Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वप्रधानमन्त्रीसँग अब्दुसको टक्कर
पूर्वप्रधानमन्त्रीसँग अब्दुसको टक्कर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
takkar
Hardik health
काठमाडौं– आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठन हुने घोषणापत्रमा किटान गरेका अध्यक्ष पुष्पकमल दाहाल चुनावी धपेडीमा छन् । तेस्रोपटक प्रधानमन्त्री हुने चाहनापूरा गर्ने लक्ष्यका साथ उनी चुनावी अभियानमा होमिएका छन् । यसपटक चुनाव जित्न सहज हुने निष्कर्षसहित उनले गोरखा–२ लाई रोजेका छन् । पूर्वप्रधानमन्त्री दाहालले २३ असोजपछि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाइरहेका छन् । यसबीचमा उनको ‘गोरखा समृद्धिको मार्गचित्र’ सार्वजनिक भइसकेको छ । प्रतिबद्धतापत्र पनि सार्वजनिक भएको छ । यसपछि चुनावीसभा गर्दै मतदातासँग मत मागिरहेका छन् । बिहीबार उनले चुनाव क्षेत्रमा पर्ने ताकुकोट, लाँकुरीबोट, मुच्चोक र भच्चेकमा पालैपालै सम्बोधन गर्दै मत मागे । त्यसक्रममा दाहालले बारम्बार चुनाव जसरी पनि जित्नैपर्ने र प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताए ।उनले नेकपा एमाले र उक्त दलसँगको गठबन्धनमा रहेका दलहरू जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल प्रगतिशील पार्टी, नेपाली कांग्रेस (बिपी) र नेपाल परिवार दललाई प्रतिगामी भन्दै आएका छन् । गोरखा–२ मा यी दलहरूका साझा उम्मेदवार अब्दुस सलाम मियाँ छन् । एमालेका २९ वर्षीय मियाँलाई नै दाहालको प्रमुख प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।तर, दाहालले भने उनलाई प्रतिस्पर्धी नै गनेका छैनन् । अघिल्लो साता गोरखा पुगेरै उनले भनेका थिए, ‘मेरा प्रतिस्पर्धी छन् जस्तो लाग्दैन । तपाईं (पत्रकार)हरूलाई छन् जस्तो लाग्छ ?’यसको अर्थ कडा टक्कर दिनसक्ने उम्मेदवार नभएको र जित सहजै हुने भन्ने हो । यहाँ चार वर्ष शिक्षण गरेको अनुभव पनि दाहालसँग छ, र यसपटक यहीँबाट चुनाव जितेर प्रधानमन्त्री हुँदै आर्थिक क्रान्तिको थालनी गर्ने दाहालको लक्ष्य छ ।यसअघि उनले पहिलो संविधानसभा चुनाव २०६४ काठमाडौं–१० र रोल्पा–२, दोस्रो संविधानसभा चुनाव २०७० सिरहा–५ र प्रतिनिधिसभा चुनाव २०७४ चितवन–३ बाट जितेका थिए । गोरखा–२ उनको नयाँ चुनाव क्षेत्र हो । यहाँबाट दाहालकै राजनीतिक सहयात्री डा. बाबुराम भट्टराईले पहिलो र दोस्रो संविधानसभा चुनाव माओवादी र प्रतिनिधिसभा चुनाव २०७४ भने कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीबाट जितेका थिए । भट्टराई यसपटक दाहाललाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धाबाट बाहिर बसेका छन् । उक्त क्षेत्रमा २०४८, २०५१ र २०५६ मा भने नेपाली कांग्रेसको रजगज थियो । यही क्षेत्रका गोरखाली मतदाताबाट अनुमोदित भएर यसपटक संसद् जाने दाहालको चाहना छ । तर, प्रतिस्पर्धी अब्दुसले भन्दै आएका छन्, ‘उहाँ गोरखाली होइन । गोरखालीको भाग खोस्न आउनुभएको हो । उहाँलाई गोरखालीले यसपटक जुनसुकै हालतमा पराजित गर्नुपर्छ र मैले चुनाव जित्नुपर्छ ।’ के अब्दुसको चाहनालाई रोक्दै चुनाव जित्न दाहाललाई सहज छ त ? अथवा, दाहाललाई जित्नबाट रोक्नसक्ने जनमत अब्दुसको दल एमाले र एमालेसँगको गठबन्धनमा रहेका दलहरूको छ ? यसबारे विश्लेषण गर्न एउटा आधार बन्नसक्ने स्थानीय चुनावको परिणामलाई पहिले हेरौं– गोरखा–२ मा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गोरखा नगरपालिकाको ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडा छन् । गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा खसेको मतका आधारमा माओवादी केन्द्र यहाँको सबैभन्दा ठूलो दल हो । स्थानीय चुनावमा उक्त दलका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार ८८६ मत पाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार दोस्रो दल कांग्रेसले २१ हजार ४१२ मत पायो । अब्दुस उम्मेदवार रहेको दल एमालेले सात हजार ९२६ मत पाएको थियो । यो मत दाहाल उम्मेदवार बनेको दल माओवादी र कांग्रेसले पाएकोभन्दा करिब तेब्बर कम हो । डा. भट्टराई तत्कालीन जनता समाजवादी पार्टी (जसपा)मा हुँदा उक्त दलले यहाँ एमालेलेभन्दा केही कम सात हजार ५०४ मत पाएको थियो । हाल भट्टराई नेपाल समाजवादी पार्टी हुँदै दाहाल नेतृत्वको माओवादीमा आउने तरखरमा छन् । यस आधारमा जसपाले पाएको मत पनि दाहाललाई जानसक्ने सम्भावना रहेको विश्लेषण हुँदै आएको छ । तर, जसपाको सबै मत नजान सक्छ । किनभने, भट्टराईनिकट नेता हरिशरण आचार्यले मियाँलाई सहयोग गर्ने देखिएको छ । यद्यपि, गठबन्धनमा रहेका माओवादी र कांग्रेसकै मत ४३ हजार २९८ छ । जसपाको मत आधामात्रै दाहालको चुनाव चिह्न हँसिया हथौडामा गएको अवस्थामा करिब ४७ हजार मत हुने चर्चा हुँदै आएको छ । यो मत मियाँको दल एमाले र जसपाको केही मत जाँदा पनि पाँच गुणा जति बढी हो । दाहालले यही हिसाबलाई आधार मानेर ४ मंसिरमा हुने चुनावलाई प्रतिस्पर्धीविहीन चुनाव भनेको हुनसक्ने आकलन गर्न सकिन्छ । फेरि, दुईपटक प्रधानमन्त्री बनिसकेका उनी राष्ट्रिय राजनीतिमा ‘किङ मेकर’को रूपमा चिनिन्छन् ।  राजनीतिक विश्लेषक सुरेन्द्र केसी दाहाललाई चतुर राजनीतिज्ञ मान्छन् । यसरी राजनीतिकरूपमा अग्ला कदका दाहालसँगको प्रतिस्पर्धामा रहेका मियाँको पनि आफैंले जित्ने दाबी छ । त्यसो त कहिलेकाहीँ नपत्याइएका उम्मेदवारले चुनाव जित्ने गरेको दृष्टान्त छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले चुनाव जित्नसक्छन् भन्ने कसैले अनुमान नै गरेका थिएनन् । धरान उपमहानगरपालिकमा पनि हर्क साम्पाङले चुनाव जित्नसक्ने कसैले सोचेका थिएनन् । तर, दुवैले सानदार चुनाव जिते । यी दृष्टान्तका आधारमा मियाँले चुनाव जित्नसक्ने सम्भावनालई नकार्न सकिन्न । यी दुई नेताका अतिरिक्त चुनावी मैदानमा उत्रिएका अन्य उम्मेदवारहरूको पनि चुनाव जित्नसक्ने सम्भावना भने  नभएको भन्ने होइन । गोरखालीले विश्वास गरेर मत दिएको अवस्थामा जित्न सक्छन् । चुनावी मैदानमा दाहाल र मियाँबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील पन्त, नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत, नेकपा मालेका नारायणबाबु आचार्य, मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी)का टीकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीसँगै स्वतन्त्र उम्मेदवारहरू गणेश देवकोटा र विनोदकुमार गुरुङ छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP