछि संसद्मा छिट्टै विश्वासको मत लिने छन् । संसद्मा विश्वासको मत पाए उनले दुई वर्षसम्म ढुक्कले सरकार चलाउने छन् । किनकि, पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । त्यही भएर दाहाल आलोपालो सरकारको नेतृत्व गर्नुपर्दा पहिलो चरणमै प्रधानमन्त्री हुने पक्षमा उभिएका हुन् । उनको दलको पदाधिकारी बैठकले जसरी पनि पहिलो चरणमै प्रधानमन्त्री बन्नेगरी पहल गर्न दाहाललाई सुझाएको थियो । अन्ततः दाहाल प्रधानमन्त्री भएरै छाडे ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी आइतबार, जेठ ४, २०८२
नयाँ दलमा पारिवारिक झमेला
नयाँ दलमा पारिवारिक झमेला आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल शुक्रबार, जेठ २, २०८२
कांग्रेस संसदीय दलको बैठक शनिबार
कांग्रेस संसदीय दलको बैठक शनिबार शुक्रबार, जेठ २, २०८२
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP