Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनकाे प्रतिवेदन सिफारिस
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनकाे प्रतिवेदन सिफारिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १७, २०७९
Hardik health
काठमाडाैं-  सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनकाे संसदीय विशेष समिति प्रतिवेदन सिफारिस गरेको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ । समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआएको भन्दै कार्य विस्तृतीकरणलाई परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव दिइएको बताए । समितिले प्रदेश मन्त्रीको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी कूल सभा सदस्यको १० प्रतिशतमा सीमित गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश मन्त्रालय र मन्त्रीको सङ्ख्याको बढोत्तरीका कारण प्रशासनिक खर्च बढेकाले आम जनतामा सङ्घीयताप्रतिको विश्वासमा कमी आएको समितिले बताएको छ । समितिले प्रदेश प्रहरी र प्रदेशभित्रको शान्ति सुरक्षा प्रदेशको एकल अधिकार भएकाले प्रहरी समायोजन सम्पन्न गर्न गृह मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश र स्थानीय तहको कर्मचारीको अस्थायी व्यवस्थापन गर्नसमेत सुझाव दिइएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारीको अभावमा कार्यसम्पादनमा पर्न गएको समस्याको तत्काल समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिइएको हो ।प्रतिवेदनमा सङ्घमा रहेका कर्मचारी आधाले कटौती गर्नुपर्ने सुझाव छ । प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी सङ्घमा बस्ने भन्दै समितिले कानूनी र नीतिगत व्यवस्था मिलाउन पर्ने बताएको छ । समितिले सङ्घीयता कार्यान्वयनको सिलसिलामा विगत पाँच वर्षमा भए÷गरेका मुख्य–मुख्य उपलब्धि तथा चुनौतीलगायतका सिफारिस संलग्न गरी प्रतिवेदन तयार पारेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले सङ्कल्प प्रस्तावबाट आएको सिफारिस कार्यन्वयन गर्नु सबैको दायित्व भएको बताए ।  “सङ्कल्प प्रस्तावलाई तदारुकताका साथ कार्यान्वयनमा लानुपर्ने हुन्छ । यो हाम्रो साझा निष्कर्ष हो र यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हुन्छ ।” उहाँले प्रतिवेदनलाई संसदीय प्रक्रियाका रूपमा मात्र बुझ्दा सिङ्गो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए । प्रतिवेदनमा वित्तीय सङ्घीयतासँग सम्बन्धित ३३ बुँदा सुझाव दिइएको छ । सुझावमा महिलालगायतका वर्गको अधिकार सुनिश्चिततासँग सम्बन्धित, संयुक्त समितिको निर्माण र समितिको निर्देशनको कार्यान्वयन, विकेन्द्रीकरण योजना, सुशासन, सेवा प्रवाह र मौलिक हक कार्यान्वयन, सङ्घीयता कार्यान्वयन कार्ययोजना, संवैधानिक आयोगका सिफारिसको कार्यान्वयन, समतामूलक समाज निर्माण, प्रशासनिक सङ्घीयता, संस्थागत संरचना अन्तर तह समन्वय र सहकार्यसँग सम्बन्धित र संस्थागत संरचनाका विषय रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP