Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मोदीले भेट नदिँदा भ्रमण खल्लाे
मोदीले भेट नदिँदा भ्रमण खल्लाे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २, २०७९
prachamodinovet
Hardik health
काठमाडौं- शुक्रबार भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार बेलुका स्वदेश फर्किए । आफ्ना दुई स्वकीय सचिव गंगा दाहाल र रमेश मल्लका साथ नयाँ दिल्ली पुगेका अध्यक्ष दाहालको उच्चस्तरीय भेटघाटको सम्भावित कार्यसँचीमा समावेश थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट । जसलाई दाहालको सचिवालयले पुष्टिसमेत गरिसकेको थियो । दाहाल भारत जाँदै गर्दा मोदीसँगको भेटबारे सचिवालयले बताएको थियो । दाहाल स्वयंले पनि दिल्ली जाने क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा मोदीसँग पनि आफ्नो भेट हुने बताएका थिए । तर, भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका दाहालले पूर्वनिर्धारित कार्यक्रमअनुसार मोदीलाई भेट्न पाएनन् । मोदीले भेटको समय नदिएपछि उनी ‘निरास हुँदै’ आइतबार स्वदेश फर्किए । मोदीसँग हुने भनिएको भेट अन्तिम समयमा रोकिएको थियो । भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष नड्डासँग भेटवार्ता सकेर होटलमा फर्कने क्रममा मोदीसँग हुने भनिएको भेट स्थगित भएको सँचना आएको थियो । त्यसपछि दाहाल स्वदेशतर्फ प्रस्थान गरे । अध्यक्ष दाहालले मोदीसँगको भेट अचानक रोकिएको प्रतिक्रिया दिए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पत्रकारहरूसँगको कुराकानीमा उनले आइतबार दिउँसो पौने १ बजेसम्म पनि आफँहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको बताए । मोदीसँग हुने भनिएको भेट किन भएन ? भन्ने प्रश्नमा दाहालले यसबारे आफुलाई समेत थाहा नभएको बताए । ‘लास्ट आवर (अन्तिम समय)मा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएकाले प्रधानमन्त्री काममा व्यस्त भएर हो कि ?पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो,’ उनले भने । मोदीसँग भेट नभए पनि आफ्नो भ्रमण अपेक्षाअनुसार नै सफल भएको दाहालको दाबी छ । उनले मोदीसँग भेट नहुँदा पनि आफुलाई कुनै ‘टेन्सन’ नभएको बताए । उनले भने, ‘मोदीसँग भेट हुन्छ भन्ने थियो हामीलाई । भारतीय अधिकारीहरूबाट १ बजे भेट हुन्छ नै भनिएको थियो । मोदीजीलाई भेट्न फेरि एयरपोर्ट जानुपर्ने हुन्छ भनेर हामी निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने कुरा मैले पनि थाहा पाएको छैन ।’ भाजपाका अध्यक्षले बोलाएको हुनाले अध्यक्षले अन्तिम भेट गरेपछि ‘क्लाइमेक्स’ त्यही हो भन्ठानेर हो कि भन्ने पनि अधिकारीहरूले चर्चा गरेको उनले सुनाए । ‘अहिले बाढीले भारतमा पुरै ठूलै धनजनको क्षति भएको छ । प्रधानमन्त्री मोदीजी त्यता जानुभएको थियो, रस आवर (व्यस्तता) भएर हो कि भनेर अधिकारीहरूले भन्नुभयो । के चाहिँ कारणले मोदीजीसँग भेट भएन मलाई पनि थाहा छैन,’ उनले थपे । भ्रमण सोचेभन्दा राम्रो दाहालले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरे । उनले भ्रमण सोचेभन्दा राम्रो भएकोसमेत बताए । उनले विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख विजय चौथाईवाले लिन आएको र भारतमा आफ्नो न्यानो स्वागत भएको दाबी गरे । दाहालले आफ्नो भारत भ्रमणबारे नेपालीहरूमा निकै ठूलो उत्साह र चासो देखिएको पनि बताए । यसपटकको भ्रमण आफु प्रधानमन्त्री भएर जाँदाभन्दा केही फरक नभएको उनको भनाइ छ । उनले विदेशसचिव विनयमोहन क्वात्रासँग लामो भेट भएको र उक्त छलफल फलदायी छलफल भएकोसमेत बताए । भारत सरकार र भारतीय जनता पार्टीले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको उनले बताए । ‘सरकार र भाजपाको जुन–जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा फरक लागेन । उस्तैउस्तै गरेको पाइयो,’ दाहालले सुनाए । आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको उनले बताए । ‘कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ,’ उनले भने । विमानस्थलदेखि भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयसम्म गरिएको स्वागत भव्य रहेको उनको भनाइ छ । ‘सबैसँगको भेटमा निकै सौहाद्र्रपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ । म निकै आशावादी भएर फर्किएको छु,’ दाहालले भने । ‘आरजुसँगको भेटबारे अफवाह फैलाइयो’ दिल्लीमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणासँग शिष्टाचार भेट भएको उनको भनाइ छ । उनले आफँ र आरजुका बीचमा भएको भेटको ‘अनावश्यक’ अफवाह फैलाइएको बताए । ‘उहाँ उपचारका लागि जानुभएको हो । प्रधानमन्त्रीकी पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य पनि भएकाले उहाँको उपचारमा चासो राखेर शिष्टाचार भेट गर्नु स्वाभाविक हो । हामीले नेपाली दँतावासमा भेटेका हौं,’ दाहालले भने, ‘त्यो भेटमा उहाँको स्वास्थ्यलगायत सामान्य विषयमा कुरा भएको हो । त्योभन्दा बढी बुझ्नुभयो भने गलत हुन्छ ।’ उनले राजदँत (शंकर शर्मा)ले आरजुलाई बोलाएको बताए । दँतावासमै भेट्न उचित हुन्छ भनेर त्यहीँ भेटेको तर, त्यो भेटलाई अतिरञ्जित गरेको दाहालको भनाइ छ । जित डोभालसँग महत्वपूर्ण भेट माओवादी केन्द्रका अध्यक्ष दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताए । डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको दाहालले बताए । उनले उक्त भेटमा आफँले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी गरे ।‘अजित डोभालसँगको भेट निक्कै महत्वपूर्ण रह्यो । उहाँसँग दुई घण्टा लामो कुराकानी भयो । खुलेर समस्या, सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ । मैले तेलको मँल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु । केही दिनमा प्रगति हुन्छ,’ दाहालले भने । उनले सात वर्षपछि विदेशमन्त्री एस जयशंकरसँग भेट्ने अवसर मिलेको बताए । नेपालमा संविधान जारी गर्दा जयशंकरसँग त्यति राम्रो सम्बन्ध नभए पनि अहिले निकै फलदायी भेटवार्ता भएको दाहालको दाबी छ । नेपाल–भारत सम्बन्धका विषयमा निकै खुला छलफल भएको विदेशमन्त्री जयशंकरले नै सार्वजनिकरुपमा भनेको भन्दै दाहालले आफ्नो भ्रमण सफल भएको दाबी गरे । आफैँले सन् १९५० को सन्धि पुनरवलोकनदेखि डुबान र इपिजी प्रतिवेदनसम्मको विषय उठाएको स्मरण गरे । अध्यक्ष दाहालले आफैँले सार्वजनिकरुपमा बोल्नेदेखि नेताहरूसँग सोही कुरा गरेको बताए ।  
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
संसदमा सबै दल उभिए एकै ठाउँ
संसदमा सबै दल उभिए एकै ठाउँ शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP