काठमाडाैं - सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ ।
आईजीपी राजु अर्यालले शुक्रबार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।
यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ ।
गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।
नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १७:४३