Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #गाजा
  • #विपद्का घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको सयले गठबन्धनमा भय
कांग्रेसको सयले गठबन्धनमा भय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २४, २०७९
Congres
  काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो प्रतिनिधिसभा निर्वाचनमा वर्तमान गठबन्धनबीच नै तालमेल गरेर जानु उपयुक्त हुने बताए । शनिबार चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका थिए । तर, तालमेल गर्दा कांग्रेसलाई कम्तीमा पनि १०० सिट दिनुपर्ने धारणा उनले राखे । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेलको निर्णय भई सिट बाँडफाडको खाका निर्माणलगायतका विषय अघि बढिरहेका बेला कोइरालाको यस्तो धारणा आएको हो । तालमेल गर्दा कांग्रेसले १०० सिट पाउनुपर्छ भन्ने मान्यता राख्ने कोइराला एक्ला नेता भने होइनन् । कांग्रेस महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेललगायतले गठबन्धन गर्दा कांग्रेसले कम्तीमा १०० सिट पाउनुपर्ने धारणा राखिरहेका छन् ।
कांग्रेस महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेललगायतले गठबन्धन गर्दा कांग्रेसले कम्तीमा १०० सिट पाउनुपर्ने धारणा राखिरहेका छन् । तर, गठबन्धनका अन्य दल खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमतिमा आउने देखिँदैन । कांग्रेसलाई ८० सिट मात्रै दिने अडान गठबन्धनका चार दलको छ ।
शुक्रबार नेता पौडेलले कांग्रेसले १०० भन्दा बढी सिट नपाए गठबन्धनलाई कसिलो बनाउन समस्या हुने बताएका थिए । कांग्रेस महामन्त्री थापाले शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता÷कार्यकर्तालाई कांग्रेसको एकल बहुमत ल्याउनेगरी निर्वाचनमा होमिन निर्देशन दिएका थिए । उसो त कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाटै यो विषयको औपचारिक निर्णय गरिसकेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारी र पँर्वपदाधिकारीहरूको बैठकमा पनि १०० सिट आफँसँग राखेर बाँकी सिट अन्य दललाई दिनुपर्ने सुझाव आएको छ । कांग्रेसलाई लाभ हुनेगरी टुंगोमा पुग्न उनीहरूको सुझाव छ ।स्थानीय तहको चुनाव र कांग्रेसको अवस्थालाई ध्यानमा राखेर अघि बढ्न नेताहरूले नेतृत्वलाई सुझाव दिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्राप्त गरेको मत परिणामलाई समेत आधार मानेर कम्तीमा १०० सिटभन्दा कम हुनेगरी बाँडफाड नगर्न सुझाव दिएका छन् । ‘स्थानीय तहको चुनावमा पार्टीले प्राप्त गरेको मत र जनताको कांग्रेसप्रतिको विश्वासलाई आधार मानेर १६५ मध्ये १०० सिटमा कांग्रेसले दाबी छाड्न मिल्दैन भन्ने नेताहरूको मत रहेको छ,’ बैठकमा सहभागी एक नेताले भने । कतिपयले भने त्यसभन्दा तल झरेर गठबन्धन गर्नुपर्ने अवस्था आएको खण्डमा कांग्रेस कडारुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन् । नेताहरूले चुनावमा स्वाभाविक तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् । गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक, वैज्ञानिक र स्वाभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने उनीहरूको मत छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग सिट बाँडफाडको विषयमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठक बोलाएका थिए । तर, कांग्रेसको प्रस्तावमा गठबन्धनका अन्य दल खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमतिमा आउने देखिँदैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबाहेकका चार दलले कम्तीमा ८५ सिट पाउनुपर्ने अडान राखेका छन् । यसो हुँदा कांग्रेसको भागमा जम्मा ८० सिट पर्नेछ । एकल बहुमत ल्याउने रणनीतिमा रहेको कांग्रेसलाई यसले असर गर्नेछ । कांग्रेसको १०० सिटको अडानले गठबन्धनका अन्य दलमा भने भय सिर्जना गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुनेछ । यसमा कुनै पनि दललाई एकल बहुमतका लागि १३८ सिट जित्नु आवश्यक हुन्छ । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकतर्फ ४० सिट गरी ६३ सिट जितेको थियो । योपटक पनि समानुपातिक सिटलाई सोही अनुमान गर्दा कांग्रेसलाई एकल बहुमतका लागि प्रत्यक्षतर्फ ९८ सिट आवश्यक पर्छ । गठबन्धनका अन्य दल कांग्रेसलाई प्रत्यक्षतर्फ ९८ सिट दिन तयार छैनन् । सिट बाँडफाडमा कथं कांग्रेसलाई ९८ सिट दिने सहमति भयो भने पनि सबै क्षेत्रमा जितिन्छ भन्ने कुनै ग्यारेण्टी छैन । त्यसकारण एकल बहुमत ल्याउने कांग्रेसको योजना गठबन्धन गर्दा सफल हुने देखिँदैन । २०७४ को प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मुख्यगरी दुई ठँला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । चुनावपछि पार्टी एकता गर्ने घोषणासहित एमालेले ६० र माओवादीले ४० प्रतिशत सिट बाँडफाड गरेर चुनावी तालमेल गरेका थिए । उक्त निर्वाचनमा एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । यस्तै, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । यी दुई दलले चुनावपछि २०७३ जेठ ३ गते पार्टी एकता पनि गरे । तर, दुई पार्टीको एकतापछि बनेको नेकपाभित्रको अन्तरविरोध र नेकपा नाम विवादमा (ऋषि कट्टेलले दायर गरेको मुद्दामा) सर्वोच्च अदालतले २०७७ फागुन २३ गते सुनाएको फैसलापछि एकता भंग भयो । दुई पार्टी पुरानै अवस्थामा फर्किए । तर, अहिले एमाले सग्लो छैन । माओवादी पनि आंशिकरूपमा सग्लो छैन । माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरू नेकपा विभाजनपछि एमालेमै बसे भने माधवकुमार नेपालले २३ जना सांसद लिएर नयाँ पार्टी गठन गरे– एकीकृत समाजवादी । जुन दल अहिले सरकारमा सहभागी छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षमा १० र समानुपातिकमा छ सिट जित्दा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ छ सिट जितेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले प्रत्यक्षतर्फ एक÷एक सिट जितेका थिए । प्रदेशसभातर्फ पनि तत्कालीन वाम गठबन्धन नै पहिलो बनेको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ १६८ र समानुपातिकतर्फ ७५ सिटमा जित हात पारेको थियो । माओवादी केन्द्रले प्रत्यक्षतर्फ ७३ र समानुपातिकतर्फ ३५, कांग्रेसले प्रत्यक्षमा ४१ र समानुपातिकतर्फ ७२, संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षमा २४ र समानुपातिकमा १३ सिट जितेको थियो । यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रत्यक्षतर्फ १६ र समानुपातिकतर्फ १२ सिट जितेको थियो । स्वतन्त्र तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षमा शँन्य र समानुपातिकमा तीन, राष्ट्रिय जनमोर्चा प्रत्यक्षमा दुई र समानुपातिकमा पनि दुई सिटमा विजयी भएको थियो । नयाँ शक्ति नेपाल प्रत्यक्षतर्फ दुई र एक तथा नेपाल मजदुर किसान पार्टी प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पनि एक सिटमा निर्वाचित भएका थिए ।  
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
संसदमा सबै दल उभिए एकै ठाउँ
संसदमा सबै दल उभिए एकै ठाउँ शुक्रबार, भदौ ६, २०८२
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित बिहीबार, भदौ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP