Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन महासंग्रामा मौन अवधि सुरु
निर्वाचन महासंग्रामा मौन अवधि सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २, २०७९
election
Hardik health
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनावको स्थिर समय (मौन अवधि) लागू भएको छ । गएराति १२ बजेदेखि सुरु भएको स्थिर समय ४ मंसिरको बिहान ७ बजेपछि मतदान केन्द्र खुला भएर बन्द नहुञ्जेलसम्म कायम हुनेछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि यो अवधि लागू गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा उल्लेख छ । मतदान ४ मंसिरमा ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । यो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा व्यक्तिले चुनाव प्रचारप्रसारसम्बन्धी कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीलगायत गर्न पाइँदैन । त्यसो गरिए निर्वाचन आचारसंहिताविपरीत हुने र कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । आयोगले मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन पनि निर्देशन दिएको छ । आयोगका अनुसार चुनावको स्वच्छता र निष्पक्षता कायम गर्न पनि दलहरूले मदानस्थल नजिकका चुनावी सामग्री हटाउनुपर्छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोस्ट वा सेयर गर्न वा गराउन पनि नपाइने आचारसंहितामा भनिएको छ । मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले चुनाव चिह्न वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन नपाइने व्यवस्था छ । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने अर्को व्यवस्था छ । मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न पनि हुँदैन । तर, हिँड्डुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि आयोगले तोकेको निकाय वा अधिकारीले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहिताअनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । मत गणना नसकेसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष र विपक्षमा मतदान गर्ने÷नगर्ने भनेर जुलुस निकाल्न हुँदैन । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०८:३२
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी
बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी मंगलबार, कात्तिक १८, २०८२
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता
शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता सोमबार, कात्तिक १७, २०८२
बसाइँसराइले म्याग्दीमा मतदाता घटे
बसाइँसराइले म्याग्दीमा मतदाता घटे सोमबार, कात्तिक १७, २०८२
किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित सोमबार, कात्तिक १७, २०८२
एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा 
एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा  सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता खतिवडालाई पितृ शोक
कांग्रेस नेता खतिवडालाई पितृ शोक सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरुको माग– प्रदेशको अस्तित्व स्वीकारियोस्
प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरुको माग– प्रदेशको अस्तित्व स्वीकारियोस् सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP