Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ: अध्यक्ष दाहाल
प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ: अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १, २०७९
Hardik health
काठमाडाैं‌ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गरेका छन्  । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताले ७० वर्ष सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ  उनले  बताएका हुन् । उनले झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई टुक्राटुक्रा पार्ने र जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरुपमा पटकपटक विघटन गर्ने काम नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गर्नुभएको आरोप लगाए । उनले भने “संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरु केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ ।” नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनुहुन्न । गणतन्त्र हुनुहुन्न र नेपाली जनतालाई अधिकार दिनुहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत दिन नहुने उनको भनाइ थियो । नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरुपमा सफल बनाउनुपर्ने बताए । उनले काठमाडौँ निर्वाचन क्षेत्र नं २ का मतदाताको आकाङ्क्षालाई समेटेर तयार गरिएको कार्ययोजनालाई आफ्नोतर्फबाट पूरा गराउन पूर्णरुपमा लागिपर्ने धारणा राखे। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले विश्वास गरेर विसं २०७४ मा झण्डै दुई तिहाइ बराबरको जनमत दिए पनि केपी ओलीले त्यसलाई स्वीकार गर्न नसकेका कारण यस पटकको निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्  । उनले वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलसँग कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासमेत रहेको र बेरोजगारीको अन्त्य तथा आर्थिक विकास तथा समृद्धिको सुझबुझपूर्ण योजना रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले आफूले अगाडि सारेको योजना, कार्यक्रम र अभियानलाई अगाडि बढाउनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ओनसरी घर्तीलाई मतदान गरेर विजयी गराउन आग्रह गरे  । उनले संविधान विरोधी राजावादी र प्रतिगामी गठबन्धनलाई जनताले दण्डित गर्नैपर्ने र सजाय दिनैपर्नेमा जोड दिए । सभालाई सम्बोधन गर्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रुमख उपेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्नुपर्ने बताए । सो क्षेत्रका वाम लोकतान्त्रिक गठबन्धनक उम्मेदवार ओनसरी घर्तीले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनताले जीत निकाल्ने कि जनविरोधी विजयी हुने भन्ने कुराको निर्धारण गर्ने फैसला जनता आफैँले गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाका उम्मेदवार भरत फुयाँलले र धुव्र केसीले समग्र निर्वाचन क्षेत्रको विकासका लागि गठबन्धनका तर्फबाट अगाडि सारिएको प्रतिबद्धता प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP