Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली र दाहालबीच सहमति – सापकोटा सभामुख निश्चित
ओली र दाहालबीच सहमति – सापकोटा सभामुख निश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ६, २०७६
Angi-Sapkota
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको सकस टुंग्याएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललबीच आइतबार बिहान भएको छलफलपछि नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाइएको छ । अध्यक्ष ओली र दाहालको सहमतिपछि आइतबार साँझ नेकपाको सचिवालय बैठकले सभामुखमा नेता सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच आइतबार बिहान भएको करिब तीन घण्टा लामो छलफलपछि सभामुख चयनको विषय अनुमोदन गर्न नेकपा सचिवालय बैठक बसेको थियो । तत्कालीन माओवादीको भागमा सभामुख भएकोले तत्कालीन माओवादीबाटै सभामुख चयन गर्ने सहमति दुई अध्यक्षबीच भएको थियो । त्यसलाई औपचारिकता दिन बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो । यसअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू नै सभामुख हुनु पर्ने अढान कस्दै आएकी थिइन् । जसका कारण करिब तीन साता सभाुमख कसलाई बनाउने भन्नेमै नेकपाको समय बितेको थियो । नेकपामा सभाुमखको उम्मेदवारबारे निर्णय गर्न नसक्दा ४ पुसदेखि प्रतिनिधि सभाको बैठक समेत सर्दै आएको थियो । यस्तै, नेकपाका अध्यक्षद्वयले सभामुखबारे आ–आफ्नै अढान राख्दै आएकाले पनि सभामुख चयनको गाँठो खोल्न सकस भएको थियो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुवास नेम्बाङलाई सभामुखका अगाडि सार्दै आएका थिए । तर, अन्ततः अर्का अध्यक्ष दाहालले अगाडि सारेका सापकोटालाई नै सभामुख बनाउने उनीहरूबीच सहमति भएको छ । सभामुखको सन्दर्भका ओलीले लचक्ता देखाउपछि सहमति भएको नेकपाका एक नेताले बताए । उनले भने, ‘राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफ्नो अढान छाडेका हुन् ।’ यससँगै लामो समयदेखि रिक्त रहेको सभाुमख पद पूर्ति हुने भएको छ । सभामुखका नेता सापकोटा निश्चित भएको छ । को हुन् नेता सापकोटा ? सिन्धुपाल्चोकको चौतारा–६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल २४ फागुनमा जन्मेका हुन् अग्नि सापकोटा । साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर–१ बाट पनि विजयी भएका थिए । २०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका थिए । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका थिए । २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत रहेका थिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटा ०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए भने सागाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापनको समेत उनीसँग अनुभव छ । २०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत थिए । नेता सापकोटा २ पटक मन्त्री भइसकेका छन् । उनीसँग सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालेको अन्भव छ । उनी नेकपा स्थायी समिति सदस्य हुन् । अंक गणितमा सापकोटाको राजनीति जन्म स्थान – २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुभिण्डे आमा – तिलमाया सापकोटा र बुबा धनपति सापकोटा ठेगाना – चौतारा साँगाचोकगढी नपा–४, सिन्धुपाल्चोक शैक्षिक योग्यता – स्नातक, त्रिभुवन विश्वविद्यालय पारिवारिक स्थिति – श्रीमती, तीन छोरा पेसा र अनुभव – १५ वर्ष अध्यापन राजनीति यात्रा – २०३५ साल नेकपा (चौथो महाधिवेशनबाट) स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिम्मेवारी – २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित । २०६८ बैशाख २२ गते सूचना तथा संचारमन्त्री । ०७० सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्य । ०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री । २०७४ मा प्रतिनिधिसभा सदस्य विजयी । २०२९ सालमा विद्यार्थी संगठनमा आवद्व । ०३५ मा पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन) । ०३७ मा शिक्षक संर्घष समितिको सदस्य (नेराशिसं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय महासचिव र उपाध्यक्ष । ०४८ मा राजीनामा, पूर्णकालीन राजनीतिमा सक्रिय, ०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य । ०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य । ०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत । ०५२ फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, ०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिटब्युरो सदस्य ०५८ मा पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी । ०६९ साल माघमा भएको एकीकृत नेकपा (माओवादी)को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य । ०६९ साउनमा एकीकृत नेकपा (माओवादी)को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता । र, २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०६:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP