Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा असन्तुष्ट पक्षका सभापतिहरूको भेला, सहमति जुटाउन सुझाव
कांग्रेसमा असन्तुष्ट पक्षका सभापतिहरूको भेला, सहमति जुटाउन सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २३, २०७६
Hardik health
काठमाडौं– नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै गइरहेका बेला असन्तुष्ट पक्ष बरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरू राजधानीमा छलफलमा जुटेका छन् । सभापतिहरूको दोस्रो दिनको भेलामा उनीहरूले पार्टीभित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडि बढ्न सुझाव दिएका छन् । वरिष्ठ नेता पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उनीहरूले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिए । साथै जिल्ला सभापतिहरूले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका नेतामा वैमनस्य नहुुनुपर्नेमा जोड दिएको दैलेखका सभापति कृष्णकुमार बिसीले जानकारी दिए । संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल समूहले सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो । शनिबार बैठकमा केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा.रामशरण महत र डा शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राखेका थिए । केन्द्रीय समिति बैठकबाट महासमिति भेलाले गरेको निर्णय लत्याउने काम गएको, निलम्बन गरिएका विधानका दफा फुकुवा गर्नुपर्ने र बहुमतका आधारमा गरिएका निर्णय सच्याउनुपर्ने बारेमा चारै नेताले जोड दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए । केन्द्रीय समिति बैठकले यही ११ पुसमा पार्टीको चौधौँ महाधिवेशन ०७७ साल ७ फागुनदेखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको संख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो । ‘जिल्ला सभापति परामर्श बैठक’मा सोमबार वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशांक कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएका थिए । । त्यस्तै, पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि गरिएका प्रयास बारेमा जानकारी गराएक थिए । बैठकमा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी छन् । आज बुधबारसम्म चल्ने बैठकमा सोमबार र मंगलबार गरी २८ जिल्ला सभापतिले आफ्ना धारणा राखेको रोल्पाका सभापति अमर पुनले जानकारी दिए । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित रहेको छ । बैठकमा सबै नेतालाई एक थलोमा राखेर महाधिवेशनको कार्यतालिका निर्माण गर्दै अघि बढोस् भन्ने सुझाव आएको र त्यही सुझाव पार्टी सभापतिसहित सबै नेतालाई बैठक समापनपछि दिने जिल्ला सभापतिहरूले बताएका छन् । यस्तै, जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुगेका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटकपटक केन्द्रीय समिति बैठक सार्नुभएको जानकारी गराएका थिए । महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘महाधिवेशनको मिति तोकिएको छ । त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा ‘सभापति’ जहिले पनि खुला हुनुहुन्छ । महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो ।’ नागरिकका अधिकार कुण्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गरे । उनले भने, ‘हाम्रो ऊर्जालाई तितरवितर गर्नुको सट्टा एकीकृत भएर महाधिवेशनको प्रक्रियामा अघि बढ्ने र लोकतन्त्रको रक्षाका लाग पार्टी केन्द्रीत हुनुपर्छ । एकवर्ष समयावधि थप गर्ने र फागुनमा महाधिवेशन गर्ने बारेमा कुनै विमति नै छैन ।’ यसैबीच पार्टीभित्र देखिएको विवाद अन्त गर्न सभापति शेरबहादुर देउवा सहमत भएका छन् । ११ पुसको पार्टी निर्णय सच्याउन तयार भएका हुन् । बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएको बताइएको छ । बरिष्ठ नेता पौडेल समूहले १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन् । ‘महाधिवेशनको मिति यथावत राखेर बा“की कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘उहाँहरूले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ ।’
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP