Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीमा अल्झियो सरकार गठन
प्रधानमन्त्रीमा अल्झियो सरकार गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ८, २०७९
काठमाडौं– सांसदका रूपमा शपथ ग्रहणपछि सरकार गठनमा दलका नेताहरूको दौडधुप तीव्र भएको छ । संसद्मा पहिलो दल रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनमा अगुवाइ गरिरहेका छन् । कसले सरकारको पहिलो चरणमै नेतृत्व गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो चरणमा प्रधानमन्त्री बन्ने अडानमा अडिक छन् । बुधबार दलको नेताका लागि भएको चुनावमा महामन्त्री गगनकुमार थापालाई भारी मतान्तरले पराजित गरेपछि उनी कांग्रेसबाट प्रधानमन्त्रीका आधिकारिक उम्मेदवार बनेका छन् ।
सरकार गठनका लागि हामी छलफलमै छौं । गठबन्धनको बैठकले नयाँ प्रधानमन्त्री तय गर्छ । पहिलो प्रधानमन्त्री प्रचण्ड नै हो तर यसबारे गठबन्धनले ठोस निर्णय गर्नेछ । जनार्दन शर्मा- उपमहासचिव, माओवादी केन्द्र
उनले पार्टीको कार्यसम्पादन समिति बैठकबाट सरकार गठनको नेतृत्व कांग्रेसले गर्ने निर्णय गराएका छन् । यसको मतलव प्रधानमन्त्री पद कुनै पनि हालतमा नछाड्ने पक्षमा देउवा छन् । बिहीबार साँझ बालुवाटारमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि देउवाले पहिलो चरणमा आफैं प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने अडान दोहो¥याए । त्यसपछि दाहाललाई दोस्रो चरणमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने देउवाले बताए । ‘तपाईं दुई वर्षपछि प्रधानमन्त्री हुनुहोस् । अहिले म हुन्छु । तर, तपाईंले म प्रधानमन्त्री हुन्छु पहिलो चरणमा भन्नुभएकोबारे छलफल गर्न सकिन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने । दाहालले भने पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न देउवासँग आग्रह गरेका थिए । दाहालले पहिले भएको भद्र सहमतिबारे पनि देउवालाई स्मरण गराएका थिए । देउवाका सचिवालयका ती सदस्य दाहालको भनाइ उद्धृत गर्दै भन्छन्, ‘तपाईं हामीबीच पहिले आलोपालोमा सरकार चलाउने भन्ने थियो । अहिले तपाईंले त्यसलाई पालना गर्नुप¥यो ।’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रधानमन्त्रीमा अहिले दाहाललाई सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । तर, देउवाले अन्तर्राष्ट्रिय शक्तिहरू दाहाललाई प्रधानमन्त्रीको रूपमा देख्न चाहने अवस्थामा नरहेको बताएका थिए । यद्यपि, प्रधानमन्त्रीबारे छलफल गर्न सकिने उनले बताए ।देउवाको दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद अन्य दललाई छाड्न नसकिने जनाउँदै आएको छ । सभामुख पद माओवादीलाई र राष्ट्रियसभा अध्यक्ष नेकपा एकीकृत समाजवादीलाई छाड्न सकिने पक्षमा कांग्रेस छ । तर, माओवादी अध्यक्ष दाहाल पहिलो चरणमै प्रधानमन्त्री हुने दृढ अडानमा छन् । उनलाई पार्टीभित्र पनि प्रधानमन्त्री पद नछाड्न चर्को दबाब छ । बिहीबार बेलुकी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा धेरै नेताहरूले दाहाललाई प्रधानमन्त्री कुनै पनि हालतमा लिनुपर्ने सुझाएका थिए । उक्त बैठकले माओवादीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । ‘सरकारको नेतृत्व हामी लिनेगरी पहल गर्न गर्नेछौं । पहिलेदेखि हाम्रै नेतृत्वमा सरकार बनाउने समझदारीअनुसार गठबन्धन अघि बढ्नेछ,’ माओवादी सचिव लीलामणि पोखरेलले प्रभावसँग भने ।माओवादीबाट प्रधानमन्त्री भए दाहाल नै हुने छन् । बिहीबारको पदाधिकारी बैठकले उनैलाई संसदीय दलको नेता चुनेको छ । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चुनिँदा संसदीय दलको उपनेता भने चुनिएन । उपनेतामा उपमहानसचिवहरू वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । दुवै नेताको दाबी उपनेतामा रहँदा नेतामा चुनिएका दाहाल भने देउवालाई गलाएर प्रधानमन्त्री बन्ने खेलमा लागेका हुन् । माओवादी सांसद जनार्दन शर्माले पहिलो चरणमा दाहाल प्रधानमन्त्री हुने ठोकुवा नै गरे । ‘सरकार गठनका लागि हामी छलफलमै छौं । गठबन्धनको बैठकले नयाँ प्रधानमन्त्री तय गर्छ,’ उनले बिहीबार शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग भने, ‘पहिलो प्रधानमन्त्री प्रचण्ड नै हो तर यसबारे गठबन्धनले ठोस निर्णय गर्नेछ ।’ दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री हुन नेता नेपालको साथ छ । गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा पनि दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छ । यद्यपि, देउवा प्रधानमन्त्री पद छाड्न तयार देखिएका छैनन् । सरकार गठनको समय भने आइतबार बेलुकी ५ बजेसम्म छ । यो अवधिसम्ममा सरकार गठन गर्न सकिने भनेको संविधानको धारा (७६) को उपधारा (२) अनुसार हो । यो उपधाराअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभाका सदस्यले प्रधानमन्त्रीमा दाबी गर्न सक्छन् । यही संवैधानिक प्रावधानलाई टेकेर पहिलो चरणमै देउवा र दाहाल प्रधानमन्त्री बन्ने दौडमा छन् । प्रधानमन्त्री जो पहिलो चरणमा हुन्छ, दुई वर्षसम्म उसले अविश्वासको प्रस्तावको सामना गर्नु पर्दैन । त्यही भएर देउवा र दाहाल पहिलो चरणमै प्रधानमन्त्री जुनसुकै हालतमा हुने भन्दै कम्मर कसेर लागेका हुन् । गत ४ मंसिरमा भएको चुनावको जनादेश कांग्रेस, माओवादी, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा रहेको सत्ता गठबन्धनलाई छ । त्यही भएर गठबन्धनका नेताहरूमध्ये देउवासँगै प्रचण्ड गठबन्धनकै सरकार बनाउने र प्रधानमन्त्री हुने पक्षमा छन् । तर, प्रधानमन्त्रीमै हलो अड्किएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी आइतबार, जेठ ४, २०८२
नयाँ दलमा पारिवारिक झमेला
नयाँ दलमा पारिवारिक झमेला आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल शुक्रबार, जेठ २, २०८२
कांग्रेस संसदीय दलको बैठक शनिबार
कांग्रेस संसदीय दलको बैठक शनिबार शुक्रबार, जेठ २, २०८२
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP