Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय
गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३, २०७९
congrs
Hardik health
काठमाडौं-  सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आउँदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर अघि बढ्ने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले तालमेलको औपचारिक निर्णय गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक हप्ता चलेको थियो । कांग्रेसले गठबन्धन दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यँनतम साझा धारणा निर्माण गर्नेसमेत बताएको छ । कांग्रेसले यो चुनावी तालमेल पाँच वर्षसम्म स्थिर सरकारका लागि गर्न लागिएको स्पष्ट पारेको छ । आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुनेगरी तालमेल गर्ने उसको निर्णय छ । ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ । कांग्रेसले गत स्थानीय निर्वाचनबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको बताएको छ । स्थानीय निर्वाचनमा कांग्रेसले स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरेर चुनाव लडेको थियो । गठबन्धनसहित प्राप्त परिणाममा पार्टीले सन्तोष व्यक्त गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टीपंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ निर्णयमा भनिएको छ । देउवालाई धन्यवाद नेपाली कांग्रेसले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकपछि जारी निर्णयमा स्थानीय चुनाव व्यवस्थित र निष्पक्ष ढंगले एकै चरणमा सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई धन्यवाद दिएको हो । साथै, कांग्रेसले निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षा निकाय, सञ्चार क्षेत्रलगायतको पनि प्रशंसा गरेको छ । कांग्रेसले स्थानीय चुनावमा उत्साहपूर्वक सहभागी भएका जनतालाई पनि धन्यवाद दिएको छ । ‘आफ्नो अमूल्य मतमार्फत नेपाली कांग्रेसलाई पहिलो दल बनाउनुहुने समस्त मतदातामा यो बैठक हार्दिक आभार प्रकट गर्दै मतदाताको त्यो विश्वासलाई सदैव शिरोपर गर्ने प्रण गर्दछ,’ निर्णयमा भनिएको छ, ‘स्थानीय चुनाव व्यवस्थित र निष्पक्षरूपले एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक प्रधानमन्त्री देउवा र उनको मन्त्रिपरिषद्को उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछ ।’ तीन समिति गठन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन भएको छ । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति र अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतले बताए । १४औं महाधिवेशन भएको छ महिनाभित्र समिति गठन गर्नुपर्ने भए पनि सभापति देउवाले समिति गठन नगरेकोमा विरोध भइरहेको थियो । यस्तै, कांग्रेसले नीति महाधिवेशनका सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने बताएको छ । स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता बनाएर लागँ गर्ने पनि बैठकले निर्णय गरेको छ । थपिए तीन भ्रातृ संस्था नेपाली कांग्रेसले तीन वटा संस्थालाई भ्रातृ संस्थाको मान्यता दिएको छ । निवेदन परेकामध्ये तीन भ्रातृ संस्थालाई मान्यता दिने बैठकले निर्णय गरेको हो । प्रवक्ता महतका अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई भ्रातृ संघको मान्यता दिने निर्णय केन्द्रीय समितिबाट भएको छ । यसैबीच, कांग्रेसले भ्रातृ संस्थाहरूलाई साउनभित्रै पूर्णता दिने निर्णय पनि गरेको छ । केन्द्रीय समिति बैठकले अवधि समाप्त भई गठन हुन बाँकी रहेका भ्रातृ संस्था र पूर्णता प्राप्त नगरेका भ्रातृ संस्थालाई साउनभित्रै पँर्णता दिने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । कांग्रेसमा अधिकांश भ्रातृ संस्थाको महाधिवेसन भएको छैन । तीमध्ये नेविसंघ, तरूण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा अध्यक्ष मात्रै नियुक्त गरिएको छ । महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण नेपाली कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा महँगी नियन्त्रण हुन नसकेकोतर्फ सरकारलाई ध्यानाकर्षण गराएको छ । कांग्रेस केन्द्रीय समितिले जनताको साथमा सरकार छ भन्ने अनुभँति दिलाउन सुझाव दिएको छ । ‘महँगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवालमा सरकारले विशेष ध्यान दिई जनताले दैनिकरूपमा भोग्नुपरेका समस्या, प्रक्रियागत झण्झट र अप्ठ्याराहरूलाई सहज बनाउनुपर्दछ । जनताको साथमा सरकार छ भन्ने अनुभँति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ । साथै, कांग्रेसले रासायनिक मललगायत उपलब्ध गराउन पनि माग गरेको छ । खेती लगाउने बेला किसानले मल नपाएको गुनासो केन्द्रीय सदस्यहरूले बैठकमा राखेका थिए । ‘खेती लगाउने बेला हरेक वर्ष नेपाली किसानहरूले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकारसमक्ष आग्रह गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ । यसैगरी सुशासन कायम गर्नका लागि शून्य सहनशीलता नीति अंगीकार गरी व्यावहारिक कार्यान्वयन गर्न तथा पारदर्शिता कायम गर्न सरकारलाई सुझाव दिइएको छ । गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न सरकारले कुनै कसर बाँकी नराख्न बैठकले आग्रह गरेको छ । कांग्रेसले अर्थतन्त्रबारे के समस्या छन् र समाधानका उपाय के छन् भन्नेबारे श्वेतपत्र जारी गरी अहिलेको यथार्थ विवरण सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक कार्ययोजना ल्याउन कांग्रेसको माग छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP