Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
अर्थ
  • Home
  • अर्थ
  • अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन 
अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १०, २०७९
Hardik health
काठमाडाैं - नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैँचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराउने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैँचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पुर्‍याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल ध्येयका साथ सुरु भएको पैँचो पसलका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय भएको र यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपभोक्तामाझ पुर्‍याउन पहल गरिएको पैचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । उनले विशुद्ध पहाडी र उच्च पहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गरिने बताए ।पैँचोका उत्पादनलाई अग्नि एक्जिममार्फत फ्रेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्सपोट फर्म नेपाल आइएनसीमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पैचो पसल र फेन्सी हाउस कइन्कबीच सहकार्यका लागि सम्झौता भएको छ । फ्रेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सम्झौताले नेपालका ग्रामीण भेगका उत्पादनलाई अमेरिकी बजारमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यमानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको उल्लेख गर्नुभयो । विसं २०७१ मा स्थापना भएको कम्पनीले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री सिधै खरिद गरेर उपभोक्तबाझ लैजाने गरिएको पैचो पसलका निर्देशक राजन पौडेलले जानकारी दिए । कम्पनीले ४० भन्दा बढी प्रकारका कृषिजन्य उत्पादन प्रशोधन र बजारीकरण गर्दै आएको छ । अचारका १२ प्रकारका भेराइटी, मकैको च्याख्ला, गुन्द्रक, सिन्कीलगायत खाद्य सामग्री स्वदेश तथा विदेशमा बजारीकरण गरिएको छ । यी उत्पादन नेपालका साथै जापान, युरोप र अमेरिकी बजारमा पुर्‍याएर उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । पैँचो पसलले वार्षिक रु ४२ करोडको कारोबार हुनेगरेको जनाएको छ । पैचो पसलले गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालीकोटलगायत जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई खरिद गर्दै आएको । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको जनाएको छ । पैचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, जाम, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । त्यस्तैगरी परम्परागत खाद्यवस्तु फापरको पीठो, कोदोको पीठो, सिन्की मस्यौरा तथा जुम्लाको सिमी र मकैको आटो (च्याख्ला) लगायतका खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP