Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अहिलेको गत्यावरोधको बाधक नै उपसभामुख – नेता गजुरेल
अहिलेको गत्यावरोधको बाधक नै उपसभामुख – नेता गजुरेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
haribol gajurel
Hardik health
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रदर्शण गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो भने पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’ साक्षात्कारमा बोल्दै नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरू रहेको सुनाए । उनले भने, ‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरू हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’ उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रूपमा लिनुहुँदैन् । अहिले बहसपनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरू राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरूले पनि बुझेको हुनुपर्छ ।’ उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरू के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहाँले मार्गप्रदर्शण गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रदर्शण गर्नुपर्यो ।’ उपसभामुख तुम्बाहाम्फेले लिएको अडान आफूहरूलाई सहज नलागेको पनि उनले टिप्पणी गरे । उनले भने, ‘उहाँले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नै पाउँदैनन् । उपसभामुखजस्तो पदमा बसेर उहाँले देश र जनतालाई निकास नदिने हो भने उहाँमाथि भोलि आरोप पनि त आउने भयो नि ।’ उपसभामुखले राजीनामा नदिए के गर्नुहुन्छ ? तपाईहरू महाअभियोग लगाएर हटाउनुहुन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने, ‘उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्छ । अहिले हामीले त्यस्तो सोचाई नराखौं । उपसभामुखले राजीनामा नदिने भनेर लिएको अडानका पछाडि केही कारण होलान् । तर उहाँले मार्गप्रदर्शण गर्नैपर्छ । पार्टीका दुवै अध्यक्षले बसेर उहाँलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । अध्यक्षद्धयले तपाईको लागि हामी अर्कै कुनै विकल्प पनि दिन्छौं भनिसकेपछि अब कसलाई आरोप लगाउने ?’ यद्यपि उनले अहिलेको गत्यावरोधको अवस्था नौलो कुरा नभएको स्पष्ट पारे । तत्कालिन नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकतापनि असहज स्थितिमा भएको उनको भनाई थियो । उनले भने, ‘संविधान कार्यान्वयन र स्थिर सरकारको आवश्यकत्ता महशुस गरेर हामीले एकता गरेका हौं । पार्टीमा दुई जना अध्यक्ष हुनु पनि सहज कुरा होइन ।’ उनले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर–सेयरिङ’ जारी रहने पनि विश्वास दिलाए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०५:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP