Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • निःशुल्क बस सेवाले पर्यटन टेवा पुग्ने अपेक्षा
निःशुल्क बस सेवाले पर्यटन टेवा पुग्ने अपेक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज २९, २०७९
Hardik health

काठमाडाैं -  स्थलमार्ग हँुदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहियानाकाबाट बु्द्धजन्मस्थल लुम्बिनी सम्मका लागि सञ्चालन गरिएको बस सेवाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने व्यवसायीले अपेक्षा गरेका छन् ।

लुमिबनी विकास कोषले सञ्चालन गरेको निःशुल्क विद्युतीय बस सेवाबाट लुम्बिनी भ्रमणका लागि स्थलमार्गबाट नेपाल प्रवेश गरेका पर्यटकका लागि सहज भएकाले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको  हाे ।

नेपाल प्रवेशद्वार बेलहियामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका श्रीचन्द गुप्ता लुम्बिनी घुम्न जाने पर्यटकको लागि यो निक्कै राम्रो सुविधा भएको बताए । उनले भने,“अब पर्यटकलाई बस खोज्ने झन्झट पनि नहुने भयो, हामीले पनि निःशुल्क बसमा चढाएर पर्यटकलाई लुम्बिनी घुम्न पठाउँदा राम्रो सन्देश जाने भयो ।”

विकास कोषले वृहत्तर लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेका लागि ‘धम्म यात्रा’ नाम दिएर बुद्धजन्मस्थल लुम्बिनीदेखि भैरहवा विमानस्थल हँुदै बेलहिया आवतजावत गर्ने व्यवस्था गरेको छ । स्तरीय बसमा चढेर वृहत्तर लुम्बिनी घुम्नेगरी सञ्चालन गरिएका बस दीर्घकालसम्म चलेमा त्यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा दिने सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

होलिडे ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी विष्णु शर्माले नेपाल प्रवेश गरेका पर्यटकलाई बेलहियाबाटस्तरीय बस सेवामार्फत बुद्धजन्मस्थल लुम्बिनी पुर्याउन पाउदा पर्यटन प्रवद्र्धनको क्षेत्रमा सुखद अनुभूति मिलेको बताए ।

लुम्बिनीमा विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाले विद्युतीय बस सेवाले लुम्बिनी क्षेत्रको भ्रमण गर्न चाहनेलाई सहयोग पुर्याइरहेको बताए । उनले लामो प्रतिक्षापछि पाँचवटा बस सञ्चालन गरेको जानकारी दिए।

उक्त सेवा लुम्बिनीदेखि बेलहिया, रामग्राम, तिलौराकोट, देवदह, भैरहवा एअरपोर्ट र लुम्बिनीको वरिपरीको क्षेत्रमा यात्रा गर्न चाहनेलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ ।

लुम्बिनी घुम्न आउनेलाई विदेशी पर्यटन बजारमा सञ्चालन रहेका विश्वस्तरीय सेवा भएको एसी बस सञ्चालनमा ल्याएर लुम्बिनीले नयाँ सन्देश दिएको सिद्धार्थ उद्योग वाणिज्य सञ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

बस सञ्चालनको लागि हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले चालक र सहचालक उपलब्ध गराई सहकार्य गरेर वृहत्तर लुम्बिनी क्षेत्रमा बस सञ्चालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले बताए ।

पाँचवटा बसमध्ये लुम्बिनी बेलहिया रुट, लुम्बिनी तिलौराकोट रुट, लुम्बिनी बुटवल रुट, लुम्बिनी रामग्राम रुट, लुम्बिनी देवदह रुट र लुम्बिनी वरिपरी बस सेवा नियमित सञ्चालन गर्नेगरी सञ्चालनमा ल्याइएको कोषका कोषाध्यक्ष ढुन्डिराज भट्टाराईले बताए । दसँै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुटमा परीक्षणकालका लागि सुचारु गरिएको हो ।


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP