Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वाम एकताको कसरत
वाम एकताको कसरत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ४, २०७९
baaam
Hardik health
काठमाडौं-  नेपालमा रहेका वाम पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणबाट फर्किएलगत्तै उनीहरु छलफलमा जुटेका हुन् । यद्यपि, यो छलफलमा नेकपा एमाले भने सहभागी छैन ।
हिजो एउटै पार्टीमा हुँदाका हामी एक ठाउँमा भएका हौं । हाम्रो एकीकरण र छलफल गठबन्धनविरूद्ध होइन । कांग्रेससँगको गठबन्धनको विपक्षमा हामी जाँदैनौं । पुष्पकमल दाहाल अध्यक्ष– नेकपा माओवादी केन्द्र
आइतबार भारतबाट फर्किएका दाहालले सोमबार आराम गरेर मंगलबारदेखि भेटघाटलाई तीव्रता दिए । तर, नेताहरू भन्छन्– दाहालको भारत भ्रमण र हाम्रो छलफलको कुनै साइनो छैन ।मंगलबार बिहान अध्यक्ष दाहालले सुरुमा हालै पार्टीबाट कारबाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा छलफल गरे । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलमा पार्टी एकतामा जानेगरी कुरा भएको बताइएको छ ।भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले आफूहरूबीच राजनीतिक विषयमा कुराकानी भएको बताए । तपाईंहरू एक हुने हो ? भनी सोधिएको प्रश्नमा उनले संक्षिप्त जवाफ दिँदै भने– सकेसम्म एक हुने हो । सात वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत संघीय समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष भइसकेका छन् । तर, जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग टसल बढ्दै गएपछि उनले केही समयअघिदेखि दाहालसँग संवाद अघि बढाइरहेका छन् । यसअघि दुई नेताबीच उपराष्ट्रपतिनिवासमा छलफल भएको समाचार सार्वजनिक भएका थिए । जसलाई उनीहरूले खण्डन गरेका छैनन् ।दुई नेताहरू एक ठाउँमा उभिनुपर्ने आवाज माओवादीभित्र उठ्ने गरेको छ । दाहाल स्वयंले पनि पूर्वमाओवादी नेताहरू एक ठाउँमा आउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका छन् । तर, भट्टराईले भने विभिन्न शक्ति मिलेर समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारिरहेका छन् । त्यस प्रस्तावमा माओवादी केन्द्र पनि सकारात्मक छ । यद्यपि, समाजवादी केन्द्र कस्तो स्वरुपको बनाउने ? कुन–कुन दलसँग मिल्ने उनीहरूले निक्र्योल गर्न सकेका छैनन् । नेकपाकालीन नेता एक ठाउँमा भट्टराईसँगको भेटपछि मंगलबार नै अध्यक्ष दाहालले संसदीय दलको आफ्नै कार्यकक्षमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यसँग छलफल गरे । दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । उक्त छलफलमा माओवादी नेता वर्षमान पुन पनि सहभागी थिए ।विचार मिल्नेहरूबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको बताइएको छ । छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै दाहालले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्षबीच एकतामा जानेबारे छलफल भएको बताए । ‘हिजो एउटै पार्टीमा हुँदाका हामी एक ठाउँमा भएका हौं । हाम्रो एकीकरण र छलफल गठबन्धनविरूद्ध होइन । कांग्रेससँगको गठबन्धनको विपक्षमा हामी जाँदैनौं,’ दाहालले भने ।उनले गठबन्धनलाई कायम राख्ने, स्थानीय निर्वाचनको विषयलाई मध्यनजर गर्दै गठबन्धनलाई अझै जीवन्त राख्ने विषयमा छलफल भएको बताए । ‘कांग्रेस, एमालेलगायतका दलहरूले गरेको निर्णयका बारेमा छलफल भयो । गठबन्धनलाई कामय राखेर स्थानीय तह निर्वाचनको नतिजालाई ध्यानमा राख्दै अघि बढ्ने निर्णय भयो । यससँगै विचार मिल्नेसँग एकीकरण गर्ने विषयमा छलफल भएको छ,’ अध्यक्ष दाहालले भने । बैठकमा तत्कालीन नेकपाको सचिवालयलाई ब्युँताउने विषयमा पनि छलफल भएको बताइएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्ने वामदेवको तयारी ? नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । गौतम तत्कालीन नेकपाको सचिवालय ब्युँताउने सर्तमा एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा रहेको उनीनिकट स्रोतको दाबी छ । यसबारेमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि छलफल भइसकेको बताइन्छ । सोही अनुसार नै मंगलबारको सिंहदरबार बैठकमा पनि तत्कालीन नेकपाको सचिवालय ब्युँताउने विषयमा कुरा भएको छ । वामदेवले पहिला केशवलाल श्रेष्ठ र बलराम बाँस्कोटालाई बोलाएर आफ्नो कुरा सुनाएका थिए । कुनै बेला वामदेवका खास मान्छे मानिने श्रेष्ठ र बाँस्कोटा दुवै अहिले एकीकृत समाजवादीमा छन् । श्रेष्ठ उपाध्यक्ष छन् भने बाँस्कोटा स्थायी कमिटी सदस्य । यसमा एकीकृत समाजवादीका नेता हरि पराजुली पनि लागिरहेको बताइन्छ । एमालेमा हुँदा पराजुली वामदेवका सदावहार सहयोगी हुन् । त्यसपछि पहिलो चरणमा हात्तीवन र दोस्रो चरणमा सिंहदरबारमा तत्कालीन नेकपाको अन्तरसंघर्षमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगठित भएका पाँच सचिवालय सदस्यबीच भेटघाट भएको स्रोतको दाबी छ । नेकपाको सचिवालयका पाँच नेताहरू जम्मा भएर सचिवालय ब्युँताएपछि क्रमशः स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि ब्युँताउन सकिने वामदेवको बुझाइ छ । उनले पाँच नेताको बैठकमा आफ्नो प्रस्ताव राखिसकेका छन् । गौतमले नेकपाको सचिवालय ब्युँताएपछि त्यो पार्टी एकता संयोजन समितिजस्तो हुने र आ–आफ्ना पार्टी सञ्चालन हुने तथा आफूले त्यस संयोजन संयन्त्रको तर्फबाट एमाले अध्यक्ष ओलीलाई पनि एकतामा ल्याउने प्रस्ताव राखेका छन् । कांग्रेसको निर्णयले सशंकित सोमबार सकिएको सत्तारूढ नेपाली कांग्रेसको बैठकले वर्तमान गठबन्धनलाई कायमै राखेर चुनावी तालमेल गर्ने निर्णय ग¥यो । आमरूपमा यो निर्णय गठबन्धन निरन्तरताकै पक्षमा देखिए पनि उसका केही प्रावधनले दाहाल र माधव नेपाल झस्किएका छन् । उनीहरूले यस विषयम औपचारिकरूपमा बोलेका त छैनन् तर, निकटस्थहरूसँग भने छलफल गरेका छन् । दाहाल स्वयंले पनि कांग्रेसले गरेको निर्णयबारे पाँच नेताबीच छलफल भएको बताए । तर, यो विषयमा के छलफल भयो भन्ने खुलाउन चाहेनन् । कांग्रेसले गठबन्धनलाई निरन्तरता दिने, तालमेलको सिट बाँडफाड गर्दा कांग्रेसको मुख्य नेतृत्व हुने, कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने, चुनावपछि कांग्रेसकै नेतृत्वमा स्थिर सरकार बनाउनेलगायतका सर्तले दाहाल र नेपाल अप्ठ्यारोमा परेका छन् । त्यसको साइड इफेक्टस्वरूप मंगलबार तत्कालीन नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू छलफलमा जुटेका हुन् । उनीहरूले पार्टी एकता गरेर जाने विषयमासमेत छलफल चलाए । जसको तीर कांग्रेस नेतृत्वलाई दबाब बढाउनेतर्फ सोझिएको छ । किनकि, देउवा कुनै हातमा माओवादीलाई गठबन्धनबाट बाहिर राख्न चाहदैनन् । गठबन्धन टुटे माओवादी एमालेसँग मिल्न जाने देउवाको डर छ । कांग्रेस बैठकमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणले गरेको रिपोर्टिङप्रति समेत गठबन्धनमा रहेका वाम नेताहरूको चित्त दुखाइ छ । कांग्रेस बैठकमा खाणले एक्लाएक्लै चुनाव लड्दा माओवादीले बढीमा आठ सिट र एकीकृत समाजवादीले एक सिट जित्ने ‘ब्रिफिङ’ गरेका थिए । उनले एक्लाएक्लै लड्दा कांग्रेसले कम्तीमा ८० सिट जित्ने बताए भने एमालेसहितका वाम दल मिले कांग्रेस ३५ सिटमा खुम्चिने रिपोर्ट प्रस्तुत गरेका थिए ।गठबन्धन गर्दा कम्तीमा पनि ९९ सिट आफूलाई राखेर बाँकी सिट गठबन्धन साझेदार दललाई दिने कांग्रेसको तयारी छ । तर, यसमा माओवादी र एकीकृत समाजवादीलगायतले मान्ने संकेत गरेका छैनन् । कांग्रेसमाथि दबाब बढाउनकै लागि उनीहरू सघन छलफलमा जुट्न थालेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP