काठमाडाैं - डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मङ्सिर २४ गते शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरी सम्पन्न भएको हाे ।
डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषतः आँखा, कान, नाक, घाँटी, बोली एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच गराइएको संस्थाकी अध्यक्ष डा.ललिता जोशीले जानकारी दिइन् ।
काठमाडौं र बाहिरका जिल्लाका ३६ जना बालबालिकाहरूले आँखा, श्रवण परीक्षणसहित ईएनटी, डेन्टल, फिजियो, पेशागत र स्पीच थेरापीको मूल्याङ्कन र सुधारका लागि सुझावहरू लिएका थिए ।
नयाँ आमाबाबुलाई एउटै छानामुनि परामर्श, रेडियोलोजिष्ट डाक्टर, अटिजम भएका डिएसका अभिभावकले आफ्ना अनुभवहरू सुनाएका थिए ।
संस्था स्थापना भएपछि पहिलोपटक काठमाडौँमा निशुल्क शिविर आयोजना गरिएको जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १८:०३