Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १३, २०७९
Hardik health
काठमाडाैं - निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन् । राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए । मतदाता शिक्षाबारे ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे । “निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्नसक्ने हुनुपर्छ ।”उनीहरुको भनाइ थियो । आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने जनाउँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानुन र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने माग गर्नुभयो । कानुन, आचारसंहिता उल्लङ्घनकर्तालाई कारबाही गर्ने परम्परा नभएकाले उल्लङ्घन बढदै गएको उहाँले बताउनुभयो । निर्वाचन क्षेत्रका मतदाता प्रभावित गर्न आश्वासन बाँड्ने, पदीय लोभ दिएर पार्टी प्रवेश गराउने काम सुरु भएको जनाउँदै प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले सबै पेशाका व्यक्ति राजनीतिक दलमा आबद्ध हुने गलत परम्पराका कारण कर्मचारीसमेत चुनावमा प्रचारमा होमिने गरेको बताए। ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष शिवहरि भट्टराईले चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तिर्नै नसक्ने जरिवाना तोकेर निर्वाचन आयोगले स्वयं कानुन पालना नहोस् भन्ने चाहेको बताए । चेतनास्तर विकाससँगै कानुनलाई बलियो बनाउँदै जानुपर्ने अन्यथा कानुन पालना गर्न÷गराउन नसकिने उनको धारणा थियो । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सहमतिमा बनेको आचारसंहिता पालनामा दलीय नेतृत्वका पात्रहरू ‘रोल–मोडल’ बन्नुपर्नेमा बहकिएको आरोप लगाउँदै नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीले निगरानी गरिरहेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले मतदाता शिक्षा र आचारसंहिता पालना नगरे पनि हुन्छ भन्ने मानसिकता देखिएको आरोप लगाए। सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास र गैसस महासङ्घ सप्तरीका अध्यक्ष बलदेव मण्डलले निर्वाचनका बेला गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक तेस्रो लिङ्गीलाई मत खसाउन विशेष ख्याल गर्नुपर्ने बताए । उनीहरूले मतदाता शिक्षाको जानकारी पाउनु प्रत्येक मतदाताको संवैधानिक हक भएको र मानवअधिकारको अभिन्न पाटो भएको बताए । विभिन्न चोक, गल्ली, सवारीसाधनमा ठूला व्यानर टाँगेर सभा, सम्मेलन गर्न सुरु गरिएको जनाउँदै सहभागीले बेलैमा रोक्ने प्रयास नभएमा देखासिकी आचारसंहिता उल्लङ्घनको प्रतिस्पर्धा बढ्ने भएकाले निर्वाचन आयोग कठोर बन्नुपर्ने बताए । शक्ति प्रदर्शन गर्दै तामझामसहित बाजा बजाएर २५ भन्दा बढी जुलुसको नेतृत्व गर्दै अधिकांश उम्मेदवारले मनोनयनदेखि नै आचारसंहिता उल्लङ्घन गरेको उनीहरूको ठहर थियो । सरकारी सवारीसाधनको दुरुपयोग बढेको, मतदाता प्रभावित पार्न आश्वासन बाँड्न थालिएको, शिलान्यास, उद्घाटन नरोकिएको, जाति, धर्मका आधारमा मत माग्ने गरिएको र सामाजिक सञ्जालमा निकृष्ट ढङ्गले लेख्ने गरिएकोतर्फ सहभागीले ध्यानकर्षण गराए । आयोगका सदस्य ठाकुरले निर्वाचनको अभ्याससँगै अनुचित परम्परा कमजोर हुँदै जाने विश्वास व्यक्त गरे । मतदाता प्रभावित गर्नेविरुद्ध अनेकन किसिमका अनुगमन टोली, पर्यवेक्षण टोलीका अतिरिक्त आयोगले राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरसम्म परिचालन गरेको उनले जानकारी दिए । आचारसंहिता पालना गराउने, शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोग गम्भीर बन्नुपर्ने र सबैको सहयोग लिनुपर्ने उहाँले धारणा राखे । कार्यक्रममा सहभागीहरूले सप्तरीमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्या, वरिष्ठ अधिवक्ता सुरेन्द्र यादवको विष्णुपुर गाउँपालिका–६ स्थित घरमा भएको पेट्रोल बम प्रहारलगायत मानवअधिकार हननका घटनाबारे जानकारी गरे। इन्सेक प्रतिनिधि पोखरेलले सशस्त्र प्रहरी बलका सहायक निरीक्षक यादवको छिन्नमस्तास्थित पोष्टभित्रै भएको हत्याको सम्बन्धमा आयोगले अध्ययन, अनुगमन गर्नुपर्ने र सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्नुपर्ने माग गरे ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP