Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • विदेशबाट फर्केर गाइपालन
विदेशबाट फर्केर गाइपालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ५, २०७९
Hardik health
दाङ-  तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन्  । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आाएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएको छ । यो पेसाबाट सन्तुष्ट भएका बुढाथोकीले भने, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका  थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउँछन्  । पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लाग्नुभएका उहाँले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उनीसँग छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ । अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकीले बताए । उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताए  । उनी भन्छन् , “यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।” सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताउँछन्  । बुढाथोकीको फार्ममा अहिलेसम्म रु ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाख सम्म आम्दानी हुने गरेको छ । आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्दै आएकाे उनले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताए  । पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् । पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकी बताउँछन् । त्यसका लागि स्वयं युवा बर्र्गले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ । गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उनी दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गर्छन् । विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ । अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उनी बताउँछन् । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीले  सुुझाव दिए  ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण मंगलबार, माघ ६, २०८२
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सोमबार, माघ ५, २०८२
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित सोमबार, माघ ५, २०८२
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP