Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको आन्तरिक विवाद चर्कँदै – साम्य पार्न धौ–धौ
नेपाली कांग्रेसको आन्तरिक विवाद चर्कँदै – साम्य पार्न धौ–धौ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ९, २०७६
कांग्रेसमा आन्तरिक व्यवस्थापनको खोजी
Hardik health
काठमाडौं– नेपाली कांग्रेसभित्र उब्जिएको आन्तरिक विवाद साम्य गर्न पार्टीभित्र धौ–धौ भएको छ । पछिल्लो समय पार्टीमा देखिएको विवादलाई समाधान गर्न सभापति शेरबहादुर देउवासमेत गम्भीर रूपमा लागेका छन् । तर, उनको बलबुतो त्यसै खेर गइरहेको छ । यसैक्रममा बुधबार कांग्रेसको आन्तरिक व्यवस्थापनका लागि भन्दै शीर्ष नेताहरूको बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको थियो । तर, उक्त बैठकले कुनै सामाधानको बाटो ननिकालिएको कांग्रेसका एक नेताले बताए । सभापति देउवाले पार्टी सहमति खोज्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेतालाई छलफलका लागि बूढानीलकण्ठ बोलाएका थिए । बैठकमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायत नेता सहभागी थिए । बैठकमा असन्तुष्ट पक्षलाई मनाउने प्रयास गरिएको थियो । यो बैठक हालै सानेपामा सम्पन्न जिल्ला सभापतिको भेलापछि विवाद मिलाउनका लागि शीर्षस्तरमा पहिलोपटक बसेको थियो । बुधबारको बैठकले केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको पनि केही नभएको असन्तुष्ट पक्षका एक नेताले बताए । उनले भने, ‘बैठकमा कुनै निष्कर्ष आएन ।’ यसअघि सोमबार नेता निधि, सिंह र सिटौलाबीच पार्टी कार्यालयमा भएको छलफलपछि देउवा र पौडेललाई सँगै राखेर छलफल भएको हो । सानेपा भेलापछि विवाद समाधानका लागि खासै संवाद भएको थिएन । गत २७ पुसमा बुढानीलकण्ठमा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौलाबीच सामान्य कुराकानी भएको थियो । त्यसयता उपचारका लागि दिल्ली पुगेका नेता पौडेल फर्केपछि पहिलोपटक छलफलमा बसेका हुन् । सानेपा भेलामा सहमति गरेर अघि बढ्न तयारी गर्ने र लचिलो देखिएको संस्थापन पक्षले फेरि पेल्ने रणनीतिका साथ अघि बढ्न खोजेको आशंका गर्दै असन्तुष्ट पक्षले आन्तरिक परामर्शलाई तीव्र बनाएको छ । त्यस्तै आगामी महाधिवेशनको क्यालेन्डर, विभाग तथा भ्रातृसंस्थाहरूको गठनलगायत आन्तरिक व्यवस्थापनका विषयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन । पार्टीको कार्यसम्पादन समिति, विभाग, तरुण दल र नेविसंघमा भएको भागबन्डाको पुरानो सहमतिलाई उल्ट्याउन खोजिएको भन्दै असन्तुष्ट पक्षले प्याकेजमै सहमति गर्नुपर्नेमा जोड दिएको छ । असन्तुष्ट पक्षको दाबीअनुसार तरुण दलमा असन्तुष्ट पक्षको ३५ र संस्थापनको ६५, विभागमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६०, नेविसंघमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० र कार्यसम्पादनमा पनि असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० को हिसाबले नेतृत्व तथा पदहरूको बाँडफाँट गर्ने सहमति भइसकेको छ । तर अहिले फेरि संस्थापन पक्षले भागबन्डाको यो अनुपातलाई घटाउने प्रयास गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । सभापति देउवाले बोलाएको केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै आएको वरिष्ठ नेता पौडेलसहितको असन्तुष्ट पक्षले पार्टी कार्यलय सानेपा २१, २२ र २३ पुसको भेला आयोजना गरेका थिए । तर, असन्तुष्ट पक्षको बहिष्कारलाई उपेक्षा गर्दै ११ पुसमा संस्थापन पक्षले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको क्यालेन्डरलगायतका महत्वपूर्ण निर्णय गरेको थियो । असन्तुष्ट पक्षको बहिष्कार र विरोधबीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको क्यालेन्डर पारित गर्नेलगायतका महत्वपूर्ण निर्णय गरेपछि कांग्रेसको भित्रको आन्तरिक किचलोले जटिल मोड लिएको थियो । संस्थापन पक्षको बहुमतमा केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने, चौधौं महाधिवेशन ०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्नेलगायतका निर्णय गरिएको थियो । यता सभापति देउवा पक्षले स्थानीय चुनावको मुखमा महाधिवेशन बोलाएर पार्टीभित्र आन्तरिक विवाद चर्काउन खोजेको र त्यसले चुनावमा कांग्रेसलाई घाटा हुने तर्क राखेको छ । महाधिवेशन सकेर छ महिनापछि चुनावमा जाँदा कांग्रेसलाई घाटा मात्रै हुने विश्लेषण गर्दै असन्तुष्ट पक्षले मंसिरमै महाधिवेशन सक्ने गरी क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । तर असन्तुष्ट पक्षले भने संविधानको प्रावधानअनुसार विशेष परिस्थति देखाएर थप ६ महिना म्याद बढाएको र महाधिवेशन टार्ने रणनीतिअनुसार क्यालेण्डर ल्याएको आरोप लगाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP