Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • डोटीको छहरा झरनामा पर्यटकको आर्कषण बढ्दै
डोटीको छहरा झरनामा पर्यटकको आर्कषण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १५, २०७९
doti_jharana
Hardik health
डोटी- माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् । अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको नेकपा (एकीकृत समाजवादी)का नेता तथा जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयवासी रोहित बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कोरोना कहर पनि छैन, झरनामा रमाउन दिनहुँ सयौँ पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।” छहरा झरना अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो । छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न बजेट विनियोजना गराउनु भई काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “छहराको विकास तथा विस्तारका लागि करोडौँ रकम विनियोजन भएको छ, काम पनि सुरु भएको छ, पर्यटक पनि दैनिक सयौँको सङ्ख्यामा आउन थालेका छन् ।” झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, मन्दिर सडक, झरना तलाउमा पौडी खेल्नेलगायतको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचार–प्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले विकास र विस्तार भएपछि र प्रायःगरी यहाँ बनेका संरचनाका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेकै कारण सबैको मुखमुखमा छहरा झरना झुन्डिदै गएको जोरायल गाउँपालिका–२ बुडरका पूर्व वडासदस्य तथा स्थानीयवासी शङ्कर रावलले बताउनुभयो । नाम मात्रै सुनेका र झरनाको तस्वीरमात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन् । झरना अवलोकन तथा झरनामा रमाउनकै लागि यहाँ दैनिक सयौँ पर्यटक आउन थालेपछि अहिले यहाँको व्यापार व्यवसायमा थप वृद्धि भएको बुडरस्थित गुल्मेली होटलका सञ्चालक मनोज लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा सुरु भएकाले अहिले झरनामा पानी बढेको छ, उक्त झरना अवलोकन तथा भ्रमणका लागि पर्यटक आउन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फष्टाएको छ ।” जिल्ला सदरमुकाम सिलगढीबाट तीन घण्टा तथा कैलालीको अत्तरियाबाट दुई घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवाहरू समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । आन्तरिक पर्यटक आउने तथा एक–दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटल व्यवसायीहरू बताउँछन् । जोरायल गाउँपालिकाले छहरा झरना क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ । कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । बुडरको छतिवनसहित डोटी जिल्लामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने ठूलो सम्भावना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । –रासस
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP