Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भोज खाएर फर्केको मिनिट्रक दुर्घटना – ७ जनाको मृत्यु, ३७ घाइते
भोज खाएर फर्केको मिनिट्रक दुर्घटना – ७ जनाको मृत्यु, ३७ घाइते
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
Hardik health
धादिङ– धादिङमा मिनिट्रकमा दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने ३७ जना घाइते भएका छ । मंगलबार ज्वालामुखी गाउँपालिका–४ स्थित ढोलामण्डलीमाइको दर्शन गरी भोज खाएर फर्किदै गरेको रिजर्भ मिनिट्रक दुर्घटना भएको हो । उक्त मिनिट्रकमा ४५ जना यात्रु सवार रहेका थिए । मन्दिर दर्शनपछि धादिङवेशीतर्फ फर्किदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भन्ज्याङनजिकै सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जनाएका छन् । हरेक मंगलबार ढोलामण्डलीमा पाठीको बलि दिने मेला लाग्ने गरेको र उक्त मन्दिरमा चढाएको बलिलाई साविकका ढोला गाविस भित्रै पकाएर खाने प्रचलन छ । सोही मेला दर्शन गर्न मिनिट्रक रिजर्भ गरेर गएका नीलकण्ठ नगरपालिका–२ का स्थानीय फर्कने बेलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–२ का स्थानीय सुरेश गुरुङका अनुसार चालकले मदिरा पिएका थिए । जिल्ला अस्पतालमा उपचारको क्रममा सुरेशले भोजमा चालकलेसमेत रक्सी पिएकाले दुर्घटना भएको हो । कच्ची बाटो सकिएको पीच सुरु हुने बित्तिकै ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनास्थल नजिकै घर भएकाले स्थानीयका अनुसार होहल्ला र रमाइलो गर्दै आइरहेको ट्रक एक्कासी सडकमा बजारिएको थियो । ट्रकका चालकलाई प्रहरी निगरानीमै उपचारको लागि काठमाडौ पठाइएको प्रहरी प्रमुख रेग्मीले बताए । देव्रे मोड्ने क्रममा भित्तामा बजारिएर दुर्घटना भएको प्रत्यक्षदर्शी नीलकण्ठ नगरपालिका ७ का विशाल अधिकारीले बताएका छन् । दुर्घटनामा घाइते भएका ३७ मध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरमा र ४ जनालाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए । उनका अनुसार सामान्य घाइते भएका ८ जना घर फर्किसकेका छन् । बाँकी १४ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै नीलकण्ठ नगरपालिका–२ माथिल्लो र तल्लो भुलभुले क्षेत्रका स्थानीय हुन् । घटनामा मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का भुलभुलेका बिदुर गुरुङ, ध्वज बहादुर गुरुङ, सुनिल भनिने तिलकबहादुर गुरुङ, पुर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङ रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०५:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP