Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #गाजा
  • #विपद्का घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अनिश्चयको यात्रामा बाबुराम
अनिश्चयको यात्रामा बाबुराम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ५, २०७९
काठमाडौं- असार ३० गते वीरगञ्जमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टाईसहितका नौ जना नेतालाई कारबाही गर्ने निर्णय गर्‍यो । जुन बैठकमा भट्टराईपक्ष सहभागी थिएन । वीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवपक्षको केन्द्रीय समिति बैठक बस्दै गर्दा भट्टराईले काठमाडौंमा आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठक बोलाए । यादवको भन्दा भट्टराईले एक दिनअघि बैठक राखेका थिए । तर, बैठकमा भट्टराईको अपेक्षानुसार नेताहरू सहभागी भएनन् । उनले जसको साथ चाहिरहेका थिए, तिनै नेताहरूबाट धोका भएको महसुस गरे । अन्तिमसम्म बाबुरामको पक्षमै रहेका वरिष्ठ नेता अशोक राई पनि वीरगञ्ज बैठकबाट उपेन्द्रपक्षमा खुले । वीरगञ्ज बैठकले बाबुरामलाई हटाएर अशोकलाई नै संघीय परिषद् अध्यक्ष चुन्यो । आफ्नोभन्दा एक दिन ढिला सकिएको यादवपक्षको बैठकले कारबाही गरेपछि भने भट्टराई निरीह देखिए । उनले ‘कारबाहीको कुनै अर्थ छैन’ भन्नुबाहेक अन्य कुनै राजनीतिक, संवैधानिक प्रतिवाद गरेनन् । किनकि, उनी जसपाभित्र निकै कमजोर भइसकेका थिए । उसो त भट्टराई र यादवबीच सहमतिमै अलग हुने समझदारी भएका समाचार त्यसअघि नै सार्वजनिक भइसकेका थिए । जसपामा भट्टराई र यादवबीच कुरा मिल्न छाडेको लामो समय भइसकेको थियो । जसपाले आफूमाथि कारबाहीको निर्णय गरेपछि अहिले भट्टराई आफ्ना पूर्वदौँतरीहरूसँग नजिकिन थालेका छन् । यही सिलसिलामा उनले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सिंहदरबारमा करिब दुई घण्टा छलफल गरे । छलफलमा सकेसम्म पार्टी एकतामा जानेगरी कुरा भएको बताइएको छ । भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै दाहालले आफूहरूबीच राजनीतिक विषयमा कुराकानी भएको बताएका थिए । तपाईंहरू एक हुने हो ? भनी सोधिएको प्रश्नमा उनले भनेका थिए– सकेसम्म एक हुने हो ।यसअघि दुई नेताबीच उपराष्ट्रपतिनिवासमा छलफल भएको समाचार सार्वजनिक भएका थिए । जसलाई उनीहरूले खण्डन गरेका छैनन् । दुई नेता एक ठाउँमा उभिनुपर्ने आवाज माओवादी र जसपाको भट्टराई समूहभित्र उठ्ने गरेको छ । विगतमा बाबुरामको साथ छोडेर माओवादीमा पुगेका देवेन्द्र पौडेललगायतका नेताहरूले यस विषयमा दबाब बढाइरहेका छन् । दाहालले स्वयंले पनि पूर्वमाओवादी नेताहरू एक ठाउँमा आउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका छन् । तर, भट्टराईले भने विभिन्न शक्ति मिलेर समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारिरहेका छन् । उक्त प्रस्तावमा माओवादी केन्द्र पनि सकारात्मक छ । यद्यपि, समाजवादी केन्द्र कस्तो स्वरुपको बनाउने ? कुन–कुन दलसँग मिल्ने उनीहरूले निक्र्योल गर्न सकेका छैनन् । बाबुरामको उतारचढाव २०३९ सालमा बाबुरामले राजु नेपालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि उनी मोहनविक्रम सिंह नेतृत्वको पार्टीमार्फत लामो समय राजनीतिमा सक्रिय भए । २०४८ सालमा मोहनविक्रम सिंह नेतृत्वको मशाल छोडेर उनी एकता केन्द्र मशालमा जोडिए । त्यसपछि १ फागुन २०५२ सालमा ‘जनयुद्ध’मा होमिए । जसको नेतृत्व उनैले गरेका थिए । पछि २०५५ सालमा नेकपा माओवादीको चौथो महाधिवेसनमा उनको दाहालसँग अन्तरविरोध सुरु भयो । २०६२ साल जेठमा रुकुमको लाभाङमा बसेको बैठकले बाबुराममाथि कठोर कारबाहीको निर्णय ग¥यो । २०६२ असोजमा बसेको चुनावाङ बैठकले बाबुराममाथिको कारबाही फुकुवा गर्‍यो । लगत्तै १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रिया सुरु भयो । र, माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । बाबुराम २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर गोरखाबाट निर्वाचित भए । २०६५ साल अर्थमन्त्री भई सबैभन्दा धेरै राजस्व संकलन गरेर ‘रेकर्ड ब्रेक’ गरे । जसको अहिलेसम्म पनि प्रशंसा हुने गरेको छ । २०६७ सालमा माओवादीको पालुङटार बैठकमा बाबुरामले शान्ति र संविधानको लाइनमा अडान राखे । उनी ५ भदौ २०६८ सालमा एकीकृत माओवादीबाट प्रधानमन्त्री बन्न पुगे । २०६९ सालमा माओवादीको हेटौंडा महाधिवेसनमा उपाध्यक्ष पद त्याग गर्दै केन्द्रीय सदस्यमा मात्र बस्ने उद्घोष गरे । यसैगरी, ३ असोज २०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र सभासद पद त्याग गरे । ६ र ७ असोज २०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वएमाओवादीको राष्ट्रिय भेला आह्वान गरे । ३० जेठ २०७३ मा काठमाडौंको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा गरे । तर, ‘नयाँ शक्ति’ पार्टी निर्माण गरे पनि उनले खासै शक्ति आर्जन गर्न सकेनन् । बौद्धिक र क्रान्तिकारी छविका उनी संविधान निर्माणको सेरोफेरोमा निकै विवादित पनि भए । संविधान घोषणा भएलगत्तै ५७ बुँदे असन्तुष्टि सार्वजनिक गरेर उनले माओवादी पार्टी र सभासद् पदसमेत त्यागेका थिए । १७ असोज २०७४ सालमा तत्कालीन एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेलसहित एकता घोषणा कार्यक्रममा नयाँ शक्तिबाट भट्टराई सहभागी भए । तर, प्रदेश, प्रतिनिधिसभा निर्वाचनमा भागबण्डा नमिलेपछि उनी केही दिनमा त्यो गठबन्धनबाट बाहिरिए । कांग्रेससँग तालमेल गरी निर्वाचनमा सहभागी भए । र, गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित भए । २३ वैशाख २०७६ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनाधिकार फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता गरी समाजवादी पार्टी गठनको घोषणा भयो । फेरि, १० वैैशाख २०७७ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता गरी जनता समाजवादी पार्टी गठनको घोषणा भयो । तर, पछिल्लो समय जसपा फुटेर महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतोलगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । त्यसको झण्डै एक वर्षपछि बाबुराम जसपाबाटै निकालिए । राजनीतिमा सधैँ असफल माओवादीको जनयुद्ध सुरु हुनुअघि तत्कालीन जनमोर्चाका नेता छँदै भट्टराईले क्रान्तिकारी नेताको छवि बनाइसकेका थिए । दाहालसँग मिलेर जनयुद्ध गरिरहँदा उनी माओवादी पार्टीका प्रमुख विचारक र रणनीतिकार थिए । संविधानसभाको एजेण्डालाई माओवादीमा उनैले जबर्जस्त स्थापित गरेका उनका सहकर्मीहरू बताउँछन् । खुला राजनीतिमा आएपछि पनि बाबुराम राष्ट्रिय राजनीतिका एक पिल्लरकै रुपमा रहे । पहिलो संविधानसभामा उनले देशमै सर्वाधिक मतान्तरले जित हासिल गरे । उनको लोकप्रियता माओवादीभित्र मात्र होइन त्योभन्दा धेरै बाहिर पनि थियो । तर, समयक्रममा उनको लोकप्रियता हराउँदै गयो । दाहालको प्रधानमन्त्रित्वमा सफल अर्थमन्त्री बनेका उनले आफैं प्रधानमन्त्री बन्दा भने त्यो सफलतालाई निरन्तरता दिन सकेनन् । बरू संविधानसभा विघटन गरेको ‘कलंकको टीका’ लाउनुपर्‍यो । दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको सभापतिको रुपमा बाबुरामले वर्तमान संविधान निर्माणमा सक्रिय भूमिका खेले । तर, संविधान जारी हुने बेलामा आफैं असन्तुष्ट बनेर हिँडिदिए । संविधान जारी भएकै दिन ५७ बुँदे असन्तुष्टि सार्वजनिक गर्दै उनले तत्कालीन एमाओवादी र सभासद पद परित्याग गरे । बाबुरामले यसरी राजनीति धरापमा राखे कि अब कसैले पनि उनको नेतृत्वलाई पत्याउने ठाउँ छैन । जसको पछिल्लो उदाहरण हो जसपाको कारबाही । जसपाले कारबाही गरेपछि उनी अहिले पार्टीविहीन बन्न पुगेका छन् ।माक्र्सवादको गहिरो ज्ञाता, अर्थशास्त्रका विद्वान, पार्टीमा विचार र सिद्धान्त कोर्ने क्षमता भएका, राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग पहुँच राख्न सक्ने नेताका रूपमा उनको चर्चा हुने गर्छ । तर, उनको राजनीतिक यात्रा भने एकपछि अर्को गर्दै असफल भइरहेको छ । २०२६ सालका एसएलसी बोर्ड फस्ट, माओवादी युद्धका एक वैचारिक योद्धा, गणतन्त्र घोषणापछिको पहिलो सरकारका सफल अर्थमन्त्री भट्टराईको राजनीतिक यात्रा जीवनको उत्तराद्र्धमा अवसानको बाटोतिर गइरहेको छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययनमा सहकर्मीभन्दा कहिल्यै पछि नपरेका भट्टराई राजनीतिक जीवनमा भने अहिलेसम्म प्रथम हुन सकेका छैनन् । विद्यार्थीका लागि बाबुराम सफल आइकन हुन् भने राजनीतिक जीवनमा बाबुरामजस्तो हुन कसैले पनि चाहना राख्दैनन् । त्यसो हुनुको कारण उनको अन्तरमुखी स्वभाव र कार्यकर्तालाई संरक्षण नगर्ने व्यवहारले रहेको उनका पूर्वसहकर्मीहरू बताउँछन् । अध्ययनका हिसाबले अब्बल बाबुराम राजनीतिक उचाइमा कमजोर हुँदा राजनीतिको सिँढीमा उनको यात्रा उकालो होइन ओरालोतिर छ । आफ्ना विचारमा अडिग हुन नसक्नु नै भट्टराईको प्रमुख कमजोरी देखिन्छ । समाजवादी केन्द्रको हुटहुटी नेपाली राजनीतिमा अस्थिर पात्रको परिचायक बनेका भट्टराई अहिले समाजवादी केन्द्र निर्माणको हुटहुटीमा छन् । तर, लक्ष्य स्पष्ट गरिनसकेका उनी फेरि अर्को भुलभुलैयामा अल्झिने त होइनन् भन्ने आशंका गर्ने ठाउँ प्रशस्त छन् । विचार र एजेण्डा मिल्ने दलहरू मिलेर समाजवादी केन्द्र बनाउने उनको चाहना छ । यसका लागि उनले आफ्ना पुराना सहकर्मी पुष्पकमल दाहालसँग मंगलबार पनि कुरा गरे । पछिल्लो समय उनी आफैंले हुर्काए–बढाएको नेकपा माओवादी केन्द्रसँग नजिकिन थालेको चर्चा पनि हुने गरेको छ । केही समयपहिले लैनचौरमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर गरिएको भेटमा पनि यी कुरा उठेका थिए । त्यो भेटमा दाहालले भट्टराईलाई मूल घर फर्किन आग्रह गरेका थिए । तर, सात वर्षअघि माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’को संज्ञा दिँदै छोडेर हिँडेका भट्टराईलाई यति सजिलै माओवादीमा फर्किन उनको ‘इगो’ले दिएको छैन । समाजवादी केन्द्रको बहस चलाइरहेका भट्टराईले गृहजिल्ला गोरखाबाट नयाँ पार्टी निर्माणका लागि अभ्यास थालेका छन् । जसपा जिल्ला कार्यसमिति गोरखाले एक विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठनका लागि निर्णय गरिएको जनाएको छ । गोरखामा पार्टी पुनर्गठनका लागि यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । बैठकले जिल्ला मातहतका सबै समितिहरु स्वतः भेला आयोजक समितिमा समायोजन भएको निर्णय गरेको छ । माओवादी युद्धका बेला मुक्तिप्रसाद र लालध्वजका नामले परिचित भट्टराईले अहिलेसम्म न ‘राजनीतिक मुक्ति’ पाए, न कुनै ‘लाल झण्डा’ फहराउन सकेका छन् । अस्थिर पात्रको बिम्ब बनेका भट्टराईको अबको यात्रा कता मोडिएला ? जवाफ समयले दिने नै छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:४३
#बाबुराम
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
संसदमा सबै दल उभिए एकै ठाउँ
संसदमा सबै दल उभिए एकै ठाउँ शुक्रबार, भदौ ६, २०८२
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभा बैंठक शुक्रबारसम्म स्थगित बिहीबार, भदौ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP