Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘एबिसी’मा एशिया क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन
‘एबिसी’मा एशिया क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ९, २०७९
ABC Camp
Hardik health
गण्डकी- आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर ,एबिसीमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबिसी’मा वर्सेनि ठूलो सङ्ख्यामा पदयात्री पर्यटक पुग्ने गरे पनि विगत दुई वर्षयता कोरोनाका कारण उक्त स्थानमा अपेक्षित पर्यटक पुग्न सकेका छैनन् । पदयात्रा पर्यटनलाई नै मुख्य पेशा बनाएका यहाँका व्यवसायी कोरोनाका कारण सुस्ताएको अवस्थामा सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत उक्त स्थानमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको सम्मेलन गर्ने विषय समावेश गर्नाले अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताएका छन् । “पदयात्रा पर्यटनसँगै दृश्यावलोकनका लागि आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा हुने उक्त सम्मेलनमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनको असरलगायतमा छलफल हुने अपेक्षा छ”, उनले भने “यसले पछिल्ला वर्षमा भइरहेको तापमान वृद्धिले हिमाली क्षेत्रमा पारिरहेका असरलगायत विषयमा अन्तर्राष्ट्रिय चासो पनि बढाउने छ ।” सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।‘एबिसी’को संरक्षणलाई जोड दिँदै सन् १९९० देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्रियाशील बन्दै आएको छ । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेको अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट चार हजार१३० मिटर उचाइमा छ । कोरोना सङ्क्रमण सुरु हुनुअघि यो आधारशिविरमा वर्षेनि हजारौँ विदेशी पर्यटक पुग्दथे । कोरोनाले गर्दा विदेशीको आगमन खस्केर आधारशिविरको पदयात्रामा जानेको सङ्ख्या कम भए पनि प्रवद्र्धनात्मक गतिविधि भएमा आधारशिविरमा आगामी दिन पर्याप्त विदेशी पर्यटक पठाउन सकिने यहाँका व्यवसायीले बताए । पछिल्लो तथ्याङ्कले सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६८३ विदेशी पर्यटक गएका थिए भने २०१९ मा उक्त सङ्ख्या घटेर २८ हजार ८६० पुगेको थियो । कोरोनाका बेलामा भने यहाँ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको थियो । कार्ययोजनामा सरकारले ‘एबिसी’मा गरिने सम्मेलनका लागि नेपाल पर्यटन बोर्डलाई मुख्य जिम्मेवार निकायको रुपमा तोक्दै चार महिनाभित्र सम्मेलन गर्ने उल्लेख गरिएको छ । नेपाल पर्यटन बोर्डको आगामी बजेट बनिरहेका अवस्थामा उक्त योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए । कोरोनाबाट पीडित नेपालको पर्यटनमा सम्मेलन महत्वपूर्ण बन्ने बताउँदै उनले यसले विश्व पर्यटन बजारमा राम्रो सन्देश जाने उल्लेख गरेका छन् । “हिमाली क्षेत्रको पर्यटनको विकासलाई पनि यसले महत्वपूर्ण योगदान दिने छ, ‘एबिसी’ आफैमा साहसिक पर्यटन गन्तव्य भएकाले सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ,” प्रवक्ता लामिछानेले भने, । ‘एबिसी’ सम्मेलनले अन्नपूर्ण क्षेत्र र पोखरा विशेषरुपमा लाभान्वित हुने अपेक्षा उनले गरे । पछिल्लो समयमा अन्नपूर्ण आधार शिविरको पदमार्गमा पर्यटकलाई लक्ष्य गरी विभिन्न पूर्वाधार बन्ने क्रमले पनि गति लिएको छ । चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता अहिले अन्त्य भई सुविधा सम्पन्न होटेल बनेका र थप पूर्वाधार थपिने क्रम पनि जारी छ । अन्नपूर्ण आधार शिविर पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल रहेकामा हाल ती स्थानमा आवश्यकताअनुसार अन्य होटेलसहितका पूर्वाधार थपिएका छन् ।अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा थिए । पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । उक्त गाउँपालिका–१० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । आधार शिविरमा पहिला चारवटा होटेल रहेकामा अहिले दुईवटा थपिएका छन् । त्यस्तै माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा हेटल रहेकामा अहिले एउटा थपिएको छ । हिमालयमा यस अघि दुईटा होटेल रहेकामा एउटा थपिएको छ । देउरालीमा चार रहेकामा अहिले एउटा हेटल थपिएको छ । दोभानमा तीनवटा होटल रहेकामा दुई थप भइ सञ्चालनमा आइसकेका छन् । पर्यटक लक्षित पूर्वाधारसँगै स्थानीयवासीले पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणलाई पनि जोड दिएका छन् । यस क्षेत्रको धार्मिक विश्वास एवं प्राचीन संस्कृतिसँग जोडिएको दोभान र हिमालयको बीचमा रहेको प्रसिद्ध तीर्थस्थल बराहको मन्दिर निर्माण भइरहेको छ । ‘एबिसी’मा गर्ने भनिएको उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण बन्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए । “कार्ययोजनाअनुसार सम्मेलन गर्ने गरी सम्बद्ध निकायले तयारी थाल्नुपर्दछ”, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका थापाले भने, “हिमालको देश र बुद्धको जन्मभूमिजस्ता हाम्रा मौलिकतालाई विश्वमाझ पुर्‍याउनु जरुरी छ, यसका लागि अन्य राष्ट्रसँग सहकार्य गर्ने किसिमले राज्यले पनि नीति लिनुपर्दछ ।“साहसिक पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनयुक्त नेपाली पहिचानलाई विश्वपर्यटन बजारमा पुर्‍याउनका लागि यस किसिमका सम्मेलन बहुउपयोगी बन्ने उनको भनाइ थियो । -रासस
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP