Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जबरालाई नजरबन्दमा राखेर राज्यले कानूनी राज्यको उपहास गर्यो: स्वतन्त्र कानुन व्यवसायी
जबरालाई नजरबन्दमा राखेर राज्यले कानूनी राज्यको उपहास गर्यो: स्वतन्त्र कानुन व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ३, २०७९
PrithviRaj
Hardik health
काठमाडौं- स्वतन्त्र कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राखेर कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न पनि आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले जबरालाई नजरबन्दमा राखेर सरकारले गैरकानुनी, गैरसंवैधानिक कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् । देशमा विधिको शासन कायम हुनुपर्ने उनीहरुको माग छ । संसदको कार्यकाल सकिएसँगै आफूमाथि लगाइएको महाभियोग निष्क्रिय भएको भन्दै निलम्बित प्रधानन्यायाधीश जबरा आइतबार सर्वोच्च अदालत जाने तयारीमा थिए । जबरा पुर्व निर्धारित समयअनुसार सर्वोच्च निस्कनुअघि नै उनको निवासको गेटमा प्रहरीले तालाबन्दी गरेको समाचार बाहिरिएका थिए । उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन नेपाल बार र सर्वोच्च बार कानुन व्यवसायीहरु धर्नामा बसेका थिए । अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरी परिचालन समेत गरिएको थियो । जबराले नै आफूलाई नजरबन्दमा राखिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली नै उनको निवासमा पुगेको थियो । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक विश्लेषक प्रकाश रायमाझीले देश अहिले अराजकताको अवस्थामा रहेको बताए । जनहितविपरित जारी भएको संविधान पूर्ण रुपमा निस्तेज भएको उनको भनाइ थियो । उनले भने,‘अब संवैधानिक प्रक्रिया नभई राजनीतिक प्रक्रियाबाट निकास खोज्नुपर्छ ।’ अहिले नेपाल समस्यामा फसेको उल्लेख गर्दै उनले समस्याको घडीमा नेपाली सेना तमासा मात्र हेरेर बस्न नहुने धारणा राखे । सेनाले देशलाई निकास दिनुपर्ने धारणा राखे । उनले चोलेन्द्रलाई बलिको बोको बनाएर दलहरुले राजनीति गरिरहेको पनि टिप्पणी गरे । उनले अब नेपाली नागरिकहरु चुप बस्न नहुने भन्दै देश जोगाउने जिम्मेवारी आम नागरिकको पनि भएको भन्दै सडकमा आउन आह्वान गरे । उनले अहिले न्यायालयमा आगो बालिरहेको भन्दै आगो लगाउने तत्वको खोजी गर्नुपर्ने पनि बताए । अहिलेको व्यवस्थाबाट जनता आत्तिसकेको उनको भनाई थियो । उनले भने,‘यो छापामार शैलीमा ल्याईएको संविधानले देशमा स्थायित्व दिँदैन, अब यो व्यवस्थाको विकल्प खोजी गर्नुपर्छ ।’रायमाझीले एमालेलाई तेस्रो लिंगी पार्टीको संज्ञा दिँदै उनले एमालेले निलम्बित प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबरालाई सहयोग नगरेको आरोप लगाए । त्यस्तै, वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संलग्नता न्यायिक निष्ठाविपरित थियो भने प्रमाणले पुष्ट्याँई गर्नुपर्ने बताएका छन् । घटनाको अनुसन्धान समितिले गर्नुपर्ने थियो भन्ने उनको भनाइ थियो ।उनले भने,“महाभियोग प्रस्ताव पारित हुने वा नहुने कुराको निक्यौल नसुनाइकन राखिएको विषयलाई कानुनी व्यवस्था भएबमोजिम अदालतमा काम गर्ने प्रयास गर्दा प्रधानन्यायाधीशलाई बन्दी बनाइयो, उहाँको निवासमा ताला लगाइयो, यो निरंकुश सरकारले पनि गर्न सुहाउने कुरा थिएन, तर यो कुरा गरियो ।” सरकारले चोलेन्द्रलाई नजरबन्दमा राखेको विरोधमा नेकपा एमालेले आवाज उठाउनुपर्ने उनको भनाई छ । उनले एमालेले कुनैपनि पार्टीमा आवद्ध भएका वा नभएका सबैलाई एक कठ्ठा गरेर सरकारविरुद्ध सडकमा उतार्नुपर्ने टिप्पणी गरे । प्रमुख प्रतिपक्षी दलको नाताले एमालेले चोलेन्द्रलाई प्रधानन्यायाधीशको अस्तित्व मान्नुपर्ने भन्दै यदि अस्वीकार गरेमा ठुलो द्धेद्धचरित्र देखाएको पुष्टि हुने उनको तर्क थियो । श्रेष्ठले एमालेले चोलेन्द्रबारे ‘हो पनि नभन्ने र होइन पनि’ भन्न नसकेको भन्दै गठबन्धनको प्रस्तावलाई स्वीकार गरेकोमा आपक्ति जनाउँदै गठबन्धनले गरेका नराम्रा कामको जिम्मेवार एमाले पनि हुनुपर्ने बताए । उनले भने,“यदि एमालेको द्वेद्व चरित्र होइन भने सडकमा आउनुपर्छ, होइन भने गठबन्धनमा सामेल भएका दलको चरित्रभन्दा पनि खराब चरित्र एमालेले देखाएको प्रमाणित हुनेछ ।” युवा नेता तथा न्यायप्रेमी सुवास ढकालले नेपाल बार एशोसिएशन भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएका छन् । बारले संसद्मा चोलेन्द्रले क्विन्टलका क्विन्टल पैसा बुझ्छन् भनिरहँदा उनलाई साढे ९ करोड ऋण लागेको हिसाब संसदको रिपोर्टमा आएको सुनाउँदै उक्त पैसा कुन वकिलले दियो त्यसबारेमा खोजी गर्नुपर्नेमा जोड दिए ।उनले भने,“आरोपको लागि आरोप लगाएको हो भने चोलेन्द्रलाई समातेर निकाल्छौं । यदि त्यो आरोप सत्य होइन भने आरोप लगाउने मतियारलाई पनि निकाल्नुपर्छ ।” त्यस्तै, अधिवक्ता हरिप्रसाद कट्टेलले हिजो आइतबार (न्याय पाउने सर्वोच्च थलो) सर्वोच्च अदालतको प्रांगणमा त्रासदीपुर्ण अवस्था देख्दा निकै दुःख लागेको स्मरण गराए । आफु नेपाल बार एशोसियसनको सदस्य भएको बताउँदै उनले चोलेन्द्रमाथि लगाइएका आरोप सही भएपनि प्रक्रिया गलत भनेर आफुहरुले सुरुदेखि नै कुरा उठाउँदै आएको स्पष्ट पारे । “महाभियोग लगाएको समयदेखिनै बारका आरोप सही भएपनि प्रक्रिया गलत भएको भन्दै हाम्रो एक समुहले छुट्टै अभियान थालनी गर्यौं ।” दिनरात न्यायालयमा धर्ना दिनुभन्दा न्यायाधीश वा प्रधानन्यायाधीश जोसुकैले पनि कुकर्म गरेको छ भने कानुनी विधि भनेको महाभियोग मात्र हो भनेर ज्ञापनपत्र बुझाएको पनि उनले स्मरण गराए । उनले आफुहरुले सो विषय उठान गर्दा ‘चोलेन्द्रको झोले’को उपमा पाएको पनि गुनासो पोखे । आफुहरु कतैबाट परिचालित नभएको स्पष्ट पार्दै उनले आफुले बोलेको आवाज विधिको आवाज भएको दाबी गरे । उनले चोलेन्द्रमाथि गरेको व्यवहार राम्रो नभएको उल्लेख गर्दै सरकारको घोर भत्र्सना गरे । अर्का वक्ता गणेश गिरीले चोलेन्द्रलाई नजरबन्दमा राखेकोमा विरोध जनाउँदै कुनै पनि नागरिकले देशविरुद्ध अपराध गरेको वा ठुलै अराजकता सृजना हुने अवस्था भएमात्रै त्यस्तो संम्दिग्ध व्यक्तिमात्रै निवारक नजरबन्दमा राख्न सकिने नेपालको संविधानमा उल्लेख गरिएको बताए । यसैगरी, अधिवक्ता पृथ्वीराज राईले संविधान भनेको देशको मुल कानुन र नियम भएको बताएका छन् । नेपालको सबैभन्दा शसक्त्त अंग न्यायापालिका हो भन्दै उनले न्यायापालिकाले नै आज देशलाई संरक्षण गरेको दाबी गरे । मुलुकलाई सम्हाल्ने न्यायालयको टाउकोमा सरकारले प्रहार गरेको उनले टिप्पणी गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता जुक्तिजन लामिछाने, आकृति रायमाझीलगायतले न्यायालयको बारेमा आफ्नो धारणा राखेका थिए ।  
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP