Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #विदेसिनेको संख्या
  • #विपद्का घटना
  • #दुर्घटना
  • #गाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताको साथमा कांग्रेस अभियान सुरु
जनताको साथमा कांग्रेस अभियान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १०, २०७९
NEPALI CONGRESS
काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन लक्षित अभियार्न जनताको साथमा कांग्रेस’ आजदेखि सुरु भएको छ ।नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि शुक्रबारदेखि देशभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हाे। यस अभियानको पहिलो चरण आज (भदौ १० गते)देखि विपी जन्मजयन्ती अर्थात भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । अभियानको दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गरिने सो पार्टीले जनाएको छ । मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, मतदातासँग अन्तर्क्रिया गर्ने राष्ट्रिय राजनीतिको अवस्था, गठबन्धनको औचित्य र आफ्ना एजेन्डाबारे प्रचार प्रसार गर्ने अभियानको लक्ष्य रहेको कांग्रेसले जनाएको छ । अभियानको मुख्यरूपमा चार उद्देश्य रहेका छन् ।कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य हो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरूपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढंगले अन्तक्रिया गर्ने उद्देश्य रहेको प्रवक्ता महतले बताए । गाउँ-नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मूलतःसम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने पार्टी कार्यालयले जनाएको छ । यसैगरी विधानबमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानका क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्ने पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिइने प्रवक्ता डा.महतले जानकारी दिए ।अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समितिअन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँट गरिनेछ । पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्ने तथा राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिकबीच सम्पर्कमा पुग्ने र विवरण संकलनसमेत गरिनेछ । अभियानमा विदेशस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकलाई मातृभूमिमा हुन लागेको चुनावमा आआफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सक्रिय बनाउने तथा सामाजिक सञ्जालमार्फत अभियानलाई बल पुर्याउने जनाइएकाे छ।    
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
संसदमा सबै दल उभिए एकै ठाउँ
संसदमा सबै दल उभिए एकै ठाउँ शुक्रबार, भदौ ६, २०८२
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित बिहीबार, भदौ ५, २०८२
उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग
उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग बिहीबार, भदौ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP