Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपसभामुख डा. तुम्बाहाम्फेले भनिन् – पितृसत्ताबाट हारेँ
उपसभामुख डा. तुम्बाहाम्फेले भनिन् – पितृसत्ताबाट हारेँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Dr Tumbahamphe
Hardik health
काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी छन् । सभामुख बन्ने अडान कस्दै आएकी डा. तुम्बाहाम्फेले सोमबार राजीनामा घोषणा गरेछि आफू पितृसत्ताबाट हारेको तर विचलित नभएको प्रतिक्रिया दिइन् । उनले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको बताउँदै भनिन्, ‘सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन ।’ उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रूपमा जरा गाडेर बसेको टिप्पणी गर्दै भनिन्, ‘त्यसै म हारेँ ।’ नेकपाभित्रै पनि सभामुख तुम्बाहाम्फे हुनपर्छ भन्ने धेरै थिए । उनीहरू पनि हारे । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच नेता अग्नि सपकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति भएपछि डा. तुम्बाहाम्फेले राजीनामा बुझाएकी हुन् । उनले सभामुख चयनमा मार्ग खोल्न आफूले राजीनामा दिएकोसमेत बताइन् । सोमबार विज्ञप्ति जारी गर्दै डा.तुम्बाहाम्फेले राजीनामा दिएको घोषणा गरेकी हुन् । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’ राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् । संस्थालाई प्रणालीगत रूपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी उनको थियो । ‘बाजी मैले मारेँ,’ उनले भनिन्, ‘आजदेखि ट्र्याक चेन्ज गर्दै छु ।’ आफूले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन् । उनले आफूले जे बोले त्यो पुर्याउँदै आएको बताउँदै भनिन्, ‘नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।’ उनले समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषता भएको भन्दै संविधानको मर्म अक्षर या वचनबाट होइन, अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्ने बताइन् । साथै, राज्यका उच्च ओहोदामा समाजका सबै अंगको प्रतिविम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्ने उनको भनाइ थियो । उनले भनिन्, ‘मेरा यी धारणाहरू कुनै अस्वाभाविक महत्त्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु ।’ उनले दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए तापनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहने बताइन् । उनले भनिन्, ‘ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैले पनि यसैअनुसार इमान्दारीका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु ।’ उनले कोही कसैले पनि आफ्ना जरा र धरातल भुल्न नहुने तथा स्वतन्त्रतालाई निरपेक्ष रूपमा बुझ्न नहुने स्मरणसमेत गराइन् ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP