Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एसपिपीको विषयमा सरकारलाई सभामुखको रुलिङ
एसपिपीको विषयमा सरकारलाई सभामुखको रुलिङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
agni sapkota
Hardik health
काठमाडौं-  सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का सन्दर्भमा सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले एसपिपी अस्वीकार गर्नेबारे अहिलेसम्म अमेरिकालाई चिठी नपठाएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । ‘एसपिपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सन्दर्भमा नेपाल सरकारको निर्णय र कार्यान्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने ।परराष्ट्र मन्त्रलायले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसपिपीबारे अध्ययन भइरहेको र अमेरिकालाई चिठी पठाउनेबारे छलफल चलिरहेको जानकारी दिएको थियो । सरकारले यसअघि नै एसपिपी अस्वीकार गर्ने भनेर अमेरिकालाई पत्र लेखिसकेको गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा जवाफ दिएका थिए । तर, पछिल्लो समय सरकारले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग उठेपछि यो विषय फेरि चर्चामा आएको छ । यही विषयलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम नै ‘कब्जा’ गरेका थिए । रावलले रोस्ट्रम नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि यो विषयले प्रवेश पायो । संसद्मा सत्तारुढ दलकै सांसदहरुले प्रश्न उठाएपछि सभामुख सापकोटाले त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिने अवस्था आएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहितले एसपिपी अघि नबढाउने सरकारको निर्णय शंकास्पद भन्दै प्रश्न उठाएका थिए । अन्य दलका सांसदहरुले एसपिपी सम्झौता अघि नबढाउने भनेर अहिलेसम्म सरकारले अमेरिकालाई पत्राचार नगरेको भन्दै प्रश्न उठाएपछि सभामुख सापकोटाले यसबारेमा रुलिङ गर्नुपरेको हो । गुरुङले एसपिपीलाई अन्य दुई फरक नाममा पास गराउने दाउमा सरकार रहेको भन्दै प्रश्न उठाएका थिए । त्यसैगरी नेकपा एमालेका सांसद रावलले पनि एसपिपीमा आबद्ध नहुने शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय अलपत्र परेको बताएका थिए । उनले मन्त्रिपरिषद्ले निर्णय गरेर पनि एसपिपी कार्यान्वयन नगर्ने गरी अमेरिकालाई पत्र नलेखेको भन्दै आपत्ति जनाए । बिहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका सचेतक गुरुङ, एमाले सांसद रावललगायतले उक्त विषयबारे सरकारको धारणा माग गरेका थिए । गत असार ६ गतेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भन्दै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । परराष्ट्रले भने हालसम्म पनि उक्त पत्र पठाएको छैन । पत्र पठाउनेबारे छलफल चलिरहेको मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP