Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार :के गर्न पाउने के गर्न नपाउने ?
आजदेखि दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार :के गर्न पाउने के गर्न नपाउने ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १७, २०७९
election
Hardik health
काठमाडाैं -  निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।  दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि  आजदेखि मंसिर १ गतेसम्म  गर्न पाउने भएकाे निर्वाचन  आयाेगले जनाएका छन् । यस अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ । आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचारप्रसारका गतिविधि गर्न दल तथा उम्मेदवारलाई आग्रह गरे । प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए। आयोगले राजनीतिक दललाई बढीमा साढे ५ करोड रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । दलहरूले तोकिएको सीमाभित्र रहेर प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायतमा रकम खर्च गर्न सक्नेछन् । प्रधानमन्त्री र मन्त्री मुख्य प्रचारक भएमा सरकारी स्रोत–साधनको प्रयोग नगरि प्रचारमा जान पाउने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाहेक अर्कोमा प्रचारमा जानुपरेमा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ । आफैँ उम्मेदवार भएका मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जान पाउने तर सरकारी साधन–स्रोतको प्रयोग गर्न नपाउने आचारसंहितामा उल्लेख छ । पालिकाका जनप्रतिनिधिले सरकारी सुविधामा चुनावी प्रचार गर्ने तथा आफ्नो क्षेत्रमा प्रचारमा सहभागी हुन पाउनेछैनन् । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्रचारप्रसार गर्दा सार्वजनिक सम्पत्ति विद्यालय तथा व्यक्तिको निजी सम्पत्तिमा असर पुर्याउन नहुने तथा चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यस्तै जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा २४ घण्टाअघि नै स्थानीय प्रशासनमा जानकारी गराउन पनि उनको आग्रह छ । बेलुका ७ बजेपछि प्रचारप्रसारका गतिविधि नगर्न पनि आयोगले निर्देशन दिएको छ । राष्ट्रिय झण्डा १० वटाभन्दा धेरै प्रयोग नगर्न, चर्को आवाज नगर्न, दलको लोगोसहितका स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट र झोला बोक्न र बाँड्न पनि आचारसंहिताले रोक लगाएको छ । दल र उम्मेदवारले आचारसंहिताको पालना गरी सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न सक्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा आयोगको निःशुल्क नम्बर ११०२ वा आयोगको वेबसाइटलगायतमा सूचना दिन सकिने पनि निर्वाचन आयोगले जनाएको छ । चुनाव आउन अब १७ दिन मात्रै बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP