Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #विद्यालय शिक्षा विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दश वटा क्षेत्रको मत गणना गर्न बाँकी
दश वटा क्षेत्रको मत गणना गर्न बाँकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ११, २०७९
काठमाडाैं  - प्रतिनिधि सभाका १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको नतिजा आइसक्दा अब १० वटा क्षेत्रको मात्र बाँकी छ । यी १० क्षेत्रमध्ये बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर–२ मा गणना नै सुरु हुनसकेको छैन । गणना भइरहेका ७ वटा क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ । हिजो रोकिएको सुनसरी–४ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । तर सहमति जुट्न सकेको छैन । सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो । मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि छन् । कार्कीले २१ हजार ४ सय ४५ र एमालेका कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् । सुनसरी–१ को प्रतिनिधि सभा सदस्यमा निक्कै प्रतिस्पर्धा छ । त्यहाँ जनता समाजवादी पार्टीका अशोककुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०४ मत पाएकाे निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सुनसरी–३ मा एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच प्रतिस्पर्धा छ । चौधरीले १६ हजार ५ र गच्छदारले ११ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा भइरहेको मतगणनामा विवाद देखिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोपसहित पुनः मतदानको माग गरेका छन्। पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले २० हजार ३ सय ८५ र खनालले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् । धनुषा क्षेत्र नम्बर–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार यादवले २१ हजार ९२४ र महासेठले २० हजार ८१७ मत प्राप्त गरेका  छन् । उदयपुरमा कांग्रेसका नारायण खड्का र एमालेका मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा छ । खड्काले २५ हजार ९१७ र चौधरीले २४ हजार १०९ मत प्राप्त गर्नुभएको छ । यस्तै, रामेछापको पनि अन्तिम नतिजा आउन सकेको छैन । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतका साथ अग्रता कायम राखेका  छन् ।  उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७२९ मतका साथ पछ्याइरहेका छन् ।न्तिम अपडेट: मंसिर ११, २०७९  
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
सुदूरपश्चिम प्रदेशको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त 
सुदूरपश्चिम प्रदेशको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त  सोमबार, जेठ ५, २०८२
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी आइतबार, जेठ ४, २०८२
नयाँ दलमा पारिवारिक झमेला
नयाँ दलमा पारिवारिक झमेला आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल शुक्रबार, जेठ २, २०८२
कांग्रेस संसदीय दलको बैठक शनिबार
कांग्रेस संसदीय दलको बैठक शनिबार शुक्रबार, जेठ २, २०८२
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP