Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनमा ओलीकाे बाेली
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनमा ओलीकाे बाेली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २०, २०७९
kpba
Hardik health
काठमाडाैं -  प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न भएकाे छ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको साे मञ्चमा बताएका हुन्  । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताए । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।” देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले थपे, “आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।” अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनःजागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उनले भने, “ भूकम्प, बाढीपहिरो, कोभिड–१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहान्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।” पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गरे । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गरे । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आज काठमाडौँमा सुरु भएको हो । दुईदिनसम्म चल्ने अधिवेशनको ‘सवल प्रवासी :समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको हुनुहुन्छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय हुनेछ । प्रवासी नेपाली मञ्चको इञ्चार्जका रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र उनीहरुको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्याङ्कन गरेको बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP