Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग ‘पक्का’
गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग ‘पक्का’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १६, २०७९
Hardik health
  काठमाडौं– नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग ‘पक्का’ भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सत्ता साझेदार गर्न तयार भएपछि गठबन्धनको सरकार सम्भव हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बालुवाटारमा बोलाएर डा. राउतलाई आगामी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । देउवाको आग्रहलाई राउतले स्वीकारेका हुन् ।‘प्रधानमन्त्रीज्यूले बोलाउनुुभएपछि हाम्रा अध्यक्षज्यू जानुभएको हो । भेटमा प्रधानमन्त्रीज्यूले नयाँ बन्ने सरकारमा आउनुपर्‌‍‍यो भन्नभयो । उहाँले हुन्छ, हामी सकारात्मक छौं भन्नुुभयो,’ जनमतका महासचिव चन्दन सिंहले प्रभावसँग भने ।
  सत्ता गठबन्धनको सम्भावित सिट संख्या कांग्रेस- ९० माओवादी केन्द्र- ३१ एकीकृत समाजवादी- १० लोसपा- ४ राष्ट्रिय जनमोर्चा- १ जनमत पार्टी- ५ जम्मा- १४१ सरकार गठनका लागि आवश्यक सांसद संख्या- १३८
सरकारमा सहभागी हुँदा दाबी गर्ने मन्त्री संख्याबारे भने सिंहले खुलाएनन् । ‘आज भएको पहिलो भेट हो । थप छलफल हुँदै जाला,’ उनले भने, ‘हाम्रो दाबी छलफलमा राखौंला । अहिले नै यति र उति भन्ने कुरा हुँदैन ।’ गठबन्धनको सरकार ‘पक्का’
  •  जनमत पार्टी गठबन्धनसँग सत्ता साझेदार गर्न तयार
  • नयाँ सरकार गठन गर्न गठबन्धनको स्पष्ट बहुमत पुुग्ने
जनमतको प्रत्यक्षतर्फका सांसद डा. राउत नै हुन् । उनको दल समानुपातिकतर्फको ‘थ्रेस होल्ड’ पार गर्दै राष्ट्रिय दल बनेको छ । समानुपातिकतर्फ चार जना सांसद पाउने अवस्थामा जनमत छ । यस दलको समर्थनले गठबन्धनको स्पष्ट बहुमत हुने भएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूकै सरकार बन्नसक्ने जनादेश चुनावबाट प्राप्त भएकोमा अझ जनमत पनि सत्ता साझेदार गर्न तयार हुनु स्वागतयोग्य कदम भएको बताए । ‘अझै केही क्षेत्रको परिणाम आउन बाँकी छ । आइसक्दा हाम्रै सरकार बन्ने स्थिति पनि हुने देखिन्छ,’ प्रवक्ता महतले भने, ‘यहीबेला जनमत सरकारमा आउन सकारात्मक भएपछि गठबन्धनको सरकार निश्चित हुने भयो । जनमतको निर्णयलाई स्वागत गर्छु ।’ समाचार तयार पार्दासम्म सार्वजनिक भएका १६२ क्षेत्रको परिणामलाई आधार मान्दा कांग्रेसले ५५ सिट जितेको छ । स्याङ्जा–२ मा पनि कांग्रेस उम्मेदवार धनराज गुुरुङको अग्रता फराकिलो हुँदै गएको छ । बाजुुरामा पनि मतगणना सुरु भएको छ, जहाँ कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । यी दुवै स्थानमा जित्ने कांग्रेसको दाबी छ र दाबीअनुसार जिते भने कांग्रेसको प्रत्यक्षतर्फ ५७ सिट हुनेछ । समानुपातिकतर्फ पनि कांग्रेसले ३२ सिट पाउने स्थिति छ । स्याङ्जा–२, बाजुुरा र दोलखाको समानुपातिकतर्फको मत थपिँदा ३३ सिट कांग्रेसले पाउने स्थिति छ । यस्तो अवस्थामा कांग्रेसको ९० सिट हुनेछ । गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितिसकेको छ । बिहीबार पुनः मतदान भएको दोलखामा पनि गठबन्धनबाट माओवादीको उम्मेदवार प्रतिस्पर्धामा छ । त्यहाँ पनि गठबन्धनले जिते माओवादीको एक सिट थपिनेछ । समानुपातिकतर्फ कम्तीमा १४ सिट पाउने निश्चित देखिन्छ । यसरी माओवादी केन्द्रको ३१ वा ३२ सिट हुने भएको छ । गठबन्धनमै रहेको दल नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन संघर्षरत छ । अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीले चार सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ । गठबन्धनमा रहेका दलहरूले प्रत्यक्षतर्फ ८७ सिट जितेका छन् । अझै कम्तीमा दुुई सिट थपिनसक्ने देखिन्छ । समानुपातिकतर्फ पनि ४७ सिट पाउने अवस्थामा गठबन्धन दलहरू छन् । दुवैतर्फको सिट जोड्दा १३६ सिट हुने देखिन्छ । तर, पाँच सिट भएको दल जनमत पनि थपिँदा १४१ सिट हुने र गठबन्धनको बहुुमतीय सरकार गठन हुने भएको हो । संघीय सरकारसँगै मधेस प्रदेश सरकारमा पनि कांग्रेस नेतृत्वको गठबन्धनसँगै सहकार्य गर्न जनमत तयार भएको छ । १०७ सिट रहेको मधेस प्रदेशको संसद्मा १३ सिटसहित जनमत निर्णायक दलको रूपमा छ । जनमतको समर्थन हुनेबित्तिकै त्यहाँ पनि गठबन्धनकै सरकार बन्ने भएको हो । त्यहाँ नेकपा एमाले–जनता समाजवादी पार्टीको गठबन्धनले पनि नयाँ सरकार गठन गर्न कसरत गरिरहेको छ । प्रधानमन्त्रीमा ‘झिनाझम्टी’ नयाँ सरकार गठबन्धनकै बन्ने स्थिति हुँदा प्रधानमन्त्री पदमा झिनाझप्टी भइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले दुुई वर्ष प्रधानमन्त्री हुने चाहना गठबन्धनका शीर्ष नेताहरूसँग राख्दै आएका छन् । उनले चुनावअघि पनि एकपटक प्रधानमन्त्री भएर मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न चाहेको बताएका थिए । चुनावको परिणाम तीन क्षेत्रबाहेकको आएपछि दाहालले प्रधानमन्त्री हुने चाहना राखेका हुन् । तर, उनको प्रस्तावलाई कांग्रेसले त्यति स्वाभाविक ठानेको छैन । पहिलो दलको हैसियतले सरकारको नेतृत्व लिनुपर्ने पक्षमा कांग्रेस छ । यसप्रति प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, प्रधानमन्त्रीका आकांक्षीहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, डा. शशांक कोइरालालगायत दृढ छन् । यस्तो अवस्थामा दाहालले प्रधानमन्त्रीको अडान नछाडे गठबन्धन नै संकटमा पर्ने देखिन्छ । कांग्रेसभित्रै पनि आकांक्षी धेरै हुँदा समस्या आउनसक्ने विश्लेषण गरिएको छ । यद्यपि, दलहरुले गठबन्धनलाई आगामी पाँच वर्षसम्म निरन्तरता दिने दोहोर्‍याउँदै आएका छन् । एकीकृत समाजवादीले गठबन्धनकै निरन्तरताको पक्षमा निर्णय गरिसकेको छ । गठबन्धनमा मात्र होइन, बाहिरका दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री हुने दाउमा छन् । उनले पनि नयाँ सरकार गठनको पहल लिएका छन् । यसअघि उनले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेट गरिसकेका छन् भने माओवादी अध्यक्ष दाहालसँग फोन गर्दै मिलेर जान प्रस्ताव गरिसकेका छन् । तर, एमाले नेतृत्वको गठबन्धनसँग बहुमत पुुग्ने सम्भावना छैन, जसले गर्दा ओली नेतृत्वमा बहुमतीय सरकार गठन तत्कालका लागि असम्भव देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP