Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्नपूर्ण बेसक्याम्पमा हिमपहिरो – २ सयको उद्दार, ७ बेपत्ता
अन्नपूर्ण बेसक्याम्पमा हिमपहिरो – २ सयको उद्दार, ७ बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
अन्नपूर्ण बेसक्याम्प
Hardik health
कास्की– सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको छ । भ्रमण वर्षको अवसरमा विदेशी पर्यटक नेपाल आउने क्रम बढेको छ । यसैबेला शुक्रबार अन्नपूर्ण बेसक्याम्प घुम्न गएको चार कोरियालीसहित ७ जना बेपत्ता भएका छन् । यस घटनाले अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा पाएको छ, जसले नेपाल भ्रमण वर्षको नकरात्मक सन्देश जाने चिन्ता बढाएको छ । बेसक्याम्पबाट हराएकाहरूको खोजी जारी रहेको बताइएको छ । बिहीबारदेखि भएको वर्षासँगै बाक्लो हिम पहिरोका कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । शुक्रबार देउराली भन्ने स्थानमा हिम पहिरो खसेपछि उनीहरू बेपत्ता भएको जनाइएको छ । सम्पर्कमा आउन नसकेकामध्ये ४ कोरियन र ३ जना नेपाली रहेको बताइएको छ । तर, उनीहरूको आधिकारिक पहिचान हुन सकेको छैन । उनीहरूको आधिकारिक पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए । उनले भने, ‘पहिरोका कारण बेपत्ता हुनु भएको हो । मोबाइलमा चार्ज सकिएको पनि हुन सक्छ ।’ उद्दार गरिएकामध्ये ७० जनालाई पोखरामा झारिसकेको उनले जानकारी दिए । अन्य एक सयलाई छोम्रोङमा राखिएको बताइएको छ । कोरियाली दूताबासले हराएका आफ्ना नागरिकहरूलाई खोज्न शनिबार बिहानैदेखि हेलिकोप्टरको परिचालन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हराएका ७ को उद्दारका लागि प्रहरी टोली निरन्तर खटिइरहेको बताए । हिमपातको कारण मनाङबाट मुस्ताङ उक्लिन लागेको ४ चिनियाँ पनि हराइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । ६ वर्षअघि बेसक्याम्पमा हिमआँधी आएर २ सयको हाराहारीमा मृत्यु भएको टानका अध्यक्ष हरि भुजेलले बताएका छन् । हिमपातले शिविरबाट निस्कन नसकेका पदयात्री र पदप्रदर्शकलाई हेलिकोप्टरबाट सुरक्षित स्थानमा ल्याइसकिएको प्रशासनको भनाइ छ । उद्दारका लागि टानले हेलिकोप्टर तयार पारेर राखेको जनाएको छ । हेलिकोप्टरले पदयात्री र पथप्रदर्शकलाई बोकेर दिनभरजसो पोखराको आकाशमा उडेको थियो । बिहीबारदेखि भएको मौसममा परिवर्तनसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ, जसका कारण जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारबाट मौसममा सुधार हुने भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०४:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP