Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • दुबईमा नेपाली व्यवसायीले लगानी र पर्यटन प्रवर्द्धनको पहल गर्दै
दुबईमा नेपाली व्यवसायीले लगानी र पर्यटन प्रवर्द्धनको पहल गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २८, २०७९
Hardik health
काठमाडाैं - नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षतामा गएको १३ सदस्यीय भ्रमण टोलीले दुबई चेम्बर, र्‍याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो । नेपाल यूएई उद्योग वाणिज्य संघ गठन भएपछिको पहिलो दुबई भ्रमण ऐतिहासिक रुपमा सफल भएको र यसले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने संघका अध्यक्ष पवनकुमार अग्रवालले बताएका छन् । आफूहरुको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नु र युएईमा नेपाली व्यापार तथा पर्यटन प्रवर्द्धनका अवसरहरूको खोजी गर्नुका साथै नेपालमा युएईको लगानी आकर्षित गर्नु रहेकोमा सफल भएको उनको भनाइ छ । “हामीले नेपालमा व्यापारका अवसरहरूका बारेमा त्यहाँका व्यवसायीहरुलाई जानकारी गरायौं, उहाँहरु सकारात्मक देखिनुभएको छ,” उनले भने, “नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाको रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौं र यसले दुबईको लगानी यहाँँ ल्याउन सहयोग पुग्नेछ ।” संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अल खान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । यो पहिलो व्यापारिक प्रतिनिधिमण्डलको भेट भएको र यो पहिलो बैठक भए पनि दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र युएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिवद्धता   उमर  जनाए । सो भेटघाटमा युएईमा फलफूल तथा तरकारी निर्यात गर्ने सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने, जसले व्यापार बढाउने सहमति गरेको छ । भ्रमणका क्रममा संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपाल बीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरुले र्‍याक र नेपालबीच व्यावसायिक उडान पुनः सुरु गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएका छन् ।संघको प्रतिनिधिमण्डलले युएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट नेपाल र युएईबीचको व्यापार र व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ । नेपाल युएई चेम्बरले दूबईस्थित नेपाली राजदूतलाई नेपाल र युएईबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले हामीलाई उनीहरूको पूर्ण सहयोगको आश्वासन दिएको छ र छिट्टै यूएईमा आधारित व्यवसायहरू र हाम्रा सदस्यहरू बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । संघले फेडरेसन अफ यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेटमा दुबै देशहरू बीचको व्यापारिक सम्बन्ध बढाउनमा धेरै फलदायी छलफल भएको संघ अध्यक्ष अग्रवालले बताए । उनीहरुले उपलब्ध व्यवसायिक अवसरहरुको खोजी गर्न नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । चार दिने दुबई भ्रमणमा संघको तर्फबाट अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी तथा कार्यसमिति सदस्यहरु निशान राजभण्डारी, अनोज रिमाल र समिर थापा सहभागी थिए । यस्तै, भ्रमण टोलीमा संघका सदस्यहरु शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, विमलकुमार सवार्थिया, रमिन्द्र न्यौपाने, अञ्जन भण्डारी, विनय उपाध्याय, विजयकुमार चौधरी र सुनिलभक्त श्रेष्ठ सहभागी थिए ।  
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP