Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपाको ११ बुँदे आचारसंहिता – अब ‘तँ’ भन्न नपाइने
नेकपाको ११ बुँदे आचारसंहिता – अब ‘तँ’ भन्न नपाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
अब तँ भन्न नपाइने
Hardik health
काठमाडौं– पछिल्लो केही दिनयता ‘तँ’ शब्द चर्चामा छ । गायिका आस्था राउतले विमानस्थल चेकजाँचका क्रममा ड्युटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई ‘तँ’ शब्द प्रयोग गरेको भन्दै फेसबुक लाइभमा आक्रोश पोखिन् । यस विषयमा महानगरीय प्रहरी काठमाडौंले अनुसन्धान गरिरहेको छ भने गायिका आस्थालाई पक्राउ गर्न खोजिरहेको छ । यसैबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई ‘तँ’ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । यो एउटा संयोग मात्रै हो, तर, जतिखेर एक गायिका र एक प्रहरी जवानबीच ‘तँ’ शब्द प्रयोगबारे विवाद चरम उत्कर्षमा पुगेका बेला नेकपाले ‘तँ’ शब्द बर्जित गर्दै आचारसंहिता जारी गरेपछि संयोग मिलेको हो । पार्टीले सोमबार वितरण गरेको आचारसंहितामा अरुसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालद्वारा हस्ताक्षरित आचारसंहितामा छोरा–छोरीको विवाहलाई सरल र मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने भनिएको छ । साथै, आचारसंहितामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ । उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतम कानूनबमोजिमको पारिश्रमिक र सुविधा तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।’ यस्तै, समाजमा रहेका कूरीति, रुढिवादी संस्कार, भेद्भाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैँ खडा हुनु र त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्ने आचारसंहितामा छ ।’ कुनैपनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्ने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदार बन्न बन्देज लगाइने संहितामा उल्लेख छ । भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्नेमा आचारसंहिताले जोड दिइएको छ । पार्टीले सामूहिक जीवन प्रणाली विकास गर्न महिनामा एकदिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने र सामूहिक भावना सिर्जना गर्नुपर्ने भनेको छ । त्यस्ता कार्यक्रममा मद्यपान र धूम्रपान प्रतिबन्ध लगाइएको छ । साथै, पार्टीले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादाजीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने र आफ्नो जीवनलाई सधैँ जनताबीच खुला किताबजस्तै राख्न प्रयत्न गर्नुपर्ने आचारसंहिता तोकिएको छ । ‘समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँच–नीच, छुवाछूत, जातपात र जातिभेदजस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ, यस किसिमका दुष्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानूनबमोजिम सजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ’ आचारसंहितामा भनिएको छ । तर, आचारसंहिता कहिलेबाट लागू हुने खुलाइएको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०५:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP