Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • दीगो पर्यटन विकासका लागि पर्यटन दशक आवश्यक
दीगो पर्यटन विकासका लागि पर्यटन दशक आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २७, २०७९
Hardik health
काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् । पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतबार आयोजना गरिएको अन्तरक्रियामा पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड–१९ महामारीले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न पर्यटन दशकको अवधारणा अघि सारिएको पर्यटनमन्त्री श्रेष्ठले बताएका हुन्। पर्यटनमन्त्री श्रेष्ठले पर्यटन विकासका लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्ने बताउँदै यसको समग्र विकासका लागि निजी क्षेत्र अग्रसर हुनुपर्ने धारणा राखेका छन्। पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन दशकको अवधारणापत्र प्रस्तुत गर्दै नेपालले दीगो रूपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकाले यसबाट लाभ लिन यो अवधारणा अगाडि बढाइएको जानकारी दिए । उनले सन् २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई मूर्त रूप दिन सकिने बताए । पूर्वसभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसँग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताए । पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताका लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले यस्ता कार्यक्रम गर्दा निजी क्षेत्रसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरे । वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन दशक घोषणासँगै यसको विस्तृत कार्यक्रम र बजेटको सुनिश्चितता आवश्यक भएको बताए । अर्का वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा र वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले भ्रमण दशकको कार्ययोजना ल्याउन मन्त्रालयलाई सुझाव दिए । पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीले दशक मनाउँदा हरेक वर्षलाई कुनै एक थिममा राखेर मनाउँदा उपयुक्त हुने बताए । कार्यक्रममा प्यासिफिक एशिया ट्रावल एशोसिएशन (पाटा) इन्टरनेशनलका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, बोर्डका पूर्वसञ्चालक समिति सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला, पर्यटन व्यवसायी विक्रम पाण्डे, अशोक पोखरेललगायतले पर्यटन दशकका रूपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दै ठोस कार्य योजना ल्याउन सुझाव दिएका  थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP