Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहाल तेस्रोपटक प्रधानमन्त्री
दाहाल तेस्रोपटक प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ११, २०७९
Hardik health
  ००० ००० काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४ औं प्रधानमन्त्री बनेका छन् । कूल १६९ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री पुष्पकमल दाहालज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाहाललाई नियुक्त गरेको संविधानको यस उपधारामा प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था उल्लेख छ । ३२ सिट भएको माओवादी अध्यक्ष दाहाललाई एमालेका ७८ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका छ र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसदले समर्थन गरेका हुन् । स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले पनि दाहाललाई समर्थन गरेका छन् । साथै, अर्का स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पनि दाहाललाई नै समर्थन गर्ने बताएका छन् ।दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनी देश संघीय प्रणालीमा गएपछि भएको पहिलो संसद्को कार्यकालमा प्रधानमन्त्री बन्न पाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने आलोपालोमा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो । तर, ओलीले उनलाई प्रधानमन्त्री बनाउन चाहेनन् । यसपटक भने ओलीसहितकै समर्थनमा दाहाल प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेका ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू शीतलनिवास पुगेका थिए । निर्धारित समय बेलुकी ५ बजे नै प्रधानमन्त्रीमा दाबी गरेका दाहाललाई राष्ट्रपति भण्डारीले नियुक्त गर्दै बधाई तथा शुभकामना दिएकी छन् । उनको शपथ आज सोमबार ४ बजे हुने भएको छ । उनलाई राष्ट्रपति भण्डारीले शपथ खुवाउने छिन् । दाहालले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ । संविधानको धारा (७६) को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाएको अवस्थामा भने दाहाल स्वतः पदमुक्त हुने छन् । त्यस्तो अवस्थामा उपधारा (३) अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । जहाँ प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरूको भएको दलको नेता प्रधानमन्त्री हुन्छन् । तर, दाहाललाई १७० सांसदको समर्थन रहेकाले उनले विश्वासको मत पाउने उक्त पार्टीका सचिव लिलामणि पोखरेलले बताए । उनका अनुसार दाहालले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेपछि संसद्मा छिट्टै विश्वासको मत लिने छन् । संसद्मा विश्वासको मत पाए उनले दुई वर्षसम्म ढुक्कले सरकार चलाउने छन् । किनकि, पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । त्यही भएर दाहाल आलोपालो सरकारको नेतृत्व गर्नुपर्दा पहिलो चरणमै प्रधानमन्त्री हुने पक्षमा उभिएका हुन् । उनको दलको पदाधिकारी बैठकले जसरी पनि पहिलो चरणमै प्रधानमन्त्री बन्नेगरी पहल गर्न दाहाललाई सुझाएको थियो । अन्ततः दाहाल प्रधानमन्त्री भएरै छाडे ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP