Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भूतपूर्व सैनिक ‘सीमाका रक्षक’
भूतपूर्व सैनिक ‘सीमाका रक्षक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
बाँके–जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये केहीमात्र जीवित छन् । भूतपूर्व सैनिकका सन्तति पनि नेपाली, भारतीय र ब्रिटिस सेनामा भर्ती भएका छन् । हाल खजुरा गाउँपालिका–१ मा पर्ने राधापुरमा ७६५ घरधुरीमध्ये ८५ प्रतिशत परिवारमा नेपाली, भारतीय र ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका परिवार छन् । राधापुरस्थित एउटा गाउँको नाम नै सैनिकगाउँ छ । ‘अधिकांश घरमा कुनै न कुनै देशको सेनामा जागिर खाएका व्यक्ति भेटिन्छन्’ वडा नं १ का वडाध्यक्ष सुमन मल्लले भने । दीर्घकालीन सोचका साथ तत्कालीन राजा महेन्द्रले भूतपूर्व सैनिकलाई सीमामा बसालेका थिए । महेन्द्रले जुनसुकै देशबाट सेवानिवृत्त भएका सैनिकको पेन्सनपट्टाका आधारमा जमीन दिएको भारतीय सेनाबाट सेवानिवृत्त मनबहादुर रानाले बताए । उनले पेन्सनपट्टाका आधारमा एक जनाले चार बिघाका दरले जमीन पाएको बताए । त्यतिबेला सेनाको जागिरबाट सेवानिवृत्त भएकालाई पेन्सनपट्टाजस्तै सिक्का दिने चलन थियो । त्यही सिक्का देखाएपछि जमीन आङ्खनो नाममा पाइन्थ्यो । ‘सेवानिवृत्त भएको कागज देखाएपछि राजा महेन्द्रको हुकुमी आदेशमा निःशुल्क जमीन पाइन्थ्यो’ उनले भने, ‘निःशुल्क जमीन पाइने भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने सेवानिवृत्त सैनिक सीमाक्षेत्रमा आएर बसोबास गर्न थाल्यौँ ।’ भारतीय सेनाबाट सेवानिवृत्त रानाका अनुसार नेपाल–भारत सीमामा बस्ने भूतपूर्व सैनिक स्वतःस्फूर्तरूपमा सीमा सुरक्षामा खटिएका छन् । राधापुरका भूतपूर्व सैनिकले स्वतःस्फूर्तरूपमा सुरक्षा गर्दै आएका उनले बताए । साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिशलगायत देशका भूतपूर्व सैनिकले सीमा सुरक्षा गर्दै आएका छन् । सो क्षेत्रमा भारतीय पक्षबाट जङ्गेपिलर सार्ने प्रयाससमेत पूर्व सैनिकले असफल पार्दै आएका छन् । राजा महेन्द्रले विसं २०२५ मा विभिन्न देशमा सेनामा जागिर खाएर सेवानिवृत्त भएकालाई नेपाल–भारत सीमामा बसाल्नुभएको थियो । राजा महेन्द्रले जमीन दिएर राखेका सेवानिवृत्त सेना र उनीहरूका सन्ततिले अहिले नेपाल–भारतको दशगजामा रहेका सीमास्तम्भको रक्षा गर्दै आएका वडाध्यक्ष मल्लले बताए । दश वर्षे द्वन्द्वका बेला राधापुरसँग सीमा जोडिएको बर्दियाको जमुनीस्थित दशगजामा रहेको जङ्गेपिलर सार्ने प्रयास भारतीय पक्षले गरेको थियो । भारतीय पक्षको प्रयास स्थानीयवासीले असफल बनाएका थिए । तर, भूतपूर्व सैनिकको बाक्लो बसोबास रहेको राधापुरस्थित सीमाक्षेत्रमा रहेका जङ्गेपिलर हल्लाउने आँट भारतीय पक्षले अहिलेसम्म गर्न सकेको छैन । ‘भूतपूर्व सैनिकको बसोबास भएकै कारण भारतीय पक्षले राधापुर क्षेत्रमा एक इन्च पनि सीमा अतिक्रमण गर्ने आँट गर्न सकेको छैन’ राधापुरगाउँका पूर्वप्रधानपञ्च कमल पोखरेलले भन्नुभयो । सीमा नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय स्थापना भए पनि ती सुरक्षाकर्मीलाई सीमा सुरक्षा गर्ने जिम्माभन्दा अपराध तथा अवैध सामान ओसारपसार रोक्न परिचालन गरिएको छ । राधापुर क्षेत्रभित्र भारतीय पक्षले सीमा अतिक्रमणको प्रयाससमेत गर्न सकेको छैन । ‘भूतपूर्व सेनाका कारण भारतले यस क्षेत्रमा सीमा अतिक्रमण गर्ने प्रयाससमेत गर्न सकेको छैन’ पूर्वप्रधानपञ्च पोखरेलले भने, ‘सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन ।’ भारतले दशगजा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) राखेको छ । बाँकेसँग सीमा जोडिएका विभिन्न स्थानमा एसएसबीको क्याम्प खडा गरी सीमारक्षा गरिरहेको छ । बाँकेसँग सीमा जोडिएको क्षेत्रमा मात्र १० ठाउँमा क्याम्प खडा गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्येक ५०० मिटरको दूरीमा अस्थायी पोष्ट खडा गरी प्रत्येक पोष्टमा एक जनालाई ड्युटीमा खटाउने गरिएको छ । ‘दशगजा क्षेत्रमा हिँडडुल गर्दासमेत भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले केरकार गर्छन्’ खजुरा–२ बलैपुरका भीम ओलीले भने । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा रेखदेखको जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले सीमास्तम्भको सुरक्षा र रेखदेख गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए । सीमास्तम्भको जानकारी लिन दुवै देशका सुरक्षाकर्मीको संयुक्त गस्ती पनि बेला–बेलामा हुँदै आएको प्रजिअ खड्काले बताए । बाँकेसँग सीमा जोडिएको दशगजामा ३०७ पिलर रहेका उहाँले जानकारी दिए । यीमध्ये १७३ राम्रा र अन्य मर्मत गर्नुपर्ने अवस्थाका रहेका प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । रासस े
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP