Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
अर्थ
  • Home
  • अर्थ
  • अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन 
अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १०, २०७९
Hardik health
काठमाडाैं - नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैँचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराउने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैँचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पुर्‍याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल ध्येयका साथ सुरु भएको पैँचो पसलका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय भएको र यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपभोक्तामाझ पुर्‍याउन पहल गरिएको पैचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । उनले विशुद्ध पहाडी र उच्च पहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गरिने बताए ।पैँचोका उत्पादनलाई अग्नि एक्जिममार्फत फ्रेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्सपोट फर्म नेपाल आइएनसीमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस कइन्कबीच सहकार्यका लागि सम्झौता भएको छ । फ्रेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सम्झौताले नेपालका ग्रामीण भेगका उत्पादनलाई अमेरिकी बजारमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यमानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको उल्लेख गर्नुभयो । विसं २०७१ मा स्थापना भएको कम्पनीले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री सिधै खरिद गरेर उपभोक्तबाझ लैजाने गरिएको पैचो पसलका निर्देशक राजन पौडेलले जानकारी दिए । कम्पनीले ४० भन्दा बढी प्रकारका कृषिजन्य उत्पादन प्रशोधन र बजारीकरण गर्दै आएको छ । अचारका १२ प्रकारका भेराइटी, मकैको च्याख्ला, गुन्द्रक, सिन्कीलगायत खाद्य सामग्री स्वदेश तथा विदेशमा बजारीकरण गरिएको छ । यी उत्पादन नेपालका साथै जापान, युरोप र अमेरिकी बजारमा पुर्‍याएर उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । पैँचो पसलले वार्षिक रु ४२ करोडको कारोबार हुनेगरेको जनाएको छ । पैचो पसलले गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोटलगायत जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको जनाएको छ । पैचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, जाम, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । त्यस्तैगरी परम्परागत खाद्यवस्तु फापरको पीठो, कोदोको पीठो, सिन्की मस्यौरा तथा जुम्लाको सिमी र मकैको आटो (च्याख्ला) लगायतका खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण
रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण मंगलबार, माघ ६, २०८२
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने
यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सोमबार, माघ ५, २०८२
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित सोमबार, माघ ५, २०८२
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP